Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

पाल्पाली भन्छन् ‘पानी देऊ अनि मात्र भोट दिन्छौ’

\"\"पाल्पा, १० असार । रामपुर नगरपालिका– ४ मौलाथरका मतदातालाई चुनाव भन्दा पनि पानी खोजेर जीविकोपाजर्न गर्ने चटारो छ । यहाँ दिनहुँ विभिन्न दलका नेता, कार्यकता र उम्मेदवारले भोट माग्न आउने गर्छन् । विकास निर्माण लगायत विभिन्न समस्या समाधान गर्ने आश्वासन दिँदै उनीहरुले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्ने गर्छन् तर यहाँका मतदाताले पानी दिनेलाई मात्र मतदान गर्ने सोचाईमा पुगेका छन् ।   मतदाताले विगतका वर्षको निर्वाचनलाई सम्झिदै भन्छन् “हामीलाई झुट्टा आश्वासन चाहिएको छैन, गाउँलाई विशाल सहर बनाउन पनि जरुरी छैन, हामी गाउँका गरिब दुःखी जनतालाई प्रलोभन नदेखाऊ, सक्छौ भने हामीलाई प्यास मेटाउने पानी देऊ, अनिमात्र पाउँछौ भोट ।” मौलाथरका ७१ वर्षीय फत्तबहादुर थापाले भने “हामी झुपडीमा बस्ने गरिबलाई महलको सपना नदेखाऊ, विगतका निर्वाचनमा जस्तो यस पटकको झुट्टा आश्वासनमा नेपाली जनता भुल्ने छैनन्, कागजको खोस्टोमा झुट्टा कुरा कोरेर गाउँ नपस, गाउँमा पानी लिएर आएका छौं भने भोट पाउँछौ ।” गाउँको खानेपानी सडक लगायतको सामान्य भौतिक पूर्वाधारको विकास गराइदिने राजनीतिक दलको समर्थनमा उहाँले विगतका निर्वाचनमा सहभागी भई भोट हाल्नुभयो तर निर्वाचन सकिएपछि कुनै पनि दलका नेता कार्यकर्ता र उम्मेदवारले गाउँ नफर्किएको उहाँले गुनासो गरे । यस क्षेत्रका स्थानीयवासीको पहिलो माग भनेको नै प्यास लाग्दा पिउने पानीको रहेको छ, स्थानीयको एउटै आवाज र माग छन् – ‘पानी देऊ अनि मात्र भोट दिन्छौ’ । “नेता निर्वाचनका बेला गाउँ पस्छन्, बाजे तपाईको सारा सपना पूरा गराइदिन्छौ, फलानो पार्टीमा भोट हाल भन्छन् ? निर्वाचन सकिएपछि नेतृत्वकर्ता सहरतिर बस्छन्, बाजेलाई लागेको तिर्खाको प्यास बाजेकै मनलाई थाहा होला हाम्रा नेतालाई अत्तोपत्तो हुदैंन” थापाको दुःखेसो छ । मौलाथरकै ६७ वर्षीय इन्द्रबहादुर थापा अवको नेतृत्वले गाउँको विकास गर्नेमा त्यति विश्वास गरेनन् । उनले पनि धेरै पटकका निर्वाचनमा खानेपानीको समस्या समाधान हुन्छ भन्ने आशाले भोट दिए । “नेता ज्युसँग खानेपानी देऊ, देऊ भन्दा बुढेसकाल लाग्यो, पानी दिनु त कहाँ हो कहाँ बाटोमा भेटेर बोलाउँदा नि चुनावपछि चिन्नै छाडे” उनले विगतको इतिहासलाई सम्झिदै भने– “समयले कोल्टे फे¥यो,उमेर ढल्क्यो तर गाउँको सानातिना समस्या पार लाग्न सकेन ।” यहाँका स्थानीयवासीले दैनिक घन्टौ समय लगाएर खानेपानीको जोहो गर्दै आएका छन् । ३३ घरपरिवार बसोवास रहेको मौलाथरवासीले बाबुबाजेको पालादेखि नै हिउँदमा होस् या वर्षायाम बाह्रैमहिना दिनमा एक दुई घन्टाको समय लगाएर डोकोमा पानी बोकेर गुजारा चलाउँदै आएको स्थानीय पदमबहादुर थापा बताउछन् । गाउँको धारादी, झर्लेङदी पंधँेराबाट उनीहरु पानी भर्दै आएका छन् । “खडेरीयाम सुरु भएपछि कुवा, खोल्सीका पानी सुक्न थालेपछि पानी खोज्दै हिँड्दा दिनै बित्छ”पम्फा आलेले भने – पानीको खोजीमा हिँड्दा अन्य कामकाजमा पनि समस्या परेको छ । मौलाथरमा मात्र होइन साविक दर्छा गाविसको गैलुकलगायतका क्षेत्रका पनि खानेपानीको समस्या उस्तै छ । दुई हात जोडेर आफ्नो दलको निर्वाचन चिन्ह देखाउँदै भोट मागेका उम्मेदवारलाई ८३ वर्षीय भिमकुमारी मल्ल भन्छन,“पानी ल्याइदिए हुन्छ, भोटका लागि हात जोड्न पर्दैन” गैलुक क्षेत्रमा मात्र ४२ घरपरिवार बसोवास गर्दै आएकोे छ । गाउँमा जताततै खानेपानीको हाहाकार छ । खडेरीका बेला गाउँका पुराना कुवा, खोल्सीमा पानी खोज्नेको लर्को नै हुन्छ । यहाँका मतदाताले दलगत नभई विकासप्रेमी विवेकशील उम्मेदवारलाई मतदान गर्ने पक्षमा रहेको गैलुकका स्थानीय रुद्र मल्ल बताउछन् । निर्वाचन जितेपछि नेता सहरकेन्द्रित हुँदा पनि गाउँका समस्याले पार नपाएको उनले बताए । दर्छाकी राममाया राना भन्छन् –“विगतका निर्वाचनमा चाहिँदा नचाहिँदा आश्वासन धेरै पायाँै तर यस पटक भने विकासप्रेमी नेतृत्वलाई मात्र मतदान गर्छौै । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending