Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

युएन पार्कको जग्गामा खेती

\"\"काठमाडौं, १४ असार । संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा हुँदै छ । यो दुई दशकमा पार्क निर्माण पूरा हुनु त कता हो कता, निर्माण आयोजनाको स्वामित्वको १ हजार ५ सय ७६ रोपनी जग्गाको समेत चरम दुरुपयोग हुन थालेको छ ।राष्ट्रसंघको आग्रहमा देशबाहिर गई शान्ति स्थापना गर्ने क्रममा जीवनको उत्सर्ग गर्ने, सैनिक, प्रहरी र निजामती कर्मचारीको योगदानको संस्मरण गर्ने उद्देश्यले पार्क निर्माण थालिएको थियो । अाजको नयाँ पत्रिकामा खबर छ– तर, त्यसका लागि छुट्याइएको जग्गामा अहिले एनजिओदेखि ड्राइभिङ इन्स्टिच्युटसम्मको कार्यालय रहेका छन् । त्यति मात्र होइन, वडा कार्यालय, फोहोरमैला थुपार्ने स्थल, खेती–किसानी गर्ने जग्गाका रूपमा जग्गा प्रयोग भइरहेको संयुक्त राष्ट्रसंघ पार्क विकास समितिका कार्यकारी निर्देशक लक्ष्मीनारायण चौधरीको भनाइ छ । सुकुम्बासीले समेत सरकारी जग्गामा कब्जा जमाएका छन् । ‘समितिले आफ्नो तर्फबाट जग्गा अतिक्रमण गर्नेलाई हटाउने प्रयास गरे पनि सकेको छैन,’ उनले भने । एकीकृत रूपमा संयुक्त योजना बनाई सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, काठमाडांै उपत्यका विकास प्राधिकरण, पार्क विकास समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतबाट सामूहिक प्रयास गरिएमा मात्र अतिक्रमित जग्गा प्राप्त गर्न सक्ने अवस्था रहेको पार्क विकास समितिको भनाइ छ । ५ वर्षअघि २६ वैशाख ०६९ मा थापाथलीको प्रसूतिगृहपछाडि २ सय ५३ घरटहरा र सुकुम्बासीलाई तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पहलमा हटाइएको थियो । तर, विभिन्न राजनीतिक कारणले पुुनः सुकुम्बासीको बसोबास भएको र अस्थायी प्रकृतिका संरचनाहरू निर्माण भइरहेको छ । गुरुयोजना नै ‘आउटडेटेड’ संयुक्त राष्ट्रसंघ पार्क निर्माणका लागि गुरुयोजना बनाएकै दुई दशक नाघिसकेको छ । पार्क विकास समितिका अनुसार गुरुयोजना कार्यान्वयनमा ढिलाइ भएकाले त्यो आउटडेटेड भइसकेको छ । गुरुयोजना संशोधन गर्नुपर्ने आवश्यकता भइसकेको छ । नया“ गुरुयोजना नबनाउने हो भने पनि अहिलेको गुरुयोजना संशोधन गर्नुपर्ने अवस्थामा पुगेको समितिका कार्यकारी निर्देशक चौधरीले जानकारी दिए । साथै, पार्कको कार्यक्षेत्र विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ । अहिले पार्कको लम्बाइ करिब ३ दशमलव ५ किलोमिटर छ । ०५२ देखि निरन्तर बजेट आयोजनाका लागि ०५१ देखि निरन्तर बजेट विनियोजन गर्ने गरिएको छ । तर, पनि आवश्यक काम भएका छैनन् । काम नहुनुमा बजेट न्यून हुनु पनि कारण रहेको छ । स्वीकृत गुरुयोजनाअनुरूप कार्य सम्पन्न गर्न पर्याप्त बजेट कहिल्यै पनि व्यवस्था नभएको विकास समितिको दुखेसो छ । चालू आर्थिक वर्ष ०७३÷७४ मा कुल २ करोड २४ हजार ८१ हजार बजेट विनियोजन भएकामा अहिलेसम्म १ करोड १८ लाख २९ हजार खर्च भएको छ । यस्ता छन् पार्क निर्माणका उद्देश्य १. बागमती नदीवरिपरिको सार्वजनिक जग्गाको संरक्षण गर्नु, भूक्षय नियन्त्रण गर्नु, २. आसपास क्षेत्रको ढल निकाससम्बन्धी व्यवस्था गर्नु, ३. बागमती नदीलाई फोहोरमैलाबाट जोगाउनु, ४. सांस्कृतिक एवं धार्मिकस्थलहरू र ऐतिहासिक स्मारकहरूको जगेर्ना गर्नु, ५.पार्कवरिपरि बस्ने मानिसलाई स्वच्छ हावा लिने अवसर प्रदान गर्नु, ६. सहरी वातावरणमा सुधार ल्याउनु, पर्यटन प्रवद्र्घन गर्नु, ७. पार्कभित्र वातावरणमैत्री कार्यक्रमहरू सञ्चालन गरी पार्कलाई वातावरण संरक्षणको नमुनाका रुपमा विकास गर्नु । प्रभु साह मन्त्री,सहरी विकास मन्त्रालय युएन पार्कको सरकारी जग्गाका विभिन्न तरिकाबाट अतिक्रमण भइरहेकाबारे जानकार छु । केही दिनमै जग्गा अतिक्रमण गरेर बसेकालाई हटाउने प्रयास सुरु हुनेछ । सरकारले आफ्नो जग्गाको संरक्षण गर्नेछ । अरूले खेती गरेका जग्गा किन युएन पार्कले उपभोग गर्न सकेन ? कर्मचारीहरू के गरेर बस्नुभएको छ ? दरबन्दीका मान्छे के गरेर बस्नुभएको छ ? सरकारको जग्गामा व्यक्तिले उपयोग गर्दासमेत कर्मचारी चुप लागेर बस्नु भएन । त्यसरी बस्ने कर्मचारीमा जवाफदेहिता खोजिनेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy