Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

पत्रकारलार्इ ट्रम्पको प्रहारः सञ्चार माध्यमलाई असफल ठहर्याइनुपर्ने

\"\"अमेरिका, १७ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चुनावी वाचा पूरा गरिरहेको तर झुट्टा सञ्चारमाध्यमले मानिसहरुलाई झुक्क्याइरहेको बताएका छन् । पेन्सेलभेनियामा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै उनले व्हाइट हाउसका संवाददाताहरुले आयोजना गरेको रात्रीभोजबाट झण्डै दुई सय किलोमिटर टाढा आउन पाउँदा आफूलाई खुशी लागेको बताए । सञ्चारमाध्यमले आफ्नो एक सय दिन विफल भएको बताएपनि अमेरिकामा थप औद्योगिक रोजगारी सिर्जना गर्न आफूले प्रत्येक दिन काम गरिरहेको उनले बताए । यसअघि ट्रम्पको कार्यकालको एक सय दिन पारेर उनको जलवायु परिवर्तन सम्बन्धी नीतिको विरोधमा विभिन्न शहरहरुमा आयोजना भएका प्रदर्शनमा दशौँ हजारले सहभागिता जनाएका थिए । समर्थकहरुलाई पेन्सेलभेनियामा सम्बोधन गर्दै उनले आफूले एकपछि अर्को वाचा पूरा गरिरहेको तर झुट्टा समाचार र सन्दर्भ नबुझेकाु पत्रकारले आलोचना गरिरहेको बताए । साढे तीन दशक अघि राष्ट्रपति रोनाल्ड रेगन अनुपस्थित भएयता ह्वाइट हाउसका संवाददाताहरुले आयोजना गरेको रात्रीभोजमा सहभागिता नजनाउने पहिलो राष्ट्रपति ट्रम्प भएका छन् । आफ्नो हत्या प्रयासका क्रममा लागेको गोलीको चोटको उपचारका क्रममा आराम गरिरहेको भन्दै सन् १९८१ मा राष्ट्रपति रेगन उक्त रात्रिभोजमा अनुपस्थित भएका थिए । ह्यारिसवर्गमा बोल्दै उनले उक्त कार्यक्रममा नगएकोमा आफूलाई एकदमै खुशी लागेको बताउँदै आफ्नो सय दिनको कार्यकालयबारेका समाचारका लागि सञ्चारमाध्यमहरुलाई असफल ठहर्याइनुपर्ने बताए । उनले रात्रिभोजमा हलिउड अभिनेता तथा वासिङटनका सञ्चारमाध्यमहरुले एक अर्कालाई सहानुभूति दिइरहेको उल्लेख गर्दै त्यो कार्यक्रम एकदमै पट्यारलाग्दो हुने टिप्पणी गरे । राष्ट्रपति ट्रम्पले आफ्नो एक सय दिनको कार्यकाल एकदमै उत्साहवर्द्धक र उत्पादनशील भएको बताए । खानीमा निर्भर अर्थतन्त्र रहेको पेन्सेलभेनियाबाट प्राप्त मतले ट्रम्पलाई राष्ट्रपति निर्वाचित हुन सघाएको थियो । प्रत्येक दिन काम गरिरहेको भन्दै उनले रोजगारीको चोरी रोकेर अमेरिकामा नै कामहरुको अवसर सिर्जना गरिरहेको, उर्जा अन्वेषणमा नियमहरु सुधार गरेको, कोइलाविरुद्धको लडाइँ अन्त्य गरेको र अमेरिकालाई हानी पुग्ने अन्तर्राष्ट्रिय सम्झौताबाट पछि हटेकोलाई आफ्ना सफलताका रुपमा प्रस्तुत गरे । राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती बाराक ओबामाले निम्त्याएका समस्याहरु आफूले समाधान गरिरहेको भन्दै उनले अझै धेरै लडाइँहरु हुने र प्रत्येकमा आफू विजयी हुने टिप्पणी गरे । जलवायु परिवर्तनबारे उनले उनकै शब्दमा आगामी दुई हप्तामा एउटा ठूलो निर्णय लिइने जानकारी दिए । यसअघि उनले जलवायु परिवर्तनलाई छल भन्दै त्यससम्बन्धी प्यारिस सम्झौताबाट अमेरिका अलग हुने चेतावनी दिएका थिए । बीबीसी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy