Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

सामाजिक कार्यमा सक्रिय बन्दै सेना, डोल्पामा गर्यो यस्तो काम

\"\"डोल्पा । दुर्गम जिल्ला डोल्पामा पछिल्लो समयमा नेपाली सेनाले सामाजिक गतिविधिका काममा आफ्नो सक्रियता बढाएको छ । वर्षातको समयमा पहिरोले बाटोघाटो भत्केर आवागमन ठप्प हुँदा बाटो खुलाउनेसम्म कार्यदेखि कुनै व्यक्ति घरमै बिरामी पर्दा अस्पतालसम्म बोकेर लैजाने र बिरामीलाई प्राथमिक उपचारको व्यवस्थासमेत सेनाले गर्दै आएको छ । गत मंगलबार बाढीले पुल भत्काएपछि अवरुद्ध भएको सदरमुकाम दुनैदेखि मेलसरा हुँदै उपल्लो डोल्पासम्म जान प्रयोग हुने काठेपुललाई सेनाको टोलीले पुनःनिर्माण गरेर मार्ग सञ्चालन गरेको निकुञ्ज सुरक्षार्थ खटिएको कालीदत्त गुल्म सुलिगाडका गुल्मपती भगवान थापामगरले जानकारी दिए । “यसै पनि हामी राष्ट्र सेवक हौँ, आपत्विपत्मा सहयोग गर्नु हाम्रो दायित्वभित्र पर्छ, हामीलाई जति धेरै जनताको सेवा गर्ने अवसर मिल्छ हामी त्यति नै खुशी हुन्छौँ”, थापामगरले भने । त्यस्तै सेनाको टोलीले एक साता अगाडिमात्रै सुलिगाड नजिकै पर्ने दुनै जुफालखण्डको बाटो ठूलीभेरीको बहावले जोखिममा पारेपछि सेनाको प्रयासमा निर्माणसमेत गरिएको छ । जिल्लामा सेनाको अगुवाइमा वृक्षरोपण, सरसफाइ, सडक निर्माण, विपत्को समयमा उद्धारदेखि थुप्रै प्रकारका असहजता समाधान गर्ने प्रयास गरिरहेकाले डोल्पालीले सेनालाई आभार प्रकट गरेका छन् । जिल्लामा सेनाले आफ्नो काममात्रै पूरा नगरी अनवरतरुपमा सामाजिक कार्यमा संलग्न रहेर काम गर्दै आएकाले सेना साँच्चीकै दुःखी असहायको सहारासमेत भएको त्रिपुरासुन्दरी नगरपालिकाका लोकेश खत्रीले बताए । सेनाकै प्रयासमा अबको एक वर्षभित्रै डोल्पामा मोटरबाटो पुगेर डोल्पालीको वर्षौंदेखिको सपना साकार हुन लागेकामा खत्रीले खुशी व्यक्त गरे । दुर्गम जनताप्रति सेनाले गर्नसक्ने सम्पूर्ण सहयोग गर्न तत्पर रहेको सेनाले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending