Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

एमालेबाट निर्वाचित जनप्रतिनिधिमाथि भ्रष्टाचार अारोप

\"\"जाजरकोट, २५ जेठ । जनप्रतिनिधिले नै विद्यालयमा अनियमितता भएको भन्दै शिवालय गाउँपालिका वडा नं ६ का स्थानीयबासीले यहाँको इन्द्रज्योति माविमा तालाबन्दी गरेका छन् । विद्यालयमा मनोमानी तरिकाले भ्रष्टाचार गरेको, विभिन्न शीर्षकमा आएको रकम कामै नगरी खाएको भन्दै सोमबारदेखि विद्यालयमा तालाबन्दी गरिएको अन्दोलनकारीका संयोजक कृष्णबहादुर शाहीले बताए । विद्यालयमा तालाबन्दी गर्दै तत्कालीन प्रधानाध्यापक तथा हालका शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाही माथि लाखौँ रकम अनियमितता गरेको आरोप लगाएको छ । उनी एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । विसं २०६८/६९ सालमा साविकको गाउँ विकास समिति थालारैकरबाट उच्च मावि सञ्चालनका लागि ल्याइएको १२ लाख ९७ हजार रूपैयाँ उच्च मावि सञ्चालन नगरी अनियमितता भएको आरोप लगाइएको छ । त्यस्तै, २०७२/७३ मा सांसद रीता रावलले सांसद विकास कोषमार्फत उपलब्ध गराएको एक लाख ७२ हजार रूपैयाँ फर्निचर निर्माण नगरी हिनामिना भएको पनि आरोप लगाइएको छ । फिल्ड निर्माणका लागि खेलकुद विकास समितिद्वारा उपलब्ध गराएको १० लाख रूपैयाँको काम नगरी अनियमितता गरेको आन्दोलनकारीले आरोप लगाएका छन् । २०७३/७४ मा गाविसबाट विद्यालयको भवन निर्माणका लागि ल्याएको तीन लाख रूपैयाँ काम नगरी हिनामिना गरेको, २०७१ सालदेखि अहिलेसम्म प्रतिविद्यार्थी तीन हजार रूपैयाँका दरले प्रमाणपत्र लिएबापत उठाएको रकम विद्यालयको खातामा नभएको समेत आरोप लगाइएको छ । यस विद्यालयका तत्कालीन प्रधानाध्यापक नरेन्द्र शाहीले अहिलेका प्रअ निमबहादुर खत्रीलाई खाता, हिसाब अहिलेसम्म उपलब्ध नगराएको समेत आन्दोलनकारीले आरोप लगाएका छन् । तालाबन्दी गर्नुको कारण जिल्ला प्रशासन कार्यालय, शिक्षा कार्यालयसमेतलाई जानकारी गराएको र सबै कुराको हिसाब नहुञ्जेलसम्म ताला नखोल्ने सङ्घर्ष समितिका संयोजक कृष्णबहादुर शाहीले बताए । धेरै पटक हिसाब माग्दा मतलव नगर्दा बाध्य भएर तालाबन्दी गर्नुपरेको शाहीले बताए । चुनाव हारेको झोंकमा आफूमाथि आरोप लगाएको अध्यक्ष नरेन्द्र शाहीले बताए । केही काम भएको र बाँकी काम हुँदै गरेको पनि उनले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy