Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

नेतृत्व छाड्दैनन् माओवादी नेता

\"\"काठमाडौं । माओवादीको मूल नेतृत्वसहित अधिकांश जनवर्गीय संगठनमा लामो समयदेखि एकै व्यक्तिले नेतृत्व लिइरहेका छन् । कतिपयले पार्टी नेतृत्वको दबाब र कतिपयले आफ्नै ‘चाहना’का कारण पद नछाडेका हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ– अखिल नेपाल किासन संघ (क्रान्तिकारी), नेपाल दलित मुक्ति मोर्चा र प्रेस सेन्टरको नेतृत्व लामो समयदेखि एकै व्यक्तिको हातमा छ । अन्य संगठनमा पनि लामो समय पदाधिकारीमै रहेका व्यक्तिले नेतृत्व लिइरहेका छन् । लामो समय एकै व्यक्तिले नेतृत्वमा हालीमुहाली जमाउँदा नयाँ पुस्ता राजनीतिबाट क्रमशः टाढिन थालेको छ । माओवादी केन्द्रसँग अहिले विद्यार्थी, मजदुर, महिलालगायत २५ भन्दा बढी जनवर्गीय संगठन तथा वाईसीएललगायत आठ सहायक संगठन र नेवाः, तामाङ, किरातजस्ता ३४ जातीय–क्षेत्रीय मोर्चा छन् । कसले कति सम्हाले ? अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष तिलक परियार र प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले संगठनको नेतृत्व सम्हालेको झन्डै दुई दशक पुगेका छ । श्रेष्ठले किसान महासंघको नेतृत्व ०५३ सालदेखि गर्दै आएका हुन् । बीचमा केही समय शिवराज गौतमलाई नेतृत्व दिए पनि फेरि उनै दोहोरिइरहेका छन् । ‘लामै भयो, मेरो नेतृत्व किसान महासंघमा,’ श्रेष्ठले भने, ‘संगठनभित्र नेतृत्वको विकास हुन सकेको देखिएन, नेतृत्व हस्तान्तरणको विधि र प्रक्रिया पनि पूरा भइसकेको छैन ।’ ०५६ सालमा दलित मोर्चा गठन भएदेखि नै परियारले नेतृत्व गरिरहेका छन् । केही समय जेल बस्दा सन्तोषी विकलाई कार्यवाहक दिए पनि त्यसबाहेक नेतृत्वमा परियार नै छन् । प्रेस सेन्टरको स्थापनाकालदेखि नै दाहाल अध्यक्ष छन् । उनले पद छाड्न चाहे पनि पार्टी नेतृत्वले नै दोहो¥याएको हो । नेतृत्व लिनेबीच विवाद देखिएपछि सर्वसहमति बनाउन नसक्दा दाहाल दोहोरिएका हुन्र । अन्य संगठनमा मूल नेतृत्व हस्तान्तरण भए पनि एकै ब्याचको नेताको हालिमुहाली छ । महिला, प्राध्यापक, सांस्कृतिक मोर्चामा नेतृत्व हस्तान्तरण भए पनि नेतृत्व लिनेहरु एकै पेरिफेरीका छन् । अखिल नेपला महिला संघ (क्रान्तिकारी) मा लामै समय जयपुरी घर्तीले अध्यक्षको जिम्मेवारी सम्हालिन् । उनीपछि उनकै कार्यकालकी महासचवि अमृता थापामगर नेतृत्वमा छिन् । अखिल नेपाल ट्रेड युनियन महासंघमा पनि शालिकराम जमकट्टेलले लामो समयदेखि नेतृत्व लिइरहेका छन् । केही समययता भने उनले गणेश रेग्मीलाई कार्यवाहक दिएका छन् । किन यस्तो हुन्छ ? पार्टी, जनवर्गीय संगठन र मोर्चाको नेतृत्व पार्टीभित्रको आन्तरिक सत्ता हो । यसअर्थमा पनि त्यसको नेतृत्वमा पुग्नेहरुले सजिलै नेतृत्व छाडिहाल्दैनन् । स्वविवेक र दबाबमा मात्रै नेतृत्व परिवर्तन हुने प्राध्यापक तथा राजनीतिक विश्लेषक लोकराज बराल बताउँछन् । माओवादीमा नेतृत्व छाड्ने नचाहने संस्कृति हाबी रहेको स्विकार्छन् , नेपाल दलित मुक्ति मोर्चाका नेता पर्शुराम रम्तेल । ‘हामीकहाँ कल्चरकै रुपमा विकास भएको छ,’ उनले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy