Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

पञ्चकोसी राजमार्गः सुर्खेतदेखि दैलेख सदरमुकामहुँदै चीनसम्म जोडिने

\"\"दैलेख, २५ जेठ । दैलेख ऐतिहासिक महत्वको जिल्ला भएकाले यहाँ रहेको पञ्चकोसी क्षेत्रलाई थप पहिचान र विकास गर्ने उद्देश्यका साथ पञ्चकोसी राजमार्ग निर्माण गरिने भएको छ । सरकारले बजेटमा सुर्खेतदेखि दैलेख सदरमुकाम हुँदै महावु–जुम्ला, रारा ताल हुँदै चीनसितको सम्बन्ध विस्तारका लागि नाँक्चे नाग्ला सम्मको सडक विस्तार गर्ने महत्वपूर्ण योजना ल्याएपछि दैलेखका बासिन्दामा खुसीयाली छाएको छ । पञ्चकोसी क्षेत्रको नामबाट दैलेख परिचित भएकाले उक्त सडकको नामै पञ्चकोसी राजमार्ग राखिएको अर्थ मन्त्रालयका सल्लाहकार डा पूण्यप्रसाद रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार दैलेख सदरमुकाम हुँदै पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण समेत हुने सडक भएकाले यसको नाम पञ्चकोसी राजमार्ग राखिएको छ । बजेटमा व्यवस्था गरेर रकम विनियोजनसँगै काम सुरु हुन्छ, रेग्मीले भने । पञ्चकोसी राजमार्ग सञ्चालन भएमा सुर्खेतको देउती बज्यै, दैलेखको कोटिला, शिरिस्थान, नाभिस्थान, पञ्चिस देवल, महावु धाम, जुम्लाको चन्दननाथ, मुगुको रारा हुँदै मानसरोवरसम्म सडकबाट पुग्न सहज हुनेछ भने चीनसँगको सम्बन्ध विस्तारका लागि सडकले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । दैलेख जिल्ला भ्रमणमा आएका बेला दैलेखका पत्रकारले सञ्चालन गरेको पर्यटन महोत्सवलाई थप सहयोग पुग्ने अभियानसँगै पत्रकारले मुख्य मागको रुपमा राखेको दैलेखको कोटीला मन्दिर क्षेत्रमा मानव निर्मित ताल निर्माणमा समेत यो वर्षदेखि काम सुरु हुने रेग्मीले बताए । यो वर्ष अध्ययनका लागि रकम विनियोजन गरिएको छ । अध्ययनको प्रतिवेदनपश्चात थप रकम विनियोजनसँगै काम सञ्चालन हुन्छ, रेग्मीले भने । स्थानीय चुनावमा जिल्लाका सबै राजनीतिक दलको प्रतिबद्धतामा समेत उक्त कुरा उल्लेख गरिएको थियो । दैलेख सदरमुकामभित्र रहेका ऐतिहासिक कोतगडी र पञ्चदेवलको विकासका लागि पनि सरकारले रकम विनियोजन गरेको रेग्मीले बताए । यसअन्तर्गत विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि सिफारिस भएको पञ्चिस देवलसम्म सहज आवतजावतका लागि गणेशचोक हुँदै भुर्ती पञ्चदेवल, पिउसेसम्म सडकले जोडिने भएको छ । दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष शान्तिप्रसाद शर्माले दैलेख सदरमुकामको भाग्य र भविष्य निर्धारणमा पञ्चकोसी राजमार्गले निकै महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यो सडकले जुम्ला, कालीकोटको आधा भूभागका मानिसको सम्बन्ध दैलेख सदरमुकामसँग जोड्ने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy