Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

दुबई ‘टू’ नेपाल आनन्दम योग यात्राः जुन २४ देखि ३० सम्म

\"\"युएइ, १० असार । नेपाली भूमिलाई आध्यात्मिक पर्यटनको रूपमा विकास गर्ने मुख्य उद्देश्यका साथ मारूत अभियान नेपालको आयोजनामा हुन गईरहेको दोश्रो चरणको आनन्दम योग यात्रा यही जून २४ गते बाट सुरु हूँदैछ । योग यात्रा दुबईदेखी सुरु भएर भारत हुँदै नेपालसम्मको हुने मारूत अभियान नेपालका संस्थापक अध्यक्ष अनिल त्यागीले जानकारी दिएका छन् । आनन्दम योग यात्राको पहिलो कार्यक्रम फेब्रुअरी १७ देखि सुरु भएर २३ फेब्रुअरी सन् २०१७ मा सम्पन्न भएको थियो । यसैगरी दोश्रो योग यात्राको कार्यक्रम यही जून महिनाको २४ तारिखदेखी सुरु गरी जून ३० तारिख समापन हुनेछ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भैसकेको मारूत अभियान नेपालका संस्थापक माहासचिव शेखु शंकर कोइरालाले बताएका छन् । नेपालका विभिन्न प्राचिन योग साधनाका क्षेत्रहरु, धार्मिक क्षेत्रहरू, प्राचिन सम्पदा, हिम पर्वत आदिको भ्रमण संगै ति क्षेत्रहरुमा योग तथा ध्यानको अभ्यास गराइन्छ । जाहाँ योग यात्रामा सहभागी यात्रुलाई योग र ध्यान मार्फत प्रत्यक्ष शोर्गीय आनन्दको प्रत्याभूति दिलाउने प्रयास गरिने कोइरालाले बताए । ‘योग यात्रामा विभिन्न ठाउँहरुमा फरक फरक गरी १०८ योगा अभ्यास गराइनेछ । योग यात्राको क्रममा यात्रु तथा साधकले योग अभ्याष मार्फत हाम्रो पबित्र भुमिको अपार शोर्गीय सुन्दरतालाई अनुसरण गर्दै हाम्रा हिमालयहरुमा बगीरहेका प्राकृतिक ऊर्जालाई ग्रहण गर्ने अवसर पाउने छन् ।’ आनन्दम योग यात्राबारे संस्थाका सह–सचिव आनन्द प्रकाश भन्छन् ‘आध्यात्मिक साधनाको लागि उत्कृष्ट थलो भएकाले यसबारे विश्वभर सन्देश दिन, साधक लाई प्रकृतिसंग नजिक लान, नेपालको आध्यात्मिक प्रचलन तथा संस्कारको बिकस गर्न, नेपाललाई योगीक भूमीका रूपमा विश्वमा चिनाउन र ग्रामीण पर्यटनको बिकास गर्न, नेपालको कला संस्कृतिलाई विश्वसामु चिनाउन कार्यक्रमको आयोजना गरीएको हो ।’ आनन्द प्रकाशले नेपाली संस्कार, संस्कृति र नेपाली जनजीवन संग योगीक अभ्यास गराईन्छ । जसका कारण तनाव, नैरस्यता हटाउदै जिवनलाई सकारात्मक धारबाट हेर्न सक्ने चिन्तनको विकास संगै नेपालको प्रकृतिकको महत्व बुझाउने कार्यक्रम रहेको बताएका छन् । ऋषिमुनिहरूका अनुसार नेपाललाई पबित्र योगिक भूमीका रुपले चिनिन्छ । जहाँ ७ ओटै चक्रहरु शक्रिय छन् । जसका कारण योगाको समाधि अरु ठाऊँ भन्दा नेपालका हिमालयन क्षेत्रबाट आधा समयमै प्राप्त हुने साधकहरु बताउछन् । प्राचिन समयमा ऋषिमुनिहरूले बिश्वभर भौंतारीयर अन्त्यमा नेपालको भुमीमा आध्यात्मिक ज्ञान प्राप्त गर्ने गरेको र आध्यात्मिक चिन्तनको बिकास यही भूमिबाट भएको इतिहाँसमा उल्लेख रहेको अध्यक्ष अनिलले बताएका छन् । कार्यक्रम संयोजकमा मारूत अभियान नेपालका संथापक माहासचिव शेखु शंकर कोईराला रहेका छन् । यूएईबाट संस्थाका संस्थापक अध्यक्ष अनिल त्यागीले कार्य सम्पादन गरेका छन् । भारत हुदै नेपालका विभिन्न आध्यात्मिक पर्यटकीय क्षेत्रको यात्रामा संस्थाका सह–सचिव आनन्द प्रकाशले नेतृत्व गर्ने भएका छन् । यात्रामा हुने १०८ योगिक अभ्यास पनि आनन्द प्रकाशले गराउने भएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending