Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

कस्तो होला देउवाको चौथो कार्यकाल ?

\"\"काठमाडौं, २४ जेठ । कांग्रेस सभापति शेरबहादुर देउवा १२ वर्षपछि मुलुकको ४० औँ प्रधानमन्त्रीका रूपमा सिंहदरबार प्रवेश गरेका छन् ।विगत १२ वर्षमा धेरै उतारचढाव खेप्नुभएका देउवा अघिल्लो वर्ष पार्टीको सभापति हुँदै मंगलबार दुई तिहाइ बहुमतबाट प्रधानमन्त्री निर्वाचित भएका हुन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– स्थानीय तहको दोस्रो चरण चुनाव तथा माघसम्म केन्द्रीय संसद् र प्रदेश संसद्को चुनाव गराएर संविधान कार्यान्वयन गर्ने मुख्य जिम्मेवारीसाथ प्रधानमन्त्री बनेका देउवालाई यो कार्यकालमा अवसर र चुनौती दुवै छन् । यसअघि तीनपटक प्रधानमन्त्री बने पनि देउवा अहिलेको जस्तो सहज रूपमा सत्तामा पुगेका थिएनन् । यसअघिका तीनै पटक प्रधानमन्त्री हुँदा पार्टीभित्र उनले चर्को दबाब खेप्नुपरेको थियो । तर, अहिले उनी पार्टीभित्र सुविधाजनक बहुमतमा भएकाले पनि सरकारलाई पार्टीको छाया बनाउनुपर्ने बाध्यता छैन । देउवा आफैं पनि विगतको लामो अनुभवबाट खारिएकाले यो चौथो कार्यकाल देश र जनताका लागि केही गरेर देखाउने दृढ देखिएका छन् । देउवालाई संविधानका विषयमा असन्तुष्टि राख्ने पक्षको पनि सहमतिमा संविधान संशोधन गरेर तीन तहको चुनाव समयमै गराउनु मुख्य चुनौती छ । यद्यपि, उनीसँग झन्डै दुई तिहाइको समर्थन भएकाले त्यसको सदुपयोग गर्न सके भने उनी सफल प्रधानमन्त्रीका रूपमा उदाउनेछन् । ७१ वर्षीय देउवा सुदूरपश्चिमको अतिविकट डडेलधुराको असिग्राम गाविसको रुवाखोलामा जन्मिएका हुन् । किशोरदेखि नै विद्यार्थी राजनीतिमा होमिएका उनले लामो जेलनेल र तत्कालीन राज्यपक्षबाट यातनासमेत भोगेका छन् । देउवाले यसअघि प्रधानमन्त्री हुँदा पनि विरोधकाबीच केही महत्वपूर्ण निर्णय गरेका थिए, जसको अहिले प्रशंसा हुने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अधिकार सम्पन्न बनाउनेगरी ऐन ल्याउने, नेपालमा मूल्यअभिवृद्धि कर लागू गर्नेजस्ता दीर्घकालीन महत्वका निर्णय देउवाकै सक्रियतामा उनी प्रधानमन्त्री हुँदा भएका हुन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुन र मानविकीमा स्नातक गरेका देउवाले सन् १९८९/९० मा बेलायतको प्रतिष्ठित विश्वविद्यालय लन्डन स्कुल अफ इकोनोमिक्समा रिसर्च फेलोको रूपमा एक वर्ष अध्ययन गरेका थिए । पिछडिएको सुदूरपश्चिमाञ्चल क्षेत्रबाट राजनीतिमा उदाएका देउवाले मुलुकको पिछडिएका भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास-प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली-दलित-महिला-जनजाति-मधेस (कदमजम) को अवधारणा ल्याई ती वर्ग र समुदायलाई प्रत्यक्ष लाभ हुने विभिन्न कार्ययोजना लागू गरेका थिए । देउवाले आफू प्रधानमन्त्री हुँदा कमैया मुक्तिको घोषणा गरी मुक्त कमैयालाई पुनःस्थापित गरेका थिए । ०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघको संस्थापक सदस्य भई प्रजातान्त्रिक आन्दोलनमा होमिनुभएका देउवा ०२३ सालमा गठित तरुण-सभाको अध्यक्ष भई राजनीति आरम्भ गरेका हुन् । उनी २०२८ असोज १ गतेदेखि २०३६ फागुन २९ गतेसम्म नेपाल विद्यार्थी संघको अध्यक्ष थिए । पहिलोपटक ०४८ सालमा कांग्रेस केन्द्रीय सदस्य बनेका देउवा ०४८ देखि अहिलेसम्म आफ्नो निर्वाचन क्षेत्र डडेलधुराबाट लगातार चुनाव जित्दै आएका छन् । ०४८ को तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्को गृहमन्त्री बनेका देउवा ०५२ देखि ०६१ सम्मको एक दशकको छोटो अवधिमै तीन पटक प्रधानमन्त्री भएका थिए । गत वर्ष भएको कांग्रेसको तेह्रौं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएका हुन् । ०५२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा देउवाले बहुचर्चित र विवादास्पद बनेको टनकपुर सन्धिलाई प्रतिपक्ष एमालेको समेत सहयोगमा दुई तिहाइ बहुमतले पारित गराएर आफ्नो क्षमता देखाएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy