Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

सानोसिरुवारीमा लिफ्टिङद्वारा खानेपानी योजना

\"\"चौतारा, २३ असार । खानेपानीको समस्या झेलिरहेको सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरुवारी गाउँमा पौने दुई करोड रुपैयाँको लागतमा खानेपानी योजना सञ्चालन गरिएको छ । आसपास खानेपानीको मूलको अभाव तथा भएका मूल पनि भूकम्पबाट सुकेपछि गाउँदेखि डेढ किमी तल रहेको मजुवा खोलाबाट लिफ्टिङद्वारा पानी तानेर खानेपानी योजना सञ्चालन गरिन लागेको हो । साबिक सेलाङ गाविस हाल जुगल गाउँपालिकामा पर्ने थालखर्क मुहानबाट सदरमुकाम चौतारामा खानेपानी योजना सञ्चालन गरिएको थियो । अढाइ दशकअघि १८ किमी टाढाबाट ल्याइएको सो योजना सानोसिरुबारीमा पनि विस्तार गरिएको थियो । तर हप्तामा आक्कल झुक्कल दुई/चार गाग्री मात्र पानी आउने भएकाले गाउँवासीले एक गाग्री पानीका लागि लामो समय गुजार्नुपर्ने बाध्यतामा रहेका थिए । उक्त योजना बजार क्षेत्रबाट लगिएको हुँदा सरकारी कार्यालय, अस्पताल, सेना तथा प्रहरीलाइ पर्याप्त पानी वितरण भएपछि मात्र पुछारमा रहेका उपभोक्ताले आक्कल झुक्कल मात्र पानी उपभोग गर्न पाएको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीको सक्रियतामा ‘वर्ल्ड भिजन’ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोग एक करोड २८ लाख ४९ हजार रूपैयाँको लागतमा गत वर्षदेखि ‘मजुवा बगर कोटडाँडा लिफ्टिङ खानेपानी योजना’ स्वीकृत भई तीव्ररुपमा निर्माण कार्य भइरहेको सो संस्थाका कार्यक्रम संयोजक रोहित शर्माले जनकारी दिए । सो संस्थाले लिफ्टिङका लागि थप आर्थिक सहयोग प्रदान गर्न असमर्थता जाहेर गरेको र विद्युत् शक्तिको पनि नियमितता नभएकाले पानी तान्न सोलार जडान गर्न वैकल्पिक ऊर्जा प्रवद्र्र्धन केन्द्रले ४० लाख रूपैयाँ अनुदान प्रदान गरेको छ । उक्त योजनाका लागि मुहानमा फिल्टर सहितको ५४ घनमिटर, बीचमा ५० घनमिटर र अन्तिम बिन्दुमा रहेको कोटडाँडामा ८० घनमिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरिनेछ । मुहानदेखि डाँडासम्म एक हजार ६०० मिटर पाइपद्वारा पानी लगिने कार्यक्रम रहेको छ । जलाशयबाट ३० हजार ७०० मिटर पाइपमार्फत दुई विद्यालय र २८० घरपरिवारका एक हजार ७७२ जनसङ्ख्यालाइ शुद्ध खानेपानी वितरण गरिने कार्यक्रम रहेको छ । सो योजना आगामी फागुनसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको सो संस्थाले जनाएको छ । वर्षौंदेखिको खानेपानीको समस्या निकट भविष्यमै समाधान हुने आशा राखेका गाउँलेले पाइप लाइन खन्न व्यापक श्रमदानमा जुटेका छन् । योजना सम्पन्न भएपछि इच्छुक उपभोक्ताले तीन हजार रूपैयाँ लगानी गरेमा निजी धारासमेत राख्न पाइने उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । पहाडी क्षेत्रमा प्रायःजसो नदीमाथि गाउँबस्ती रहेका कारण खानेपानी तथा सिँचाइको अभाव भोगिरहेका छन् । ती गाउँलेले धेरै ठाउँमा लिफ्टिङद्वारा पानी तानेर समस्या समाधान गरिरहेका उदाहरण रहेको छ । आर्थिक स्रोत जुटाउन समस्या परेपनि आधुनिक प्रविधिका कारण सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगमा जिल्लाका धेरै स्थानमा लिफ्टिङद्वारा खानेपानीको समस्या समाधान भएका छन् । लिफ्टिङद्वारा नै इन्द्रावती नदीको पानी तानेर गत चार वर्षदेखि न्यौपानेटारका सयौँ रोपनी सुख्खा फाँट हराभरा रहेको उक्त आयोजनाका अध्यक्ष रहेका इन्द्रावती गाउँपालिका–१४ भोटसिपाका राजेन्द्र आचार्यले बताए । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy