Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

राजमार्ग अतिक्रमण बढ्दै गएपछि सडक विस्तारको काम सुरु

\"\"दार्खा, २ वैशाख । पछिल्लो समय राजमार्ग अतिक्रमण बढ्दै जानथालेपछि सडक विभागले यस पटक पनि फेरि सडक विस्तारको काम सुरु गरेको छ । विगत केही वर्षदेखि सुरु गरिएको अतिक्रमण हटाउने काम अझै पूरा नभएपछि पुनः सुरु गरिएको हो । डिभिजन सडक कार्यालयले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ क्षेत्रमा सडकको दायाँबाँया १५ मिटर क्षेत्र खाली गरी सडक विस्तारको कामलाई अगाडि बढाएको हो । पटक÷पटक राजमार्गका स्थानीयवासीलाई १५ मिटर क्षेत्र खाली गर्नका लागि सूचना गर्दासमेत बेवास्ता गरेर अटेर गरी बस्दै आएकोमा अहिले भने सडक विभाग आफँैले सडककोबीच भागबाट १५ मिटर क्षेत्र दायाँबाँया खाली गरी सडक विस्तारको कामलाई तीव्रता दिन थालेको बताइएको छ । त्रिभुवन राजपथको नागढुङ्गादेखि १५ मिटर क्षेत्र खाली गर्न सुरु गरिएको छ । सडक अतिक्रमणका कारण बढेको सवारी दुर्घटना कम गर्नका साथै राजमार्गमा अवरोधरहित तरिकाबाट सवारी सञ्चालनमा सहजता ल्याउनका लागि सडक दायाँबाँयाका क्षेत्र खाली गरेको सडक विभागले जनाएको छ । यसैगरी पृथ्वी राजमार्गमा आसपासमा वन अतिक्रमण गरेर मानवबस्ती बस्न खोजेको भन्दै जिल्ला वन कार्यालय धादिङले अतिक्रमण हटाउने कामको सुरुवात गरेको थियो । सडक क्षेत्र बढाइ दायाँबाँया नै नाली निमार्ण गर्न लागिएको सडक विभागले बताएको छ भने राजमार्गका स्थानीयवासीले भने हरेक वर्ष १५ मिटर र २५ मिटर खाली गर्ने निहँुमा सडक खनेर त्यतिकै छाडिदिने गरेको आरोप लगाएका छन् । सडक विभागले भने अब तीव्रगतिमा नागढुङ्गादेखि मौवा खोलासम्मको सडककै दायाँबाँया १५ मिटर खाली गराउने र क्रमश विस्तार गरेको सडकमा नाली निमार्ण गर्ने कालोपत्रे समेत गर्ने जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending