Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

चीनसँग सडक सञ्जालले जोडियो ओलाङचुङ्गोला

\"\"ताप्लेजुङ । छिमेकीमुलुक चीन र पूर्वी नेपालको ओलाङ्चुङगोला सडक सञ्जालले जोडिएको छ । सात महिना अघिदेखि नेपाल र चीनको सीमा क्षेत्र टिपतालाबाट निर्माण सुरु गरिएको सडक निर्माणकार्य ताप्लेजुङको ओलाङचुङ्गोला बस्तीसम्म आइपुगेपछि चीन र ओलाङचुङ्गोला सडक सञ्जालले जोडिएको हो । शुक्रबार चिनियाँ ड्राइभर स्काभेटरलगायतका मेसिनसहित ट्र्याक खोलेर ड्राइभर बस्तीमा आइपुगेपछि स्थानीयवासी हर्षित भएका छन् । जिल्लाको सबै भन्दा विकट क्षेत्रको रुपमा रहेको सो क्षेत्रमा चीनबाट सडक बाटो आएपछि स्थानीयवासी खुसीले शुक्रबार रातभर नाचगानसहित जाग्राम नै बसेका थिए । टिपतालादेखि उक्त बस्तीसम्मको २१ किलोमिटर लामो सडक निर्माणकार्यमा तीन करोड रूपैयाँभन्दा बढी खर्च भएको छ । राज्यको भन्दा दुई तिहाइ बढी बालुङ समाजको लगानी रहेको उपभोक्ता समितिका अध्यक्ष छेतेन बालुङले जानकारी दिनुभयो । उहाँका अनुसार दुई करोड ५० लाख रूपैयाँ बालुङ समाजले संकलन गरेको थियो । यस्तै सांसद विकास कोष र साविकको गाविस समेतको गरी ५३ लाख रूपैयाँ रहेको छ । ओलाङचुङ्गोलामा जन्मिएर देश तथा विदेशमा बसोवास गर्दै आउनुभएका बालुङहरुले सडक निर्माणका लागि सहयोग गरेका हुन् । उपभोक्ता समितिले सडक निर्माणको जिम्मा चिनियाँ ठेकेदार कम्पनीलाई दिएको छ । यता २०६६ साल देखि सुरु भएको ताप्लेजुङ सदरमुकाम फुङ्लिङ हुँदै ओलाङ्चुङगोला जोड्ने सडक निर्माण कार्य भने फक्ताङ्लुङ गाँउपालिकाकको तापेथोकमा पुगेको छ । हाल सम्म ४१ किलोमिटर ट्रयाक खोलिएको छ भने बाँकी ३५ किलोमिटर ट्रयाक खुले ओलाङ्चुङगोलासंग सदरमुकाम फुङ्लिङ सडक सञ्जालले जोडिने छ । उत्तर दक्षिण लोकमार्ग आयोजना प्रमुख कुवेर नेपालीले यो सडक निर्माणका लागि सरकारले यो वर्ष ६० करोड रुपैँया विनियोजन गरेको र वहु वर्षिय ठेक्कामा लगाउने निर्णय भएको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending