विपद् उद्धारका लागि तीन स्थानमा हेलिकप्टर राख्न गृहमन्त्रीको निर्देशन
श्रावण ६ गते, २०७४ शुक्रवार 21st July, 2017 Fri१३:४३:०२ मा प्रकाशित
काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले परम्परागत रिपोर्ट प्रस्तुत गर्ने र त्यसैमा छलफल गरेको भरमा प्रगती नहुने बताएका छन् । शुक्रवार केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकमा बोल्दै मन्त्री शर्माले विगतमा भएका निर्णयहरुको कार्यान्वयनको अवस्था र प्रगती विवरणबाट बैठक शुरु गर्न आवश्यक भएको बताए ।
‘परम्परागत एउटा रिपोर्ट प्रस्तुत गर्ने र अनि त्यसैमा छलफल गरेर हाम्रो प्रगती हुँदैन यथास्थिती मात्रै हुन्छ’ उनले भने, ‘चुनौतीहरु एकपछी अर्को रुपमा नयाँ बनेर आउँछन्, हाम्रो योजना र परिचालन प्रक्रिया पुरानै रह्यो भने त्यस्को तादाम्यता कसरी मिल्छ ?’
मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा नियकाका प्रमुखहरु सम्मिलित बैठकमा मन्त्री शर्माले सवै मन्त्रालयहरु दैवी प्रकोप उद्धारमा आफुले गर्ने कामबारे स्पष्ट हुनुपर्ने बताए ।
दैवी प्रकोप उद्धार समितीको बैठकमा अर्थ सचिव अनुपस्थित भएको बारे आक्रोश व्यक्त गर्दै मन्त्री शर्माले उनलाई सचेत गराउन मुख्य सचिवलाई निर्देशन दिएका छन् ।
‘अबको बैठकमा सवै निकायका प्रतिनीधी उपस्थित हुनेगरी एउटा निर्णय गरौं, त्यसो भएमा समन्वयको कुरा पनि व्यवस्थित हुन्छ’ उनले भने, ‘विपद् व्यवस्थापन एउटै हातले गर्ने कुरा होइन, सयौं हजारौं हातहरुको आवश्यकता पर्छन् ।’
भुकम्प गएको बेला आफुले संसदमा पाँच लाख भोलेन्टियर परिचालन गर्ने प्रस्ताव राखेपनि त्यसो हुन नसकेको उल्लेख गर्दै उनले भने, ‘भोलेन्टियर परिचालन गरौं अनि घर बनाउने काम सिध्याईदिउँ भनेको थिएँ हुन सकेन्, परिणाम स्वरुप अहिले ‘गर्न सकेनौं’ भन्नेबाहेक हामीसँग अरु विकल्प छैन ।’
‘विपद्लाई तत्काल निरुपण गर्न नसके अरु विपद्हरु थपिन्छ त्यसपछी हामी विपद्को बोझमुनी थिचीन्छौं’ उनले भने, ‘अनि राज्यले त्यो भारी बोक्न नसक्ने अवस्था आउन सक्छ, तत्काल विपद्लाई पार लगाउन सकेमा त्यसले नयाँ स्थिती सिर्जना गर्छ ।’
‘प्रकृत्तिसँग लड्ने र जित्ने कुरा सामन्य हैन, धेरै कठिन कुरा हो’ उनले भने, ‘राजधानीमा योजना सहित खुल्ला स्थानको ब्यवस्था गर्नुपर्छ ।’
सवै गाउँपालिकामा टेलिफोन पु¥याउन दिर्नेशन
गृहमन्त्री शर्माले तिन महिना भित्र सवै गाउँपालिकाहरुमा टेलिफोन सुविधान पु¥याउन मुख्य सचिव मार्फत सञ्चार सचिवलाई निर्देशन दिनुभएको छ ।
‘यो राज्यको टेलिकम हो, तिन महिनाभित्र हरेक गाउँपालिकामा सञ्चार पुगेको हुनुपर्छ’ उनले भने, ‘त्यसमा कुनै शर्त मानिने छैन ।’
टेण्डर क्यान्सिल भयो, यस्तो किन्न सकिएन उस्तो किन्न सकिएन भन्ने कुरा मान्य नहुने उल्लेख गर्दै मन्त्री शर्माले भने, ‘सञ्चार, निर्वाचन र शान्ति सुरक्षासँग पनि जोेडिएको छ, त्यसैले यो कुरा लागु हुनुपर्छ ।’
‘यो जमानामा जहाँ सञ्चार सम्पर्क छैन, हामी कसरी उद्धार गर्न सक्छौं ? कसरी राहत दिन सक्छौं ?’ उनले भने, ‘यो काम तिन महिनाभित्र हुनुपर्छ त्यसको विधि पत्ता नलागे मलाई भन्नुहोला, विधि म दिन्छु ।’
सञ्चार सुविधाबिना निर्वाचित स्थानीय निकायले पनि सरकार चलाउन नसक्ने उनको भनाई थियो ।
कुरिनटारमा रहेको शसस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्रको सहि परिचालनका लागि साधन, स्रोतको आवश्यकता केहो त्यसबारे सोच्नुपर्ने उनले बताए ।
विपद् उद्धारका लागि तीन स्थानमा हेलिकप्टर
कालिकोट, रोल्पा जस्ता स्थानबाट भर्खरै गर्भवतीको उद्धार गरेको जानकारी दिँदै मन्त्री शर्माले स्वास्थ्यसँग सम्बन्धित उद्धारका क्रममा खर्च भएको रकम भुक्तानी गर्न स्वास्थ्य सचिवलाई निर्देशन दिए ।
त्यस्तै नेपाली सेनाको हेलिकप्टर निर्वाचनको समयमा जस्तै देशका मुख्य तीन स्थानमा तयारी अवस्थामा राख्न मन्त्री शर्माले निर्देशन दिएका छन् । नेपाली सेनाका उपरथी हेमन्त कुँवरलाई निर्देशन दिँदै उनले भने, ‘एउटा हेलिकप्टर पश्चिम क्षेत्र, एउटा वुटवल र अर्को पूर्वतिर राखौं जसले गर्दा उद्धारमा सहजता ल्याउन सकिन्छ ।’
मन्त्री शर्माले विपद् उद्धार कोषलाई पनि विभिन्न ढंगले वृद्धि गर्नुपर्ने बताएका छन् । ‘प्रहरीले जुवा कब्जा गर्छ, त्यसलाई कोषमा राख्दा के हुन्छ ?’ उनले भने, ‘मैले उदाहरणको लागि भनेको, हामीले उद्धार कोष वृद्धि गर्नेतिर पनि सोच्नुपर्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: