Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

आम हडतालले इलामको सीमावर्ती बजार ठप्प

\"\"इलाम, १ असार । भारतको दार्जिलिङमा आम हड्ताल भएपछि इलामको पूर्वी सीमावर्ती बजार ठप्प भएका छन् । दार्जिलिङमा चलिरहेको भाषा आन्दोलनका कारण पूर्वी सीमावर्ती एक दर्जन बजारमा कारोबार ठप्प भएको हो । गोर्खा जनमुक्ति मोर्चाको अगुवाइमा एक सातादेखि भएको आम हडतालले सीमा क्षेत्रका नेपाली बजार र पर्यटकीय क्षेत्र सुनसान भएका छन् । आम हडतालका कारण सीमा क्षेत्रको पशुपतिनगर, मानेभञ्ज्याङ लगायतका व्यापारिक केन्द्र ठप्प भएका हुन् । भारतीय पर्यटक र उपभोक्ताको भीड लाग्ने गरेको सीमावर्ती बजारमा हडतालका कारण पूर्णरूपमा प्रभाव परेको छ । भारतीय हड्तालका कारण पशुपतिनगरको भन्सार कार्यालयमा राजस्व सङ्कलन ठप्प भएको भन्सार प्रमुख प्रकाश पोखरेलले बताए । भारतीय सवारीसाधन नेपालतर्फ गुड्नका लागि दैनिक २५ वटा सवारीसाधनले अस्थायी पैठारीका लागि राजस्व काट्ने गरेपनि आम हडताल भएपछि ठप्प भएको छ । हडतालयता दैनिक १५० भन्दा बढी भारतीय सवारीसाधनमार्फत पशुपतिनगर व्यपारिक केन्द्रमा आउने पर्यटक र उपभोक्ता बजार आएका छैनन् । पशुपतिनगरमा दैनिक भारु २० लाखको कारोबार हुने गरेपनि अहिले रु २० हजारको पनि कारोबार नभएको व्यापारी बताउँछन् । दार्जिलिङ क्षेत्रको बन्दले सीमा क्षेत्रका नेपाली किसान पनि मारमा परेका छन् । सीमा क्षेत्रमा उत्पादन भएको तरकारी भारतीय बजार दार्जिलिङमा जाने गरेपनि अहिले बन्द भएपछि तरकारी बिक्री गर्न किसानलाई समस्या भएको हो । नेपालको तरकारी दैनिकरूपमा भारततर्फ निकासी हुने गरेपनि एक सातादेखि निकासी ठप्प हुँदा किसान समस्यामा परेको भन्सार प्रमुख पोखरेल बताउछन् । सीमा क्षेत्रका बासिन्दाले भारतीय बजारमा तरकारी निर्यात गरी दैनिक उपभोग्य सामग्री ल्याउने गरेका थिए । सीमा क्षेत्रका श्रीअन्तु, समालबुङ, पशुपतिनगर, जमुना, जोगमाई क्षेत्रका किसान बढी मारमा परेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy