Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

उदयपुरमा पत्रकारले राजीनामा दिन थाले

गाईघाट (उदयपुर), ३१ जेठ । स्थानीय तहको चुनावमा कुनै पनि पदको उम्मेदवार बन्नका लागि पत्रकारले पत्रकार महासङ्घको पदाधिकारी भए अनिवार्य रुपमा राजीनामा दिनुपर्ने पत्रकार महासङ्घ केन्द्रीय कार्यालयले निर्देशन जारी गरेपछि उदयपुरमा केही पत्रकारले सङ्घको प्रतिनिधिबाट राजीनामा दिन थालेका छन् । नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरमा हालै सदस्य निर्वाचित भएका सङ्घका सदस्य सुपराज राईले मङ्गलबार सङ्घको वर्तमान कार्यसमितिको सदस्यबाट राजीनामा दिएको पत्रकार महासङ्घ उदयपुरले बताएको छ । राईले त्रियुगा नगरपालिका–१० बाट दोस्रो चरणमा हुन गइरहेको स्थानीय तहको चुनावमा वडा सदस्यको उम्मेदवार बनेपछि आफूले पत्रकार महासङ्घ केन्द्रको निर्देशनलाई पालना गर्दै राजीनामा दिएको बताए । सङ्घका वर्तमान कार्यसमितिका अर्का सदस्य तथा रेडियो त्रियुगा एफएमका प्रमुख समाचारदाता ईश्वर बलाम्पाकी मगर पनि राजीनामा दिने तयारीमा छन् । मगरले त्रियुगा नगरपालिका–१६ बाट वडा सदस्य पदमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार दिने कारण सङ्घको केन्द्रीय नीति र निर्देशनलाई पालना गर्दै राजीनामा दिन लागेको बताए । अन्यमा सङ्घका वर्तमान कार्यसमितिका अर्का सदस्य यमकुमार राईले पनि त्रियुगा नगरपालिका–७ खाँबुबाट वडाध्यक्षमा उम्मेदवार बन्ने र अर्का सङ्घका कोषाध्यक्ष विश्वराज तामाङले पनि त्रियुगा नगरपालिका–१० बाट वडा सदस्यको उम्मेदवार बन्नेभएका कारण अब राजीनामा दिनुपर्ने पत्रकार महासङ्घ उदयपुरका अध्यक्ष भरत खड्काले बताए । सुपराज राई नेकपा (माओवादी केन्द्र)बाट वडा सदस्यका उम्मेदवार बन्ने भएका छन् भने ईश्वर मलाम्पाकी मगर नेकपा (एमाले)बाट वडा सदस्यका उम्मेदवार हुन् । यस्तै, तामाङ र यमकुमार नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष र सदस्यका उम्मेदवार रहेको पनि सङ्घका अध्यक्ष भरत खड्काले बताए । उदयपुरबाट चारजना पत्रकार स्थानीय तहको चुनावमा उम्मेदवार बनेका छन् । महासङ्घले महासङ्घमा आबद्ध प्रतिनिधि भए स्थानीय तहको चुनावमा उम्मेदवार बन्नका लागि अनिवार्य रुपमा राजीनामा दिनुपर्ने र दुई पदमा रहन नपाइने प्रावधान गरेपछि उदयपुरमा दश वर्षदेखि पत्रकारिता गर्दै आएका युवा पत्रकारले धमाधम पत्रकारिता पेसा छाडेर स्थानीय तहको उम्मेदवारीमा सहभागी हुँदै धमाधम राजीनामा दिन थालेको सङ्घका अध्यक्ष खड्काले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending