Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

पशुपतिशमशेरले १२ सांसद मिसाए, १९ लिएर फर्किए

\"\"काठमाडौं । एकता महाधिवेशन भएको ७ महिना नबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आइतबार फुटेको छ । वरिष्ठ नेता पशुपतिशमशेर राणाको अध्यक्षतामा ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ गठन भएको छ । पार्टी एकता हुँदा १२ सांसद लिएर आएका राणा बाहिरिँदा १९ सांसद लगेर गएका छन् । अाजको नयाँ पत्रिकामा खबर छ– आइतबार नै नयाँ दल दर्ताका लागि नेताहरू दीपक बोहरा, विक्रम पाण्डे र सुनील थापालगायत नेताहरूले निर्वाचन आयोगमा आवेदन दिएका छन् । राणासँग १९, थापासँग १७ सांसद थापाले १९ सांसद र ७० केन्द्रीय सदस्यको हस्ताक्षरसहित नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको बताए । ‘हामीले १९ सांसद र ७० केन्द्रीय सदस्यसहित निर्वाचन आयोगमा पशुपतिशमशेर राणाको नेतृत्वमा ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ नामको दल दर्ताका लागि आवेदन दिएका छौँ,’ उनले नयाँ पत्रिकासँग भने । राप्रपामा ३७ सांसद थिए । समानुपातिकतर्फका सांसद पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधन भएपछि सो पार्टीमा ३६ सांसद छन् । राणा पक्षले १९ सांसदको हस्ताक्षरसहित नयाँ दल दर्ताको निवेदन आयोगमा दर्ता गरेसँगै कमल थापा नेतृत्वमा १७ सांसद मात्र बाँकी छन् । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नयाँ दल दर्ताका लागि आवेदन दर्ता भएको बताए । २४ सांसद रहेको राप्रपा नेपाल र १२ सांसद रहेको राप्रपाबीच गत ३० कात्तिकमा पार्टी एकता भएको थियो । राजनीतिक दलसम्बन्धी नियमावलीमा नयाँ दल दर्ताका लागि पार्टीका सांसद र केन्द्रीय सदस्य ४० प्रतिशत पु¥याउनुपर्ने प्रावधान छ । दुवै प्रावधान पूरा गर्दै नयाँ दल दर्ताका लागि आवेदन दिइएको केन्द्रीय सदस्य प्रेम बलायरले बताए । राप्रपाको केन्द्रीय समितिमा कमल थापाले मनोनयन गरेका ४२ सहित १६२ केन्द्रीय सदस्य थिए । संसद् सचिवालयमा पनि जानकारी राणा पक्षले ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ पार्टी गठनका लागि निर्वाचन आयोगमा आवेदन दर्ता गराएको जानकारी संसद् सचिवालयमा पनि गराएको छ । सुनील थापाको नेतृत्वमा संसद् सचिवालयमा पुगेर १९ सांसदको हस्ताक्षरसहितको पत्र बुझाइएको थियो । सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले १९ सांसदको हस्ताक्षरसहित नयाँ दल दर्ताको प्रक्रिया सुरु गरेको जानकारी दिए । विवाद एकता महाधिवेशनबाटै गत ६–९ फागुनमा सम्पन्न एकता महाधिवेशनमा पार्टीको लाइन के हुने भन्नेमै राप्रपामा विवाद देखिएको थियो । अध्यक्षमा निर्वाचित कमल थापा र उनीपक्षधर नेताहरू राजासहितको प्रजातन्त्रको लाइन लिनुपर्ने पक्षमा थिए । नेता पशुपतिशमशेर राणासहितका केही नेता मुलुक गणतन्त्रमा गइसकेकाले प्रजातान्त्रिक धारलाई पार्टीको लाइन बनाउनुपर्ने पक्षमा थिए । तर, अध्यक्ष थापाले जोडबल लगाएर राजासहितको प्रजातन्त्रको लाइन पारित गराए, त्यहीँदेखि विवाद सुरु भएको हो । पार्टीको सो निर्णयप्रति असहमति जनाउँदै गत २ चैतमा डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा राप्रपा राष्ट्रवादी गठन भएको थियो । स्थानीय तहको निर्वाचनमा पार्टीले लज्जाजनक हार बेहोरेपछि अध्यक्ष थापाको आलोचना सुरु भएको थियो । हलो चुनाव चिह्न छाडेकाले यस्तो परिणाम आएको राणा पक्षको तर्क थियो । तर, अध्यक्ष थापाले पार्टी फुटाउने षड्यन्त्र भएको भन्दै एकलौटी रूपमा ४२ केन्द्रीय सदस्य मनोनयन गरे । एकता महाधिवेशनको मर्मविपरीत अध्यक्षले एकलौटी रूपमा केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै राणाले पार्टीको पदाधिकारी, कार्यसम्पादन समिति र केन्द्रीय समिति बैठकसमेत बहिष्कार गरे । तर, उनको माग सम्बोधनबारे संस्थापन पक्ष जिम्मेवार बनेन, त्यो नै पार्टी विभाजनको कारण बन्न पुग्यो । राणाले चोरे कमल थापाका आठ सांसद, जयन्त चन्द थापातिरै राणाले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा दिएको आवेदनमा हस्ताक्षर गरेका सांसदमध्ये आठजना दुई पार्टी एकीकरण हुनुअघि कमल थापा नेतृत्वको राप्रपा नेपालबाट सांसद भएका छन् । रेशम लामा, बबिना मोक्तान लावती, राजेश्वरीदेवी शाह, रामकुमार सुब्बा, सीता लुइँटेल, लीलादेवी श्रेष्ठ, कमलादेवी शर्मा, विराज विष्ट राप्रपा नेपालबाट सांसद बनेका थिए । तर, राप्रपाबाट सांसद बनेका पार्टी महामन्त्री जयन्त चन्द भने कमल थापातिरै छन् । उनी नेता लोकेन्द्रबहादुर चन्दका छोरा हुन् । लोकेन्द्र पनि थापातिरै छन् । राणाको पक्षमा गएका केन्द्रीय सदस्यहरू पशुपति राणा, वरिष्ठ नेता उपाध्यक्षत्रय दीपक बोहरा, विक्रम पाण्डे, रामचन्द्र राय महामन्त्रीद्वय सुनील थापा र ध्रुवबहादुर प्रधान केन्द्रीय सदस्यहरू : रेशमबहादुर लामा, प्रेम बलायर, कर्णबहादुर बुढा, हरिबहादुर बस्नेत, प्रदीपकुमार उदय, उज्ज्वलविक्रम थापा, इस्तियाक अहमद खान, लालकुमार लामा, कृष्णप्रताप मल्ल, गिरिधर परियार, नीलकण्ठ काफ्ले, विन्दु पहाडी, मीना सुवेदी, सुरेन्द्र केसी, विष्णुविक्रम थापा, रवीन्द्रप्रताप शाह, राजाराम श्रेष्ठ, दुर्गा श्रेष्ठ, निर्मला श्रेष्ठ, सयन्द्र बान्तवा, किरण गिरी, दीपककुमार राई, प्रह्लाद शाह, नवराज सुवेदी, धोविनी गुरुङ, राजेन्द्र गुरुङ, जगतप्रताप गौचन, पर्शुराम तामाङलगायत ७० जना राप्रपा जुट्ने र फुट्ने शृंखला राप्रपाको जन्मै दुईवटा पार्टीबाट भएको थियो । पञ्चायती व्यवस्था ढलेपछि सूर्यबहादुर थापाको नेतृत्वमा एउटै पार्टी बनाउने भनेर विधान तयार भए पनि १५ जेठ ०४७ मा सूर्यबहादुर थापाको गाई र लोकेन्द्रबहादुर चन्दको हलो चुनाव चिह्न दर्ता भई एकैपटक दुई राप्रपाको जन्म हुन पुग्यो । ०४८ को निर्वाचनमा सूर्यबहादुरले एक सिट जिते भने चन्दको राप्रपाले तीन सिट जित्यो । ०५१ मा दुवै मिलेपछि भएको मध्यावधि निर्वाचनमा राप्रपाले २० सिट जित्यो । तेस्रो ठूलो शक्ति हुँदा आफैँ नेतृत्व गर्नेदेखि कांग्रेस र एमालेको सहयोगीसमेत बन्न पुग्यो । एमाले नेता मनमोहन अधिकारी नेतृत्वको सरकार ढलेपछि पहिले कांग्रेसबाट शेरबहादुर देउवा प्रधानमन्त्री बने । तर, यो सरकार बीचमै ढलेपछि एमालेको समर्थनमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने । उनको सरकार पनि ढल्यो र कांग्रेस समर्थनमा राप्रपाकै नेता सूर्यबहादुर थापाको नेतृत्वमा फेरि सरकार बन्यो । कहिले सत्तासहयोगी त कहिले नेतृत्वमा आफैँ पुग्ने प्रयोग भइरहँदा ०५४ मा राप्रपा फेरि फुट्यो । चन्दले राप्रपा राष्ट्रवादी गठन गरे । ०५६ को निर्वाचनमा थापाको राप्रपाले ११ सिट जित्यो, तर चन्द पक्ष जितविहीन बन्न पुग्यो । निर्वाचनपछि ०५६ मै दुई पार्टी मिल्न पुगे । तर, राजेश्वर देवकोटाले राप्रपा राष्ट्रवादी चलाइरहे । १८ असोज ०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले शाही कदम चालिसकेपछि पहिले लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भए । चन्द प्रधानमन्त्री हुँदा पोखरामा ०६० मा राप्रपा महाधिवेशन भयो । महाधिवेशनबाट नेतृत्व पशुपतिशमशेर राणामा पुग्यो । आठ महिना चन्द प्रधानमन्त्री भएपछि लगत्तै सूर्यबहादुर थापा फेरि सात महिना प्रधानमन्त्री भए । सूर्यबहादुर प्रधानमन्त्री हुँदा राजाको कदमको समर्थन गरेको भन्दै राणापक्षधरहरू आफ्नै पार्टीको नेताको राजीनामा माग्दै सडकमा आए । त्यसपछि सरकार ढल्यो । यसबाट विरक्तिएका सूर्यबहादुर राप्रपामा फर्किएर गएनन् । थापाले बृहत् राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति गठन गरे । यो समितिमा कमल थापा, डा. प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङसहितका नेता सहभागी थिए । तर, कमल थापाले यसलाई निरन्तरता दिएनन् । बीचमै छाडेर कमल थापा राप्रपामा महामन्त्री बन्न पशुपतिशमशेर राणाको पार्टीमा पुगे । १९ माघ ०६१ को राजाको कदमलाई कमल थापाले समर्थन गरे । ०६२ मंसिरमा कमल थापा राजाको सरकारको गृहमन्त्री बने । राजाको कदमलाई लिएर मतभेद हुन पुग्यो । २६ पुस ०६२ मा कमल थापाले विशेष महाधिवेशन बोलाएर मौजुदा केन्द्रीय सदस्यको बहुमतका साथ राप्रपा नेपाल पार्टी गठन गरे । सूर्यबहादुरले राष्ट्रिय जनशक्ति पार्टी बनाए । ०६३ सालको राजनीतिक परितवर्तनपछि जनआन्दोलन दबाएकोमा केही समय कमल थापा थुनामा रहँदा रवीन्द्रनाथ शर्मा अध्यक्ष भए । ०६४ को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ राप्रपाले आठ, राप्रपा नेपालले चार र जनशक्तिले तीन सिट प्राप्त गरे । त्यसपछि राप्रपा नेपालले हिन्दुत्वको मुद्दालाई प्रमुख बनाए पनि राप्रपा आन्तरिक विवादमै रुमल्लियो । ०६९ मा जनशक्ति र राप्रपाबीच एकीकरण भयो । सूर्यबहादुरले पशुपतिलाई नेतृत्व दिए । ६–६ महिना आलोपालोमा गए, तर चन्दको पालोमा नपुग्दै विवाद आयो । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा नेपालले समानुपातिकमा २५ सिट प्राप्त ग¥यो । राप्रपाले तीन प्रत्यक्षसहित १३ सिट जित्यो । सूर्यबहादुरको निधनपछि ३० कात्तिक ०७३ मा फेरि राप्रपा र राप्रपा नेपालबीच एकता भयो । एकीकृत पार्टीको एकता महाधिवेशन गत ६–९ फागुनमा भएको थियो । सो महाधिवेशनबाट कमल थापा अध्यक्षमा निर्वाचित भए । राप्रपा नेपाल र राप्रपाको एकता महाधिवेशनमा सहभागी नेता प्रकाशचन्द्र लोहनीले २ चैत ०७३ मा राप्रपा राष्ट्रवादी गठन गरे । राणासँग को–को सांसद गए ? दीपक बोहरा, विक्रम पाण्डे, सुनील थापा, रेशम लामा, बबिना मोक्तान लावती, रमेशकुमार लामा, पर्शुराम तामाङ, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, राजेश्वरीदेवी शाह, रामकुमार सुब्बा, आनन्दीदेवी पन्त, इस्तियाक अहमद खान, गीता सिंह, सरोज शर्मा, सीता लुइँटेल ज्ञवाली, लीलादेवी श्रेष्ठ, कमलादेवी शर्मा र विराज विष्ट पार्टी फुटाउने कार्य दुर्भाग्यपूर्ण : कमल थापा एकता महाधिवेशन सम्पन्न भएको ६ महिना नपुग्दै पार्टी फुटाउने काम दुर्भाग्यपूर्ण भएको भन्दै आइतबार साँझ कमल थापाले ट्विट गरेका छन् । उनले नयाँ दल दर्ताका लागि प्रयोग गरिएका अधिकांश हस्ताक्षर नक्कली भएकाले विचलित नहुन कार्यकर्तालाई आग्रहसमेत गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy