Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

राप्रपाको स्थानीय तह निर्वाचन निर्देशिका तयार, के छ निर्देशिकामा ?

\"\"काठमाडौँ, २३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा देशभरका सबै स्थानीय तहमा प्रचारका लागि कार्यक्रम सञ्चालन निर्देशिका तयार गरेको छ । स्थानीय तह निर्वाचन तयारी कार्ययोजना रहेको सो निर्देशिकामा पार्टी सङ्गठनलाई सुदृढ तुल्याउन विभिन्न तहका कार्यकर्तालाई परिचालन गर्नेबारेमा उल्लेख गरिएको छ । सर्वसाधारण जनता र राप्रपाबीचको सम्बन्धलाई बढी निकट र आत्मीय तुल्याउनका लागि सो निर्देशिका प्रकाशन गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त निर्देशिकाले पार्टीको एजेण्डाप्रति आम जनतामा सकारात्मक भावना बढाउन सहयोग पु¥याउने छ । त्यसैगरी, मुलुकको वर्तमान अवस्थाबारे आम जनतालाई जागरुक बनाउने विषयमा निर्देशन गरिएको निर्देशिकाअनुरुप आगामी स्थानीय चुनावको तयारी देशव्यापी रुपमा सञ्चालन गरिनेछ । पार्टीद्वारा निर्वाचनलाई लक्ष्य गरेर हालै सञ्चालन भइरहेको ‘जनताको माझमा राप्रपा’ विशेष कार्यक्रममार्फत जनताको घरघरमा पार्टीको वैचारिक सिद्धान्त तथा आदर्शलाई पु¥याइने कार्यक्रम छ । घरदैलो कार्यक्रममा सबै वडा, गाउँ, नगरभित्रका घरमा पार्टीका कार्यकर्ता पुग्ने छन् । वडा एकाई समितिका सदस्य, भ्रातृ सङ्गठनका सदस्य रहनेगरी वडाको भौगोलिक अवस्था हेरेर एक वा सोभन्दा बढी टोली बनाउन सकिनेछ । पार्टीको बुद्धिजीवी परिषद्ले प्राध्यापक, शिक्षक, पत्रकार, वकिल, चिकित्सक, उद्योगी, व्यापारीलगायतसँग देशको वर्तमान परिस्थिति, विभिन्न समस्या तथा चुनौतीका बारेमा छलफल गरिने युवा नेतृ सरस्वती केसी अधिकारीले बताइन् । महिला जागरण कार्यक्रमअन्तर्गत पार्टी निकट महिला सङ्गठनले महिला अधिकारबारे देशैभर छलफल गराउनेछ । विद्यार्थी सङ्गठनले युवा, विद्यार्थी उत्सवका रुपमा हाजिरी जवाफ, खेलकुद, सांस्कृतिक कार्यक्रम गरिनेछ । पार्टीको केन्द्रीय समितिले यो कार्यक्रम सञ्चालन गर्न गराउन आवश्यक सहयोग तथा समन्वय गर्ने नेता किरण गिरीले जानकारी दिए । पार्टीको सन्देश नामक पर्चा तथा प्रसार सामग्री केन्द्रले पठाउने तथा अन्य प्रचार सामग्री जिल्लाले आफैँ तयार गर्नुपर्नेछ । यी कार्यक्रम सफल पार्न केन्द्रदेखि गाउँसम्मका कार्यकर्ताको मूल्याङ्कन अभिलेख राखिनेछ । केन्द्रले पठाएको मूल्याङ्कन फारम भरी गाउँ÷नगर, क्षेत्र र जिल्ला कार्यसमितिले वैशाखभित्र पठाइ सक्नुपर्ने व्यवस्था गरिएको छ । महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवारको छनोट सम्बन्धित तह र सम्बन्धित जिल्ला कार्यसमितिको सिफारिसमा केन्द्रीय कार्यसम्पादन समितिले गर्नेछ । यही चैत २५ गतेभित्र उम्मेदवार छनौट गर्नुपर्नेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending