Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

किन जम्दैनन् राजनीतिमा कलाकार ?

\"\"काठमाडौं । गणतन्त्र स्थापनासँगै कलाकारहरूमा राजनीति मोह बढ्दै गएको छ । पछिल्ला १० वर्षमा सयौँ नाम चलेका कलाकार विभिन्न दलमा आबद्ध भए । कलाकारिता क्षेत्रमा नाम र दाम कमाएका कलाकारको आगमनले एकताका दलहरूभित्र तरंग नै ल्यायो । तर, सक्रिय राजनीतिमा उत्रिएका कलाकार पार्टीभित्र स्थापित हुन सकेका छैनन् । अाजको नयाँ पत्रिकामा खबर छ– भूमिका र सफलता नपाएपछि नेता कलाकार पनि निराश नै छन् । केहीले त पटक–पटक पार्टी परिवर्तन पनि गरिरहेका छन् । कलाकारिताबाट देशको समृद्धि सम्भव नभएकाले राजनीतिमा उत्रिएको बताउने कलाकार राजनीतिमा आखिर किन जम्न सकेनन् ? माओवादीमा आबद्ध भएर स्थानीय निर्वाचनअघि राप्रपा प्रवेश गरेकी रेखा थापा भन्छिन्, ‘म देशको सेवा गर्न राजनीतिमा आएकी हुँ । तर, हाम्रो आवाज र एजेन्डालाई दबाउन खोजियो । त्यसकारण कलाकारले आफ्ना एजेन्डा स्थापित गर्न सकेका छैनन् ।’ उनी अहिले राप्रपाको केन्द्रीय सदस्य छिन् । थापा मात्र होइन, एमालेमा प्रवेश गरेर एकाएक चर्चा कमाएका नायक भुवन केसी पनि राजनीतिबाट पीडित छन् । दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–१ बाट टिकट उम्मेदवार बनाउने आश्वासन पाएका केसीको नाम अन्तिममा काटियो । एमालेले टिकट नदिने भएपछि भुवन तत्कालीन राप्रपा नेपालमा जाने मनस्थितिमा पुगेका थिए । यसको सुइँको पाएपछि उनलाई पार्टीमै रोक्न वरिष्ठ नेता माधव नेपालको पहलमा नायक भुवनलाई टिकट दिने लगभग पक्का भयो । टिकट पाएपछि भुवन पनि निकै खुसी थिए । मिडियामा उनले तीन करोड नेपालीको साथ पाएको बताउँदै हिँड्नसमेत भ्याए । तर, रातारात पार्टीभित्रैका नेताको दबाबमा उनको टिकट खोसियो । भुवन जिल्ल परे । तर, आफू राजनीतिक लाभ लिन पार्टीमा प्रवेश नगरेकाले यसले आफूलाई कुनै असर नपारेको उनी बताउँछन् । भन्छन्, ‘म निःस्वार्थ भावनाले राजनीतिमा प्रवेश गरेको हुँ । त्यसैले पार्टीले दिएको जिम्मेवारी बहन गर्न तयार छु, तर पदको लालचमा भने लाग्दिनँ । न पद पाइनँ भनेर पार्टी नै परिवर्तन गर्छु ।’ केसी त एक उदाहरण मात्र हुन्, उनीजस्तै पार्टीमा विभिन्न आश्वासन पाउने धेरै छन् । कलाकार किन राजनीतिमा लाग्छन् ? एउटा अन्तर्वार्तामा समालोचक महेश पौडेलले पछिल्लो समय पार्टी प्रवेश गरेका प्रायः कलाकारसँग केही भिजन नभएको बताएका थिए । तर, जागिर नै छाडेर राप्रपामा प्रवेश गरेकी कोमल वली भने तीन कारणले कलाकार पार्टी प्रवेश गर्ने बताउँछिन् । ‘कलाकारहरू अवसर, लोकप्रियता र योगदानका लागि पार्टी प्रवेश गरेका हुन्छन् । कतिपय भने लहलहैमा पनि प्रवेश गरेको देखिएको छ,’ उनी भन्छिन् । वलीले आफू भने कलाकारिताबाट परिवर्तन सम्भव नभएपछि नीति निर्माण तहमा पुगेर जनताको पक्षमा काम गर्न राजनीतिमा लागेको दाबी गर्छिन् । एमालेसँग आबद्ध नायक भुवन केसी आफू कलाकारको हकहित र अधिकारको पक्षमा आवाज उठाउन राजनीतिमा लागेको बताउँछन् । तत्कालीन माओवादी हुँदै राप्रपा प्रवेश गरेकी नायिका रेखा थापा कालाकारिताले चेतना प्रदान गर्ने भए पनि जनताको जीवनस्तरलाई आमूल परिवर्तन गर्न नसक्ने भएकाले आफू राजनीतिमा आएको बताउँछिन् । भन्छिन्, ‘न्याय र जनताको एजेन्डा बोकेर कार्यान्वयन गर्ने तहमा हस्तक्षेपकारी भूमिका खेल्न म राजनीतिमा आएकी हुँ ।’ कांग्रेससँग आबद्ध लोकगायिका राधिका हमाल कलाकारिता क्षेत्रबाट समग्र राष्ट्रको विकास हुन नसक्ने भएकाले आफू राजनीतिमा आएको बताउँछिन् । उनले राजनीतिमार्फत देश विकास र समृद्धिका लागि पहल गर्ने र जनहितमा काम गर्ने आफ्ना योजना रहेको सुनाइन् । स्थानीय तहको निर्वाचनमा एमालेको निर्वाचन प्रचारप्रसारका लागि गीत गाएका गायक बद्री पंगेनी राजनीति बुझ्न मात्र आफू यस क्षेत्रमा लागेको बताउँछन् । माओवादी केन्द्रसँग आबद्ध संगीतकार चेतन सापकोटाले राजनीतिमार्फत कलाकारिता पेसालाई व्यवस्थित र मर्यादित बनाउन आफू राजनीतिमा प्रवेश गरेको बताए । \"\"पार्टी प्रवेशपछि किन गुमनाम हुन्छन् कलाकार ? राजनीतिक मोहपछि विभिन्न पार्टी प्रवेश गर्ने कलाकार खासै चर्चामा आउँदैनन् । तत्कालीन एमाओवादीमा सयजना कलाकार एकैपटक प्रवेश गरेका थिए । त्यसपछि कांग्रेस, एमाले र राप्रपामा कलाकार प्रवेश गर्ने होड चल्यो । तर, उनीहरू खासै चर्चामा आएनन् । कलाकारिता गर्नजस्तो राजनीति गर्न सजिलो नरहेको अभिनेता राजेश हमाल बताउँछन् । भन्छन्, ‘कलाकार कलाकारितामा जति लोकप्रिय हुन्छन्, राजनीति प्रवेश गर्दा त्यही लोकप्रियता लिएर गएका हुँदैनन्, त्यसैले चर्चामा आउन गाह्रो हुन्छ ।’ नयाँ शक्तिकी नेतृ एवं नायिका करिश्मा मानन्धर हमालको विचारसँग असहमत छिन् । भन्छिन्, ‘कलाकारले राजनीति सिक्दै जानुपर्छ, पार्टीबाट उचित जिम्मेवारी नपाएसम्म र राज्यको नीति, निर्माण तहमा नपुगेसम्म कलाकारले केही गर्न सक्दैन ।’ उनी कलाकारितालाई राजनीतिसँग दाँज्न नहुने बताउँछिन्। कलाकारले पार्टीमा अवसर नपाएको भन्न मिल्दैन: भुसाल कलाकारले पार्टीमा अवसर नपाएको भन्ने विचारसँग माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल सहमत छैनन् । ‘पार्टीका विभिन्न विभाग, संगठन, जनसम्पर्क समिति हुन्छन् । त्यहाँ कलाकारले आफ्नैखाले जिम्मेवारी लिएका हुन्छन्,’ भुसाल भन्छिन्, ‘स्थानीय निर्वाचनकै सन्दर्भमा उहाँहरूलाई पार्टीले विभिन्न जिम्मेवारीमा खटाएको हुन्छ । त्यसैले राजनीतिक दलले कलाकारलाई बाइपास गरे भन्ने कुरा मान्न म तयार छैन ।’ राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल कलाकारिता गर्नेहरू राजनीतिमा प्रवेश गरेसँगै त्यसको फोहोरी खेलमा लागेका कारण गुमनाम हुने गरेको बताउँछन् । पार्टी प्रवेश गरेसँगै कुनै जिम्मेवारी र भूमिका नपाएका कारण कलाकार गुमनाम हुन्छन् । यसको उदाहरण हो, ०७० को दोस्रो संविधानसभा निर्वाचनपछिको अवस्था । सो निर्वाचनपछि गुमनाम रहेका कलाकार एकाएक स्थानीय तहको निर्वाचनमा तातेका छन् । यसबाट कलाकारलाई राजनीतिक दलले कसरी प्रयोग गरिरहेका छन् भन्ने बुझ्न सकिन्छ । कलाकारले आफ्नो जिम्मेवारी नखोज्नु र पार्टीले पनि त्यसमा खासै चासो नदिनु यसको कारण रहेको करिश्मा बताउँछिन्। गुमनाम हुनेसँगै पार्टी परिवर्तन गर्नेहरूको संख्या पनि उत्तिकै छ । तत्कालीन नेकपा माओवादी शान्तिप्रक्रियामा आएपछि रेखा थापा माओवादी पार्टी प्रवेश गरिन् । त्यतिवेला थापालाई माओवादीले चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने आश्वासन दिएको थियो । तर, उनी अध्यक्ष बन्न सकिनन् । त्यसपछि निष्क्रिय बनेकी नायिका रेखा केही समयअघि राप्रपामा प्रवेश गरिन् । त्यस्तै, गणतन्त्र आएपछि माओवादी बनेका नीर शाह पछिल्लो समय कांग्रेस प्रवेश गरेका छन् । एमालेका जनपक्षीय कलाकार संघका केपी पाठक माओवादी प्रवेश गरे । क–कसले खाए राजनीतिक नियुक्ति ? युवराज लामा : माओवादीबाट राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव राजकुमार राई : कांग्रेसबाट चलचित्र विकास बोर्डको अध्यक्ष नीर शाह : कांग्रेसबाट नेपाल टेलिभिजनको अध्यक्ष मेलिना मानन्धर : कांग्रेसबाट सेन्सर बोर्डको सदस्य रूपा राना : कांग्रेसबाट राष्ट्रिय चलचित्र विकास बोर्ड सदस्य राधिका हमाल : हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट रोल्पाको त्रिवेणी गाउँपालिकाको उपप्रमुखमा उम्मेदवार रवीन्द्र खड्का : शाही कालमा राप्रपाबाट पनौतीको मेयर नलिना चित्रकार : पहिलो संविधानसभा निर्वाचनमा फोरमबाट समानुपातिकतर्फ उम्मेदवार धर्मेन्द्र मर्वैता : फोरम गणतान्त्रिकमा प्रवेश गरेलगत्तै चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त के भन्छन् राजनीतिमा लागेका कलाकार ? प्रधानमन्त्री बन्न राजनीतिमा आएकी हुँ कोमल वली, गायिका तथा राप्रापा नेतृ राजनीति भनेको रुचिको कुरा हो । आत्मसन्तुष्टि र सेवा गर्ने इच्छाशक्ति भएका जुनसुकै क्षेत्रका मान्छे पनि राजनीतिमा आउन सक्छ । म जनताको सेवा गर्न राजनीतिमा आएकी हुँ । चर्चाका लागि राजनीतिमा आएकी होइन, किनकि म यत्तिकै चर्चित छु । राजनीतिमा लागेपछि मन्त्री, प्रधानमन्त्री हुने इच्छा त हुन्छ नै । जसरी कर्मचारीलाई सचिव, मुख्यसचिव बन्ने चाहना हुन्छ । मन्त्री, प्रधानमन्त्री बनेरै देशको सेवा गर्न राजनीति सुरु गरेकी छु । कलाकारितालाई देखाउने दाँत बनाएर आउने पनि छन् चेतन सापकोटा, संगीतकार कलाकारितालाई देखाउने दाँत बनाएर राजनीतिमा आउने धेरै छन् । यस्ताले राजनीतिक स्वार्थपूर्तिका लागि राजनीति गरेका हुन्छन् । यहाँ क्षणिक स्वार्थका लागि राजनीतिमा लाग्ने र स्वार्थ पूरा नभएपछि पेसा परिवर्तन गर्ने प्रचलन धेरै छ । मिडियामा छाउन पार्टी परिवर्तन गर्ने पनि छन् । कलाकार राजनीतिमा आइसकेपछि उसले कलाकारिता क्षेत्रको परिवर्तनका लागि आवाज उठाउनुपर्छ । दलहरूले प्रयोग मात्र गरे बद्री पंगेनी, लोकदोहोरी गायक कलाकार मात्र होइन, सबैमा राजनीतिक चेत हुन जरुरी छ । म सांसद मन्त्री हुन्छु भनेर राजनीतिमा आएको होइन । राजनीति बुझ्न आएको हुँ । नेपाली कलाकारले राजनीतिमा आउन ढिला गरेर गल्ती गरेका छन् । तर, दुःखद कुरा अहिले पनि धेरै कलाकारलाई राजनीतिक दलले प्रयोग मात्र गरेका छन् । विकास र निकासका लागि राजनीतिमा लागेँ राधिका हमाल, लोकगायिका हामी व्यक्तिले केही गर्न सक्दैनौँ । विकास गर्न र राष्ट्रको सेवा गर्न राजनीतिमा आउनु जरुरी छ । सोचविचार गरी बुझेर राम्रो मान्छे राजनीतिमा आउँदा केही फरक पर्दैन । म राजनीतिमा भएँ भने गाउँलेले सीधै आफ्नो समस्या मसँग राख्न सक्छन् । मैले उनीहरूको समस्या सुल्झाउन भूमिका खेल्न सक्छु । राजनीतिविना विकास र निकास नहुने भएकाले पनि म राजनीतिमा लागेकी हुँ । कलाकारिता र राजनीतिलाई उही रफ्तारमा अगाडि बढाउने योजना छ । स्थापित नेतृ बन्छु रेखा थापा, नायिका तथा नेतृ, राप्रपा कलाकारिता क्षेत्रमा लाग्दा नेपालको नम्बर १ नायिका हुन्छु भन्ने सोचेकी थिइनँ । तर, समय र परिस्थितिले मलाई त्यहाँसम्म डो¥यायो । म राजनीतिमा आएको धेरै लामो समय भएको छैन । संघर्ष गर्दै छु, कलाकारितामा स्थापित हुन गरेकोजस्तै मिहिनेत यता पनि गर्दै छु । कलाकारिताबाट समाजको चेतनास्तर मात्र वृद्धि गर्न सकिन्छ, तर समाज परिवर्तन गर्न कठिन छ । समाजमा विभिन्न समस्या, जटिलतासँग लड्दै जनतालाई कानुनी राज्यको अनुभूति दिलाउन र जनताका समस्या समाधान संवोधन गर्न मैले राजनीतिक यात्रा तय गरेकी हुँ । मलाई थाहा छ यो यात्रा सहज छैन । हिजो म कलाकारितामा रहँदा पनि मभन्दा धेरै सिनियर, कहलिएका, परिचित व्यक्ति त्यहाँ थिए । आज म त्यो स्थानमा पुग्न सफल भएकी छु र कलाकारिताको विकासका लागि आफ्नो स्थानबाट सक्दो गरिरहेकी छु । कलाकार राजनीतिमा फस्नुहुँदैन पुरुषोत्तम दाहाल राजनीतिक विश्लेषक राजनीति भनेको राज्यको मूल नीति हो, अरू राज्यका अवयव हुन् । त्यसैले राज्य र राजनीतिप्रति राज्यका हरेक सदस्यको रुचि हुन्छ । यसमा कलाकार पनि आकर्षित हुनु आवश्यक छ । कलाकारितामा सफल भएर राजनीतिमा जानैपर्छ भन्ने पनि हुँदैन । उहाँहरूले कलाकारिता पेसालाई नै अझ उचाइमा पु¥याएको भए राम्रो हुन्थ्यो । किनकि कलाकारितामा सफल भएकाले राजनीतिमा पनि सफलता हात पार्छन् भन्ने हुँदैन । नेपालको राजनीति सफा छैन । त्यसमै पौडी खेल्न थाल्ने हो भने केही काम छैन । उहाँहरू राजनीतिको फोहोरी खेलमा नलागेर राजनीतिक संस्कार र सभ्यताको विकास गराउन सक्नुहुन्छ । राजनीति कलाकारिताजस्तो सजिलो छैन राजेश हमाल अभिनेता राष्ट्रको कुनै पनि नागरिकलाई राजनीतिमा लाग्ने र गर्ने अधिकार हुन्छ । त्यसैअनुरूप कलाकार राजनीतिमा लागेका छन्, यो कुनै नौलो कुरा भएन । तर, कला क्षेत्रमा लागेर सेलेब्रिटी भएकाले म ‘पब्लिक फिगर’ भएकै कारण राजनीति गर्न सक्षम छु भन्न मिल्दैन । यदि कसैले त्यस्तो सोचेर राजनीति गरेको छ भने त्यो नितान्त गलत सोच हो । राष्ट्रको राजनीतिक गहिराइमा पुगेर, देश र जनताको समस्या र समाधानको उपाय पहिचान गरेर, देश, समाज र परिवेशको गहन अध्ययन गरेर मात्र राजनीतिमा लाग्दा ऊ सफल हुन सक्छ । किनकि राजनीति भनेको कलाकारिताजत्तिकै सहज पेसा होइन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy