Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

खोटाङमा बस दुर्घटना, शिशुको मृत्यु, चार गम्भीर घाइते

\"\"खोटाङ, ३० जेठ । दिक्तेलबाट यात्रु लिएर जयरामघाटतर्फ जाँदै गरेको यात्रुबाहक बस सोमबार राति दुर्घटना हुँदा एघार महिने शिशुको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन् । बेलुका दिक्तेलबाट २६ जना यात्रु लिएर हिँडेको बा २ ख ७०७१ नम्बरको यात्रुबाहक बस हलेसी तुवाचुङ नगरपालिका–१ च्यास्मिटारमा करिब ९ बजेतिर दुर्घटना हुँदा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ११ महिने शिशु अजित विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । मध्यपहाडी यातायात व्यवसायी सङ्घद्वारा सञ्चालित बस अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना हुँदा रुपाकोट नगरपालिका–५ लफ्याङका ३० वर्षीया अनु राई, ३२ वर्षीया मनकला राई, १४ महिनाका नयन राई र २१ महिनाका समनिया राई गम्भीर घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि छिमेकी जिल्ला उदयपुर पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए । बसमा सवार अन्य यात्रुलाई इलाका प्रहरी चौकी, हलेसीबाट खटिएका प्रहरी र स्थानीयवासीले राति नै उद्धार गरी हलेसी तुवाचुङ नगरपालिकास्थित दुर्छिम स्वास्थ्य चौकी पु¥याइएको छ । उनीहरुको अवस्था सामान्य बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । राति पानी परिरहेको समयमा बसलाई घुम्तीमा मोड्ने क्रममा अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनालगत्तै बस चालक आकाश मगर फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक शिशुको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको स्थानीयले बताएका छन् । दुर्घटनास्थल जयरामघाटभन्दा करिब तीन किलोमिटर माथि पर्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy