Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

राप्रपाले संंविधान संशोधनको पक्षमा समर्थन गर्ने

\"\"काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिले संविधान संशोधनको पक्षमा समर्थन गर्ने निर्णय गरेको छ । सो पार्टीको तीन दिनसम्म बसेको बैठकले मुलुकको ७४४ स्थानीय तहका वडा तहसम्म सङ्गठन समायोजन गर्ने निर्णय गर्नुको साथै सरकारमा सहभागिता जनाउने विषयमा निर्णय लिन केन्द्रीय कार्यसम्पादन समितिलाई जिम्मेवारी दिएको छ । पार्टीले लिएको हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थाको वैचारिक सन्देशलाई हरेक वडा, क्षेत्रमा पु¥याउन नसक्दा पार्टीले अहिलेको चुनावमा पराजय भोग्नपरेकाले विभिन्न राजनीतिक गतिविधि अभियानका रुपमा सञ्चालन गर्ने जनाएको छ । बैठकले मुलुकमा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न नेपाली नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको चित्र अङ्कित गर्न माग गरेको छ । बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्री ध्रुवबहादुर प्रधानले प्रस्तुत गर्नुभएको स्थानीय तहको निर्वाचन समीक्षासम्बन्धी प्रतिवेदन, अर्का महामन्त्री जयन्त चन्दले प्रस्तुत गरेको सांगठनिक अवस्था र भावी रणनीतिसम्बन्धी प्रतिवेदन पारित गरिएको छ । वरिष्ठ नेता पशुपतिशम्शेर राणा अनुपस्थित रहेको उक्त बैठकले उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा प्रदेश नं २ को निर्वाचन परिचालन समिति गठन गरिएको छ । सो समितिमा उपाध्यक्षद्वय राजीव पराजुली र रामचन्द्र राय सदस्य छन् । संविधानले विश्वका प्रचलित प्रजातान्त्रिक अभ्यासलाई आत्मसात गरेकाले संविधानसँग सहकार्य गरी पार्टीको सिद्धान्त स्थापित गर्ने प्रतिबद्धता बैठकले जनाएको छ । आगामी माघ ७ गतेभित्र संसद् र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न पार्टीले सशक्त भूमिका निर्वाह गर्ने जनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सो बैठकले ६० वर्ष पूरा भएका नागरिकलाई वृद्धभत्ता उपलब्ध गराउन माग गरेको छ । हिन्दू राष्ट्र स्थापना तथा बैद्ध, किराँतलगायत ओमकार परिवारभित्रका धर्मको संरक्षण गर्न धर्म तथा संस्कृति परिषद् गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्ष कमल थापाले पार्टीभित्र देखिएका असन्तुष्ट मत तथा फरक विचारलाई सम्बोधन गरी एकताबद्ध भई आगामी निर्वाचनमा सहभागी हुने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending