Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टीको जनबर्गिय संगठनबीच एकता

\"\"अोमान, २७ चैत । नेकपा माअाेवादी केन्द्रको जनवर्गिय सङठन नेपाली जन प्रगतिशील मन्च र नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट जनवर्गिय सङठन नेपाली जनप्रगतिशील मोर्चाबीच ओमानमा सिङ्गो संगठन नै एकता भएको छ । गत शुक्रबार मञ्चका निवर्तमान अध्यक्ष पदमप्रसाद अर्यालको अध्यक्षतामा ओमन स्थित एक गार्डनमा बसेको संयुक्त बैठकले मञ्च र मोचार्बीच साङठनिक एकता गर्ने निर्णय भएको जानकारी मञ्च ओमनका उपाध्यक्ष तथा दोस्रो महाधिवेशन आयोजक समिती प्रचार बिभाग प्रमुख तुला गिरिले दिए । एकता बैठकमा महत्त्वपूर्ण एजेन्डाहरु प्रस्तुत गर्दै मञ्च ओमनका उपाध्यक्ष हेम आचार्यले देशको अहिलेको परिस्थिती, ओमनमा रहेका अहिलेका चुनौती अनि दायित्व र संगठनको जिम्मेवारी विषयलाई स्पष्ट पार्दै आफ्नो भनाइ राखेका थिए । त्यस्तै, प्रचार बिभाग प्रमुख गिरीले नव प्रबेसीहरुलाइ स्वागत मन्तव्यमार्फत सम्बोधन गर्दै संगठनका आगामी योजना र कामकारबाही बारे जानकारी दिएका थिए ।बैठकमा नव प्रवेशीमध्य उपस्थित मोर्चाका १२ जना नयाँ सदस्यहरुले पार्टी र मञ्च दुबैको सदस्यतासमेत लिएको जानकारी गिरीले दिएका छन् । नयाँ सदस्यता लिनेहरुमा ,चित्र बहादुर केसी, दिपक परियार, कैयुम भाट, जानम परियार, परमता चौधरी, संजीब घिसिङ, बिष्णुमाया तामाङ, बाबुराम खड्का, रघुनी मुखिया ,राजकुमार कापरलगायत रहेका छन्। एकता बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी निकट मोर्चाका संयोजक समित अधिकारिले अब ओमनमा नेकपा पार्टीको भातृ सङठन नरहेको र सम्पुर्ण टिम नै मञ्च मा एकता भएको गरेको घोषणा गर्दै आगामी दिनमा बाटो बिर्सेर अन्त नलाग्ने र माओवादी पार्टी र संगठनको हित बिपरित नवप्रवेशी सदस्यहरु कोहि नलाग्ने भन्दै छिट्टै सिङ्गो पार्टीनै एकतामा आउनुपर्ने धारणा राखेको राखेको गिरीले बताए । उनका अनुसार बैठकले आगामी बैशाख ३१ को स्थानीय निर्वाचनका लागि सबै तह र तप्काबाट माओवादी केन्द्रलाई सहयोग गर्न लागिपर्न सम्पुर्ण सदस्यलाई निर्देशन दिँदै निर्वाचन पश्चात् मञ्च ओमनको दोस्रो महाधिवेशन आउँदो जुन महिनाको पहिलो हप्ता भित्र सम्पन्न गर्नका लागि सबै कार्य समितिहरु भंग गरि ४१ सदस्यीय मुल महाधिवेशन आयोजक समिती मञ्चका अध्यक्ष पदम प्रसाद अर्यालको संयोजकत्वमा निर्माण गरेको छ । यस्तै बैठकमा महाधिवेशन आयोजक समितिले विभिन्न जिम्मेवारी बाँडफाँड गर्दै आर्थिक तर्फ संयोजक पदमप्रसाद अर्याल , ब्यवस्थापन तर्फ समित अधिकारी, प्रचार प्रसार र सांस्कृतिक समन्वयका लागि तुला गिरीलाई जिम्मेवारी दिएको जानकारी उपाध्यक्ष तथा प्रचार बिभाग प्रमुख गिरीले जानकारी दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending