Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

हास्य कलाकारका नजरमा गाईजात्राको अविस्मरणीय घटना

\"\"आज गाईजात्रा । पुत्रशोकले विह्वल बनेकी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले गाईजात्रा सुरु गरेको इतिहास छ । उनले जनतालाई आ–आफ्ना घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकालेर सहर परिक्रममा गराउने आज्ञा दिएको मान्यता छ । पछि यही गाईजात्रालाई हँसाउने र व्यंग्य हान्ने पर्वका रूपमा पनि मनाउन थालियो । पुरानो मान्यता कायम राख्दै हास्यव्यंग्यको नयाँ ‘ट्रेन्ड’ गाईजात्रामा चलिरहेको छ । हरेक वर्ष हास्यकलाकारले कार्यक्रम नै आयोजना गरेर दर्शक हँसाउने गर्छन् । अाजको नयाँ पत्रिकामा प्रकाशित केही हास्यकलाकारले गाईजात्राको अविस्मरणीय घटना स्मरण गरेका छन् : मनोज गजुरेल : प्रचण्ड भनेर वाइसिएलले घेरा हाले जनआन्दोलन सकिएलगत्तैको ०६३ सालको गाईजात्राको घटना हो । प्रहसन देखाउँदै हामी बाग्लुङ पुगेका थियौँ । त्यतिखेर मैले गर्ने प्रचण्डको क्यारेक्टर चर्चामा थियो । बाग्लुङमा पनि त्यही अभिनय गर्दै थिएँ । हामी एक होटेलमा बस्यौँ । बजारमा माइकिङ सुनियो, भोलि तपाईंहरूमाझ हाम्रै बाग्लुङमा प्रचण्ड आउँदै हुनुहुन्छ । त्यतिवेला माओवादीको चहलपहल व्यापक थियो । माइकिङ गरेको केहीबेरमै बजारभर वाइसिएल छ्याप्छ्याप्ती भएछन् । हामी बसेको होटेल नै घेरा हाल्न आइपुगे । युद्धमा हाम्रो साथ चाहिने तर, शान्ति प्रक्रियामा आएपछि हामीलाई नै थाहा नहुने भन्दै होटेलको गेटमा आएर होहल्ला गर्न थाले । होटेलवालाले नक्कली प्रचण्ड (मनोज गजुरेल) गाइजात्रे कार्यक्रमका लागि आएको हो भन्दा पनि पत्याएनछन् । अन्ततः म आफैँ बाहिर निस्केर घटनाबारे स्पष्ट पार्नुपरेको थियो । दीपकराज गिरी : सबैलाई थुरुरु कमाइयो तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल हुँदाको गाईजात्राको घटना हो । व्यंग्य हान्न भनेपछि त्यो वर्ष सबै कलाकार डराएका थिए । तर, जे हुन्छ गर्ने, भन्दै हामीहरू प्रज्ञा भवनमा जम्मा भयौँ । सबैभन्दा चुनौतीपूर्ण कदम त मनोज गजुरेलले चाल्नुभएको थियो । उहाँले राजा ज्ञानेन्द्र बनेर अभिनय गर्दैै हुनुहुन्थ्यो । उहाँले गर्न लागेको अभिनयकै कारण पनि अन्य कलाकार डराएका थिए । यही मेसोमा मनोजजी र मैले अझै डर बढाइदिने योजना बनायौँ । माथिबाट धम्की आएको छ, अब सबैलाई पक्राउ गर्ने कुरा छ भनिदिऊँ भनेर सल्लाह गर्यौँ । दुईजनाले सहमति गरेर सबै कलाकार भएको ठाउँमा गयौँ । ‘मनोजजीको राजाको अभिनयका कारण माथिबाट धम्की आयो, सबैलाई पक्रिने भनेको छ’ भनिदियौँ । सबै थुरुरु काम्न थाले । सबैले मनोजजीलाई गाली गर्न थाले, यस्तो गर्नै नहुने थियो भनेर । अन्तिममा यथार्थ सबै सुनायौँ । पछि त्यही झुटो, रमाइलोमा बदलियो । किरण केसी : स्टेज छाडेर ट्वाइलेटतिर दौडिएँ ५–६ वर्षअघिको घटना हो । प्रज्ञा भवनमा प्रस्तुति दिइरहेको थिएँ । शिवहरि पौड्याल, मनोज आचार्य, सविता गुरुङ र म स्टेजमा थियौँ । तर, मलाई त्यो दिन पखालाले सताएको थियो । स्टेजमा हँसाउँदै गर्दा पनि ट्वाइलेट लागेर औधी गाह्रो भयो । केहीबेर त खपेँ । तर, धेरैबेर सकिएन । कुनै विकल्प नै नभएपछि स्टेज छाडेर ट्वाइलेटतिर दौडिएँ । हतार–हतार ट्वाइलेटको काम सकेर फेरि स्टेजमा फर्किएँ । बीचबाट फेरि अभिनय सुरु गरेँ । अडियन्सलाई पत्तै भएन, नाटक नै त्यस्तै होला भन्ने लागेछ क्यारे ! स्टेजका कलाकार साथीलाई त मेरो समस्या थाहै थियो । दमन रुपाखेती : शिवहरि हाँसेपछि अप्ठ्यारो गत सालको गाईजात्राको कुरा हो । शिवहरि वैरागी, जितु नेपाल, मलगायत ४–५ जना स्टेजमा थियौँ । अभिनय चल्दै जाँदा एउटा संवादमा शिवहरि वैरागी अस्वाभाविक रूपमा हाँस्न थाल्यो । उ हाँसेपछि दर्शक पनि हाँस्न थाले । अनि, हामीले पनि हाँसो रोक्न सकेनौँ । पूरै हाँसोमय माहोल तयार भयो । त्यो हाँसोबाट नियन्त्रणमा आउन झन्डै डेढ मिनेटजति लागेको थियो । शिवहरि पौड्याल : स्वर खुलाउन चुना खानुपर्‍यो ०४८ देखि अहिलेसम्म गाईजात्रा नछुटाई गरिरहेको छु । घटना त धेरै समेटिएका छन् । तर, चुना र पान खाएर गाईजात्रा गर्नुपर्दाका घटना बढी स्मरणीय लाग्छन् । मेरो प्रायः स्वर सुक्ने समस्या हुने । शैलेन्द्र सिंखडा र मेरो स्वर कहिले त ठ्याप्पै हुन्थ्यो । त्यसैले कत्थाले स्वर खुलाउँछ भनेर चुना र पान खाने गथ्र्यौं । १४–१५ वर्षअघिको गाईजात्रामा स्वर सुकेर स्टेज नै छाडेर हिँड्नुपरेको छ । स्वर सुकेर अप्ठ्यारो भएपछि म स्टेज छाडेर भित्र गएँ । सन्तोष पन्त दाइले कार्यक्रम उद्घाटन गर्दै हुनुहुन्थ्यो । उहाँले मेरो समस्या दर्शकलाई सुनाउनुभयो । तर, दर्शकले हुटिङ गर्दै शिवहरि जसरी पनि चाहिन्छ भन्न थाले । केही सीप नलागेपछि स्टेजमा गएर सासले मात्रै भए पनि बोल्नुपरेको छ । कुञ्जना घिमिरे : एक्कासि दीपाश्री बन्नुपर्दा तीन–चार वर्षअघिको गाईजात्रा हुनुपर्छ । प्रज्ञा भवनमा तिते–जिरे–मेरी बास्सै गाईजात्रा थियो । बिदाको दिन भएकाले तीन सो राखिएको थियो । म फतौरीको क्यारेक्टरमा थिएँ । आफ्नो एक सो सकाएर आराम गरिरहेकी थिएँ । त्यतिवेला भर्खर तीन महिना लाग्दै गरेको गर्भ थियो । त्यसैले पनि धेरै धपडीमा काम गर्ने सक्ने मेरो अवस्था थिएन । तर, पनि कसैलाई यसबारे भनेको थिइनँ । हाम्रो सकिएपछि जिरे खुर्सानीको सो सुरु हुँदै थियो । तर, रिहर्सल गर्दागर्दै दीपा दिदी (दीपाश्री निरौला)को स्वर गएछ । अब बित्यास नै परेछ । दीपा दिदीको क्यारेक्टर कसले गर्ने भन्ने खोजी हुन थालेछ । दीपक दाइ हतार–हतार मलाई खोज्दै आउनुभयो । उहाँले यथार्थ बताउनुभयो । तर, मैले गाह्रो हुन्छ भनिदिएँ । तत्काल कसरी दीपा दिदीजस्तो बन्न सक्नू ? तर, दीपक दाइले जसरी पनि गर्नुपर्छ भन्नुभयो । उहाँले हल्का तयारी गरेपछि सबै गर्न सक्ने भन्दै ढाडस दिनुभयो । समस्यामा पर्दा गरेको आग्रह मैले टार्न सकिनँ र तयार भएँ । दीपा दिदीकै गेटअप र मेकअपमा तयार भएँ । उहाँकै कपडा लगाएँ, ठिक्क भयो पनि । अन्ततः स्टेजमा प्रस्तुति पनि राम्रो भयो । दीपा दिदी पछाडि बसेर रुँदै हेरिरहनुभएको थियो । पछि सबैले राम्रो गर्यौ भन्दै धाप मार्नुभयो । त्यो गाईजात्रा कहिल्यै भुल्दिनँ । शिवहरि वैरागी : बोल्दाबोल्दै दाँतै उछिट्टियो ०४६ सालको गाईजात्राको प्रसंग हो । त्यतिखेर गाईजात्रा हेर्न राजपरिवार पनि आउँथे । म नै स्टेजमा अभिनय गर्दै थिएँ, अगाडि राजा वीरेन्द्रसहित अन्य भिआइपी थिए । त्यतिखेर हाम्रो लागि स्टेजमा एउटा घेरो नै लगाइएको हुन्थ्यो । त्यो घेरो नाघेर अघि बढ्न पाइन्नथ्यो। तर, अभिनय गर्दागर्दै मेरो अगाडिको दाँत उछिट्टियो । त्यो दाँत नक्कली थियो । अब म बित्यासमै परेँ । घेरो नाघेर बाहिर पुगेको दाँत कसरी टिप्ने ? नटिपे हराउला भन्ने डर पनि भयो । मैले तत्काल नाटक गरेँ । शिरको टोपी पनि झारेँ । अनि भन्न थालेँ, मेरै राष्ट्रियता डगमगायो । यही बहाना पार्दै टोपी र दाँत सँगै टिपेँ । दाँत झरेको र टिपेको कुनै दर्शकले भेउ पाएनन् । त्यही वर्ष सर्वोत्कृष्ठ गाईजात्रा प्रज्ञा पुरस्कार पनि पाएँ । शूरवीर पण्डित : पृथ्वीनारायण बन्न पाउँदा ०६२ को गाईजात्रामा मैले पहिलो गाईजात्रे अभिनय गरेँ । दमन रुपाखेतीले त्यो अवसर जुराइदिनुभएको थियो । उहाँले शूरवीर बालाई पनि पण्डितको भूमिकामा खेलाउनुपर्छ भन्नुभएछ । मलाई प्रस्ताव भएपछि गएँ । त्यो अभिनय राम्रो भएछ । तत्काल पृथ्वीनारायण शाहको अभिनय गर्न पनि अनुरोध भयो । त्यो क्यारेक्टर पनि दर्शकले मन पराइदिनुभयो । देवीराम पराजुली : प्रचण्डको नाम लिएपछि प्रहरी अत्तालिए ०६३ को गाईजात्राको प्रसंग हो । पोखरा पुगेका थियौँ । मनोज गजुरेल दाइ पनि हुनुहुन्थ्यो । उहाँले गर्ने प्रचण्ड र ज्ञानेन्द्रको अभिनय त्यतिवेला व्यापक हिट थियो । पोखरामा पनि उहाँले त्यही अभिनय गर्दै हुनुहुन्थ्यो । हामी आफ्नो अभिनय सकेर बाहिर निस्किएका थियौँ । त्यहीवेला मञ्चबाट उद्घोषकले ‘अब आउँदै हुनुहुन्छ, प्रचण्ड’ भने । त्यो कार्यक्रमको सुरक्षामा सहीको नेतृत्वमा प्रहरी खटिएको रहेछ । भित्रबाट त्यस्तो उद्घोष गरेपछि बाहिर हामीलाई तत्काल प्रहरीले सोधे, प्रचण्ड आउँदै हो र ? भन्दै एक्कासि पूरै प्रहरी अत्तालिए । हामीले नक्कली प्रचण्ड हो भनिदिएपछि ढुक्क भए । जितु नेपाल : हँसाउन गएको रुँदै बसियो ०५२–५३ तिरको गाईजात्रा होजस्तो लाग्छ । त्यतिवेलासम्म दमन र मैले गाईजात्रा गरेका थिएनौँ । सन्तोष पन्त दाइहरूले त्यो वर्ष ठूलो गाईजात्रा गर्नुभएको थियो । हामी पनि अनुरोध गरेर केही अभिनय गर्ने भनेर पुग्यौँ । सुरुको दिन उहाँहरूले ५–६ मिनेटको एउटा अभिनय दिनुभयो । रिहर्सलमा ठिकै गरियो । तर, भोलिपल्ट स्टेजमा देखाउने वेला हाम्रो पालै आएन । ठूला कलाकारले गाईजात्रा गर्दागर्दै हाम्रो पालो नै आएन । सायद, नराम्रो प्रस्तुति भएर पनि हुन सक्छ । त्यो दिन सबैलाई हँसाउन भनेर गएका हामी आफैँ रोएर फर्कियौँ । पल्पसा डंगोल : एक वाक्यकै स्वर गायब भयो ०७० सालको गाईजात्रा कार्यक्रम प्रज्ञा भवनमा भएको थियो । रेसलर हिमालयन टाइगर र सीताराम कट्टेल ‘धुर्मुस’ रिंगमा भिड्ने अभिनय थियो । त्यतिखेर धुर्मुसको सहयोगी कुञ्जना घिमिरे थिइन्, भने हिमालय टाइगरको म थिएँ । गाईजात्रा सुरु हुनुभन्दा अघिल्लो दिन नै रिहर्सल भएको थियो । निकै राम्रो भयो । तर, गाईजात्राको दिन भने म अप्ठ्यारोमा परेँ । जब सुरुमै ‘हिमालयन टाइगर’ भनेर ठूलो स्वरमा चिच्याएको के थिएँ, एक्कासि स्वर नै गायब भयो । मेरो स्वर नै फर्किएन । तर, बोल्दै नबोली आफ्नो अभिनय सकाएँ । निकै पीडा भयो । पछि पनि धेरैसँग बोलिनँ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy