Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

चेपुवामा बाबुराम , एक वर्षदेखि वैचारिक विवादमा

\"\"काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई दिनप्रतिदिन चेपुवामा पर्दै गएका छन् । वैकल्पिक शक्ति बनाउने उद्देश्यसहित खोलिएको नयाँ शक्तिले स्थानीय तहमा अत्यन्तै निराशाजनक मत पाएपछि सो पार्टीले उनको विकल्पसमेत खोज्न थालेको छ । अाजको राजधानी दैनिकमा खबर छ– उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरेर ठूलो पार्टी बनाउने भट्टराईको योजना नेतृत्वको विषय र पार्टीभित्रका नेताहरूको विचारमा एकता हुन नसक्दा सफल भएन । संघीय समाजवादीसँग पार्टी एकता तत्कालका लागि टरेपछि पार्टीभित्र विवेकशील र साझा पार्टी पार्टीसँग एकता गरेर जानुपर्ने एक पक्षले चर्को रूपमा उठाइरहेका छन् । अर्कोतिर भने नेकपा माओवादी केन्द्रसँग नै पार्टी एकता गरेर अघि बढ्नुपर्ने विषय पनि सतहमा उठ्न थालेको छ । दुवै पक्षले आफूअनुकूल पार्टी एकता गर्न अहिले नै वैचारिक लाइनसमेत त्यहीअनुरूप बनाउने तयारीसमेत गरिरहेका छन् । माओवादीसँग नजिक भएर जानुपर्ने मत राख्नेहरूले पार्टीको विचार तथा सिद्धान्तमा नै माक्र्सवाद मानेर जानुपर्ने तथा पार्टीलाई तलैसम्म संगठन निर्माण गरेर जानुपर्ने अडान अघि सारेका छन् । तर विवेकशील साझा पार्टीसँग एकता गरेर जानुपर्छ भन्नेहरू भने पार्टीलाई मासबेसका आधारमा लैजानुपर्ने पक्षमा छन् ।समाजवादी फोरम नेपालसँग पार्टी एकता अन्तिम चरणमा पुगेर पनि बिथोलिएपछि भट्टराई भने पछिल्लोपटक पार्टीभित्र चलेको कार्यदिशाको विषयमा अप्ठ्यारो स्थितिमा छन् । ‘जनयुद्ध’को पृष्ठभूमिबाट आएका नेता तथा कार्यकर्ताहरू पार्टीको कार्यदिशामा माक्र्सवादलाई समेट्नुपर्ने तथा पार्टी संगठन तलसम्म नै विस्तार गरेर जानुपर्ने र द्वन्द्वात्मक भौतिकवादका आधारमा अघि बढ्नुपर्ने पक्षमा छन् । यो अडान राख्नेहरूमा वरिष्ठ नेता देवेन्द्र पौडेल, पार्टी प्रवक्ता खिमलाल देवकोटा लगायतका नेताहरू छन् ।तर केशव दाहाल, डम्बर खतिवडालगायतका नेताहरू पार्टी मास बेसमा अघि बढ्नुपर्ने भन्दै माक्र्सवाद र कम्युनिष्ट कार्यदिशाको पक्षमा छैनन् । संयोजक भट्टराईले बुधबारदेखि सुरु भएको पार्टीको संघीय परिषद् बैठकमा प्रस्ताव पेस गर्दै कार्यदिशा कस्तो बनाउने भनेर प्रस्ताव राखेका छन् । उनले माक्र्सवाद राख्ने कि नराख्ने, संगठन विस्तार गरेर जाने कि कसरी अघि बढ्नेजस्ता विषयसमेत अगाडि सारेका छन् । वैकल्पिक शक्तिको उद्देश्य र आर्थिक समृद्धिको नारा बोकेर तत्कालीन एमाओवादीबाट अलग भएका भट्टराईलाई पार्टीमा वैचारिक एकता कायम गर्नसमेत सकस छ । वैचारिक विषयलाई लिएर नै रामेश्वर खनाल, मुमाराख खनाल जस्ता नेताहरू बाबुरामबाट अलग भइसकेका छन् । पछिल्लोपटक नयाँ शक्तिमा साझा पार्टी र विवेकशील पार्टीजस्तै नयाँ शक्ति पनि भएको भन्दै उनीहरूबीच एकता गरेर जानुपर्ने बहस चर्कंदै गएको छ । अर्कातिर परिवर्तनका एजेन्डाहरूलाई बचाउन भए पनि माओवादी केन्द्रसँग नै एकता गर्नुपर्ने विषयसमेत झनै जोडका साथ उठेको छ । संघीय परिषद् सदस्यहरूको जारी बैठकमा ७५ जिल्ला तथा आंगिक गरेर करिब ८०÷८५ नेताहरूले आफ्नो धारणा राख्ने छन् । बैठकबाट नै नयाँ शक्तिको वैचारिक लाइन समेत स्पष्ट हुने नेताहरू बताउँछन् । संघीय परिषद् सदस्य केशव अर्यालले बैठकले आगामी कार्यदिशा र पार्टीको आगामी कार्यक्रम तय गर्ने बताए । उनले पार्टीले अब कस्तो कार्यदिशा लिन्छ भन्ने विषयसमेत बैठकबाट टुंगो लाग्ने समेत बताए । भरपर्दो विकल्प भइएन : भट्टराई नयाँ शक्तिका संयोजक भट्टराईले स्थानीय चुनावमा आफ्नो पार्टी भरपर्दो विकल्पका रूपमा प्रस्तुत हुन नसकेको विषयलाईस्विकारेका छन् । पार्टीको संघीय परिषद् बैठकमा ‘पार्टी स्थापनाको एक वर्ष ः समीक्षा र आगामी कार्ययोजना’ पेस गर्दै भट्टराईले नयाँ शक्ति नराम्ररी पराजित भयो भन्ने कुरालाई भने अस्वीकार गरेका छन् । पार्टीको आफ्नै चुनाव चिह्न नहुँदा अस्वाभाविक परिणाम भएको भन्दै उनले निर्वाचन परिणामलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् । यद्यपी, चुनावमा भरपर्दो विकल्पका रूपमा प्रस्तुत हुन नसकेको भने उनले स्वीकार गरेका हुन् । भट्टराईले ०७५ वैशाखसम्म संघीय महाधिवेशन गर्ने प्रस्ताव पनि गरेका छन् । ०७५ को वैशाख महिनासम्ममा पार्टीको प्रथम संघीय कमिटी निर्वाचित गर्ने र संघीय महाधवेशन गर्ने प्रस्ताव पनि पार्टी बैठकमा राखेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending