Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

वन्यजन्तुको आक्रमणबाट चितवनमा १४ जनाको ज्यान गयो

\"\"चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । जंगली जनावरको आक्रमणबाट गत आर्थिक वर्षमा यस क्षेत्रमा १४ जनाले ज्यान गुमाएका छन् । तीमध्ये सबैभन्दा बढी गैँडाको आक्रमणबाट सातजना, हात्तीको आक्रमणबाट पाँचजना र बाघको आक्रमणबाट दुई जनाले ज्यान गुमाएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट ३० जना घाइते भएका छन् । गैँंडा, हात्ती, बाघ, बँदेल, गोहीलगायत जनावरले उनीहरुलाई आक्रमण गरेको थियो । यसैगरी उक्त अवधिमा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न र दिसापिसाब गर्न जाँदा वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु भएको थियो । साँझ घरबाट बाहिर जाँदा बाटोमा दुई जना र खेतबारीमा काम गर्न जाँदा दुई जनाको मृत्यु हात्तीको आक्रमणबाट भएको जनाएको छ । हात्ती प्रजनन् केन्द्रमा जंगली हात्तीको आक्रमणबाट एक भारतीय पर्यटकको मृत्यु भएको थियो । घरमै बसिरहेको बेला पनि जंगली जनावरले आक्रमण गरेर मानिसको मृत्यु हुने गरेको छ । यो तथ्याँकलाई हेर्दा मानवीय त्रुटीका कारणले धेरैको ज्यान गएको देखिन्छ । आर्थिक वर्ष २०७२/७३ मा वन्यजन्तुको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो । वन्यजन्तुको आक्रमणबाट मृत्यु भएकालाई रु पाँच लाख क्षतिपूर्ति र घाइते भएकालाई रु एक लाख सम्म उपचार खर्च दिने व्यवस्था निकुञ्जको छ । दुबै क्षतिपूर्ति रकमलाई अहिले दोब्बर बनाइएको छ । गत आर्थिक वर्षमा क्षतिपूर्तिवापत निकुञ्जले ९४ लाख २२ हजार ३१ रूपैयाँ रकम वितरण गरेको थियो । गत आर्थिक वर्षमा वन्यजन्तुले ९४ परिवारको घरपालुवा जनावर मारेर क्षति पु¥याएको थियो भने ३२० परिवारको अन्नबाली नष्ट गरेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले अनधिकृत रुपमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा प्रवेश गरेकै कारण धेरै जनधनको क्षति वन्यजन्तुबाट भएको बताए । जथाभावी रुपमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा प्रवेश नगरेमा र सावधानी अपनाउन सकेमा यस्ता दुर्घटना न्यून हुने पनि उनले बताए । ९५२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको मध्यवर्ती क्षेत्र ७३० वर्गकिलोमिटरमा फैलिएका छन् । जहाँ करिब तीन लाख जनसंख्या बसोवास गर्दछन् । उनीहरु घाँस, दाउरालगायत वनपैदावारका लागि मध्यवर्ती क्षेत्रमा आश्रित छन् । पछिल्लो समय दुर्लभ वन्यजन्तुको संख्या बढ्दै गएकाले पनि मानवीय क्षतिका घटना बढेको अनुमान छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy