Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

क्युबासँगको सम्झौता रद्द गर्ने डोनाल्ड ट्रम्पको घोषणा

\"\"एजेन्सी, ३ असार । अमरीकी राष्ट्रपति डोनल्ड ट्रंपले पूर्व राष्ट्रपति बराक अोवामा र क्यूबा सरकार बीच भएको केही सम्झाैता रद्द गर्ने बताएका छन् । मायामीमा भाषण गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्युबाप्रतिको आफ्नो प्रशासनको नयाँ नीति अघि सारेका हुन् । जसअन्तर्गत कम्युनिस्ट नेतृत्वको टापु मुलुक क्युबासँग द्विपक्षीय आदानप्रदानसम्बन्धी ओबामा प्रशासनले लागू गरेका नीतिका केही महत्वपूर्ण पक्ष ट्रम्प प्रशासनले उल्ट्याउँदैछ। यो कुरा पहिल्यैदेखि स्पष्ट थियो कि राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती बराक ओबामाको तुलनामा क्युबाली सरकारसँग अझ बढी आक्रामक नीति अवलम्बन गर्न चाहिरहेका छन् । तर मायामी एउटा भाषण दिने क्रममा ट्रम्पले आफ्ना भनाईलाई चर्काएका छन्। उनले भने, \"ओबामा प्रशासनले क्युबासँग गरेको पूर्णतः एकतर्फी सम्झौताहरु तत्काल लागू हुने गरी मैले रद्द गर्दैछु।\" चुनावी अभियानमा जस्तै तालीको गडगडाहटमाझ ट्रम्पले त्यस्तो घोषणा गरे । ओबामा प्रशासनले खुकुलो पारेको यात्रा प्रतिबन्ध र व्यापारमाथिको कडाईको अवस्थालाई ट्रम्पले यथास्थितिमा फर्काएका छन् । यद्यपि कडा कदमहरु चालिएपनि क्युबासँगको द्विपक्षीय आदानप्रदानको नीतिलाई चाहिँ पूर्ण रुपमा उल्ट्याइएको छैन। आगामी दिनमा क्युबा भ्रमणमा जाने अमेरिकीहरुले त्यहाँको यात्रामा जानुपर्ने उद्देश्यबारे थप प्रश्नहरुको सामना गर्नुपर्ने हुन्छ। पछिल्ला दुई वर्षमा कीर्तिमानी संख्यामा अमेरिकी नागरिकले क्युबाको यात्रा गरेका छन् । अब उप्रान्त व्यक्तिगत रुपमा भन्दा संगठित समूहमा अमेरिकीहरु क्युबाको भ्रमणमा जानुपर्ने हुन्छ ।अमेरकी डलरले क्यास्ट्रो सरकारलाई सघाइरहेको भन्दै ट्रम्पले क्युबाली सेनाको व्यापारिक शाखाहरुसँग मिलेर लगानी गर्न अमेरिकी कम्पनीहरुमाथि प्रतिबन्ध लगाएका छन्। अहिलेको भन्दा उत्तम खालको सम्झौता तयार पार्न क्युबालाई चुनौती दिँदै राष्ट्रपति ट्रम्पले हवानास्थित अमेरिकी दूतावास खुला र सहकार्यका लाग तयार रहेको बताए। बीबीसी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending