Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

निर्वाचनको आन्तरिक तयारीमा ठूला दल

\"\"धनुषा, २ वैशाख । आसन्न स्थानीय तह चुनावका लागि प्रमुख दलले आन्तरिक तयारीमा जुटेका छन् । स्थानीय तहको चुनाव यही वैशाख ३१ गर्ने घोषणा भएको छ । तर अहिलेसम्म प्रदेश नं– २ मा चुनावी चहलपहल प्रायः शून्य देखिए पनि प्रमुख ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत आन्तरिक तयारीमा जुटेका हुन् । ती दलहरुमा जनकपुर उपमहानगरपालिकाको प्रमुख, उपप्रमुखलगायत पदका लागि को को उम्मेदवार हुने चर्चापरिचर्चा हुनथालेका छन् । काँग्रेस, एमाले, माओवादी केन्द्रबाट उपमहानगरपालिकाको प्रमुख एव्म उपप्रमुख पदका लागि धेरै आकांक्षी देखापर्न थालेका छन् । काँग्रेसबाट नगर प्रमुख पदमा चन्दन कौशिक, जनकपुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष श्याम साह, निर्मल चौधरी, पूर्व नगरप्रमुख बजरङ्गप्रसाद साह, जीवनाथ चौधरी, श्रीराम साह, मनोज साह लगायत चर्चामा रहेको नेपाली काँग्रेस धनुषाका सभापति रामसरोज यादवले बताए । त्यस्तै एमालेबाट पार्टीका जनकपुर नगर संयोजक सुरेन्द्र राय, उमेश साह, सञ्जीव झा, सांसद शीतल झा, प्रिति गुप्ता, राधारानी साह र जुली महासेठ लगायतको नाम नगर प्रमुख पदका लागि चर्चामा रहेको नेकपा एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले बताए । यस्तै नगरप्रमुख पदका लागि नेकपा (माओवादी केन्द्र) बाट लालबाबु झा, फुलगेन्द्रप्रसाद साह र कामेश्वर महतो आकांक्षी देखिएका छन् । यी उम्मेदवारको नाम चर्चामा रहेपनि ती पार्टीले अहिलेसम्म कसैको नाम टुङ्गो लगाएको छैन । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामचन्द्र मण्डलले प्रदेश नं– २ मा स्थानीय निर्वाचन हुने पक्का नहुेन्जलसम्म उम्मेदवार छनोट भन्दा बढी पार्टीलाई हरेक वडा र टोलमा साङ्गठनिक संरचना मुजबुत पार्दै सङ्गठन निर्माण, निर्वाचन परिचालन समिति, बुथ कमिटी र स्थानीयस्तरबाटै उम्मेदवार समेत छनोट गर्नका लागि उम्मेदवार चयन समितिजस्ता संरचना निर्माणमा व्यस्त रहेको बताए । २०१६ सालमा नगरपालिका भएको जनकपुर २०७१ साल मङ्सिर १६ गतेदेखि उपमहानगरपालिकामा रुपान्तरण भएको छ । उपमहानगरपालिकामा रुपान्तरण भएपछि धनुषाका कुर्था, बसबिटिटी, बिन्धी, महुवा, बेंगाशिवपुर, बसहिया, देवपुरा रूपैठा, लक्ष्मीपुरबगेवा, तथा कनकपट्टी गाविसलाई समावेश गरी अहिले २४ वडा विस्तार गरिएको छ । कुल एक लाख ५३ हजार ६१४ जनसङ्ख्या रहेको जनकपुर उपमहानगरपालिकामा झन्डै ८० हजार मतदाता रहेको निर्वाचन कार्यालय धनुषाले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending