Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भोट हाल्न ‘पञ्चेती’

\"\"काठमाडौं, १३ असार । पटवारी कुचबधियाले सेता–मुठे जुँगा बटारे । रूखको फेदमा सयल तापिरहेका महिला–पुरुष सबैले इसारा बुझिहाले । मध्याहनको टन्टलापुर घाममा उनको पछिपछि नजिकैको स्कुलतिर गए । र, मतदाता परिचयपत्र बुझे । अाजको कान्तिपुरमा खबर छ– अर्को समूह केही पर अर्कै रूखमुनि जुटिरहेको थियो । परिचयपत्र बुझ्नेहरूसमेत सीधै त्यतै लागे । गोलाकार घेरा बनाएर सबै भुइँमा बसे । सामान्य खाजापानीसहित ‘पञ्चेती’ (गाउँलेको भेला) सुरु भयो । विषय थियो– सबै मिलेर योग्य उम्मेदवार छानौं र एकै ठाउँ भोट दिऔं । तर, कसलाई ? केही घण्टाको बहसमा पनि उनीहरू निचोडमा पुग्न सकेनन् । बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरको लोपोन्मुख कुचबधिया समुदाय अति पिछडिएको भए पनि राजनीतिक चेतनामा भने पछाडि छैन । सबै काम सल्लाहमा गर्छन्– भोट हाल्नेसमेत । तर, कुनै मुखियाको उर्दीमा होइन, ‘पञ्चेती’ बसी, सबैबाट पारित गराएर । ‘सबै पार्टीका नेता आए, भोट मागे । हामीले ठीकै छ भनेर पठायौं,’ चमरिया कुचबधियाले भनिन्, ‘भोट त कसलाई दिने अझै टुंगो छैन ।’ त्यही भएर सबै दलमा यस समुदायको भोट पाउने आस अझै मरेको छैन । निर्वाचन आयोगले तोकेको मौन अवधि लागू भइसकेर पनि उनीहरू विभिन्न बहाना बनाउँदै आउन छाडेका छैनन् । पटवारीको घरनजिक रूखको फेदमा कुचबधिया समुदायसँग कान्तिपुरले कुराकानी गरिरहेका बेला एक व्यक्ति साइकलमा आए । मतपत्रमा आफ्नो दलका सबै उम्मेदवारलाई स्वस्तिक छाप लगाएको नमुना देखाए । र, भने, ‘तरिका यो हो, अन्यत्र पर्ला ।’ मौन अवधि सुरु भएको होइन र ? भन्ने कान्तिपुरको प्रश्नमा उनले भने, ‘हो, तर यसो भेटघाट गर्न मात्रै आएको ।’ उनी आफैं भने उनीहरूको मत पाउनेमा ढुक्क देखिएनन् । भने, ‘अहिलेसम्म अर्कै दललाई दिने भन्दैछन् रे । अन्तिमसम्म के गर्छन्, टुंगो छैन ।’ सहरका जान्नेबुझ्ने धेरैले बेलामा मतदाता सूचीमा सामेल हुन आफूलाई छुटाए । तोकिएको समयमा फोटो खिचाउन र नाम दर्ता गराउन उनीहरूको ध्यान पुगेन । कुचबधिया जातिका भने नागरिकता भएका र उमेर पुगेका कोही छुटेका छैनन् । ‘अघिल्लो चुनावअघि फोटो खिच्ने टोली आउँदा मधेसमा रोक्न आन्दोलन थियो । तर हामी नडराई गयौं र फाटो खिचायौं,’ लौटन कुचबधियाले भने, ‘भोट दियो भने पो हामीलाई पनि यस्तो गरिदेऊ भन्न पाइन्छ । भोटै नदिएपछि कसलाई भन्नु ?’ देशभर कुचबधियाको जनसंख्या करिब ८ सय भएको अनुमान छ । ढुंगा खिप्ने पेसा अपनाउने भएकाले यिनीहरूलाई अर्को जाति पत्थरकट्टासँग मिसाएर २०६८ को जनगणनाले ३ हजार १ सय ८२ देखाएको थियो । कुचबधियाको संख्या मध्यपश्चिममा ४ सय ४८ छ । ती सबैजसो बाँकेका नेपालगन्ज आसपास इन्द्रपुर, फूलटेक्रा र गनापुरमा छन् । त्यसको सबैभन्दा ठूलो समूह इन्द्रपुरमा छ । यहाँ ६० परिवारका २ सय ४० मतदाता छन् । कहिल्यै कुनै कुरामा नबाँडिनु नै आफ्नो समाजको गौरव ठान्छन् उनीहरू । ‘एक/दुई भोट दायाँ–बायाँ जाला, बाँकी सबै एकै ठाउँ पर्छ,’ त्यही समुदायकी एक महिलाले भनिन्, ‘सुरुमा एउटा पार्टीलाई दिने कुरा थियो । बीचमा अर्कै पार्टीतिर कुरा गयो । चुनावको दिनसम्म अर्कै पार्टीतिर पुग्न पनि सक्छ । तर, दायाँ–बायाँ हुँदैन ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending