आषाढ़ १३ गते, २०७४ मगलवार 27th June, 2017 Tue०६:३३:१० मा प्रकाशित
काठमाडौं, १३ असार। पटवारी कुचबधियाले सेता–मुठे जुँगा बटारे । रूखको फेदमा सयल तापिरहेका महिला–पुरुष सबैले इसारा बुझिहाले । मध्याहनको टन्टलापुर घाममा उनको पछिपछि नजिकैको स्कुलतिर गए । र, मतदाता परिचयपत्र बुझे ।
अाजको कान्तिपुरमा खबर छ– अर्को समूह केही पर अर्कै रूखमुनि जुटिरहेको थियो । परिचयपत्र बुझ्नेहरूसमेत सीधै त्यतै लागे । गोलाकार घेरा बनाएर सबै भुइँमा बसे । सामान्य खाजापानीसहित ‘पञ्चेती’ (गाउँलेको भेला) सुरु भयो । विषय थियो– सबै मिलेर योग्य उम्मेदवार छानौं र एकै ठाउँ भोट दिऔं । तर, कसलाई ? केही घण्टाको बहसमा पनि उनीहरू निचोडमा पुग्न सकेनन् ।
बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरको लोपोन्मुख कुचबधिया समुदाय अति पिछडिएको भए पनि राजनीतिक चेतनामा भने पछाडि छैन । सबै काम सल्लाहमा गर्छन्– भोट हाल्नेसमेत । तर, कुनै मुखियाको उर्दीमा होइन, ‘पञ्चेती’ बसी, सबैबाट पारित गराएर ।
‘सबै पार्टीका नेता आए, भोट मागे । हामीले ठीकै छ भनेर पठायौं,’ चमरिया कुचबधियाले भनिन्, ‘भोट त कसलाई दिने अझै टुंगो छैन ।’ त्यही भएर सबै दलमा यस समुदायको भोट पाउने आस अझै मरेको छैन । निर्वाचन आयोगले तोकेको मौन अवधि लागू भइसकेर पनि उनीहरू विभिन्न बहाना बनाउँदै आउन छाडेका छैनन् ।
पटवारीको घरनजिक रूखको फेदमा कुचबधिया समुदायसँग कान्तिपुरले कुराकानी गरिरहेका बेला एक व्यक्ति साइकलमा आए । मतपत्रमा आफ्नो दलका सबै उम्मेदवारलाई स्वस्तिक छाप लगाएको नमुना देखाए । र, भने, ‘तरिका यो हो, अन्यत्र पर्ला ।’
मौन अवधि सुरु भएको होइन र ? भन्ने कान्तिपुरको प्रश्नमा उनले भने, ‘हो, तर यसो भेटघाट गर्न मात्रै आएको ।’ उनी आफैं भने उनीहरूको मत पाउनेमा ढुक्क देखिएनन् । भने, ‘अहिलेसम्म अर्कै दललाई दिने भन्दैछन् रे । अन्तिमसम्म के गर्छन्, टुंगो छैन ।’
सहरका जान्नेबुझ्ने धेरैले बेलामा मतदाता सूचीमा सामेल हुन आफूलाई छुटाए । तोकिएको समयमा फोटो खिचाउन र नाम दर्ता गराउन उनीहरूको ध्यान पुगेन । कुचबधिया जातिका भने नागरिकता भएका र उमेर पुगेका कोही छुटेका छैनन् । ‘अघिल्लो चुनावअघि फोटो खिच्ने टोली आउँदा मधेसमा रोक्न आन्दोलन थियो । तर हामी नडराई गयौं र फाटो खिचायौं,’ लौटन कुचबधियाले भने, ‘भोट दियो भने पो हामीलाई पनि यस्तो गरिदेऊ भन्न पाइन्छ । भोटै नदिएपछि कसलाई भन्नु ?’
देशभर कुचबधियाको जनसंख्या करिब ८ सय भएको अनुमान छ । ढुंगा खिप्ने पेसा अपनाउने भएकाले यिनीहरूलाई अर्को जाति पत्थरकट्टासँग मिसाएर २०६८ को जनगणनाले ३ हजार १ सय ८२ देखाएको थियो । कुचबधियाको संख्या मध्यपश्चिममा ४ सय ४८ छ । ती सबैजसो बाँकेका नेपालगन्ज आसपास इन्द्रपुर, फूलटेक्रा र गनापुरमा छन् । त्यसको सबैभन्दा ठूलो समूह इन्द्रपुरमा छ । यहाँ ६० परिवारका २ सय ४० मतदाता छन् ।
कहिल्यै कुनै कुरामा नबाँडिनु नै आफ्नो समाजको गौरव ठान्छन् उनीहरू । ‘एक/दुई भोट दायाँ–बायाँ जाला, बाँकी सबै एकै ठाउँ पर्छ,’ त्यही समुदायकी एक महिलाले भनिन्, ‘सुरुमा एउटा पार्टीलाई दिने कुरा थियो । बीचमा अर्कै पार्टीतिर कुरा गयो । चुनावको दिनसम्म अर्कै पार्टीतिर पुग्न पनि सक्छ । तर, दायाँ–बायाँ हुँदैन ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: