Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

नेपाल-भारत सम्बन्ध : छलफलमै सीमित सधैंका मुद्दा

\"\"काठमाडौं । बितेका १० वर्षमा नेपालका ७ जना प्रधानमन्त्रीले भारतको औपचारिक यात्रा गरे । प्रधानमन्त्री बनेलगत्तै भारत जाने परम्परा नै बसेको छ ।सन् २००६ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भ्रमणमा भएका सहमति आज पनि दुई मुलुकबीच छलफलकै विषय बनिरहेका छन् । यी उच्चस्तरीय भ्रमणका सहमति र प्रतिबद्धता कार्यान्वयन न्यून र सुस्त छ । द्विपक्षीय विषयमा आफ्ना अडान राख्ने र सहमतिमा नपुगी भ्रमण टुंगिने गरेको अधिकारीहरू बताउँछन्। अाजको अन्नपूर्ण पोस्टमा खबर छ– भदौ ७ मा हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीमा सरकार जुटेको छ । सरकारले भ्रमणका नयाँ एजेन्डा तय गर्न सकेको छैन । \'विगतमा भएकै सहमति र प्रतिबद्धताको कार्यान्वयन गर्न के गर्न सकिन्छ भन्नेबारे छलफल हुनेछ । नयाँ एजेन्डा उल्लेख्य छैनन्\', प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले भने । तर, परराष्ट्रमन्त्री कृष्णबहादुर महरा यो भ्रमणमा केही नयाँ उपलब्धि प्राप्त हुने दाबी गर्छन् । \'हामी एजेन्डाविहीन रूपमा भारत जान लागेका छैनौं\', उनले भने, \'दुई साताको समय हामीलाई तयारीका लागि पर्याप्त छ ।\' १० वर्षयता नेपालको तर्फबाट प्रस्ताव गरिएका विषयमा सहमति जुटेको छैन । नेपालले सिमराबाहेक अन्य तीन स्थानबाट अन्तर्राष्ट्रिय उडानका लागि रुट दिन पटक-पटक आग्रह गरेको छ । तर, भारतले त्यसमा सहमति जनाएको छैन ।नेपाली उत्पादन चिया, कफी र अदुवालाई भारतीय बजारमा सहज पहुँच दिन आग्रह गर्दै आएपछि भारतले सुनेको छैन । त्यसैगरी, पनौतीमा नेपाल प्रहरी एकेडेमी बनाउने नेपालको प्रस्तावमा भारतले \'रिजर्भेसन\' राखेको छ । भारतका तर्फबाट प्रस्ताव गरिएका आधादर्जन विषय भ्रमणका एजेन्डामा सधैंजसो पर्ने गर्छन् । सुपुर्दगी सन्धि, पारस्परिक कानुनी सहायता सम्झौता, सीमा नक्सामा हस्ताक्षर, पञ्चेश्वर परियोजनाको डीपीआर, एकीकृत सुरक्षा जाँच चौकी निर्माण, कोसीमा उच्चबाँध निर्माण आदि विषयमा \'ब्रेकथ्रु\' हुन सकेको छैन । यहाँ ०६३ यताका भ्रमणको संक्षिप्त समीक्षा गरिएको छ । कोइरालालाई उच्च महत्व सन् २००६ जुन ६ देखि ९ तारिखसम्म तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भ्रमणमा १२ बुँदे संयुक्त वक्तव्य जारी भयो । भ्रमणमा सबैभन्दा बढी चर्चा कोइरालालाई भारतका प्रधानमन्त्री मनमोहन सिंह आफैँले विमानस्थलमा स्वागत गरेको विषयले पायो । सिंहले कोइरालालाई \'तपाईं त एसियाकै महान् नेता हुनुहुँदो रहेछ\' भनी प्रशंसा गरेका थिए । कोइरालाको संयोजनमा दोस्रो जनआन्दोलन सकिएको र भर्खरै लोकतन्त्र पुनःस्थापना भएको सन्दर्भमा भारतले लोकतान्त्रिक शक्तिका नेतृत्वकर्ताका रूपमा उनलाई सम्मान दिएको थियो । नेपाल-भारत बहुआयामिक सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउने सहमति भएको भ्रमणपछि दुवै देशका सरकारी तहबाट प्रचार गरियो । त्यतिबेला भारत र नेपालबीच सडक, रेलवे परियोजना, सीमा संरचना, विशेष आर्थिक क्षेत्र, विमानस्थल स्तरोन्नति र तेल पाइपलाइनजस्ता दीर्घकालीन हितमा हुने ठूला विकास पूर्वाधार निर्माणलाई गति दिने सहमति भयो । भ्रमणमा पञ्चेश्वर परियोजना अघि बढाउने, सुपुर्दगी सन्धिमा हस्ताक्षर गर्ने, दुई मुलुकबीच सुस्ता र कालापानीमा रहेको सीमा विवाद हल गर्नेजस्ता महत्वपूर्ण विषयमा छलफल भए । तर, समाधानका लागि \'ठोस सहमति\' हुन सकेन । कागजमै सीमित सहमति संविधानसभा पहिलो निर्वाचनपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा गरेका अधिकांश सहमति कार्यान्वयनमा आउन सकेनन् । सन् २००८ सेप्टेम्बर १४-१८ मा भएको प्रचण्डको पहिलो भारत भ्रमणमा २२ बुँदे संयुक्त वक्तव्य जारी भयो । भ्रमणको मुख्य बुँदा सन् १९५० मा हस्ताक्षरित शान्ति तथा मैत्री सन्धि पुनरवलोकन, अद्यावधिक र आधुनिक बनाउने सहमति थियो । मैत्री सन्धि र अन्य द्विपक्षीय सम्झौतालाई परिवर्तित समय सुहाउँदो बनाउने सहमति भयो । सो प्रयोजनका लागि नेपाल र भारतका विदेश सचिव स्तरमा उच्च समिति बनाउने घोषणा पनि भयो । भ्रमणमा कोसी तटबन्ध पुनर्निर्माण गर्ने र तटबन्ध भत्केर पीडित भएका नेपालीलाई भारतले क्षतिपूर्ति दिने सहमति भयो । तर, भारतले कोसी बाढीपीडितलाई क्षतिपूर्ति दिने चासो दिएकै छैन । नेपालले पनि त्यसबारे जोडदार कुरा राख्न सकेन । तत्कालीन परराष्ट्रमन्त्री उपेन्द्र यादवले कोसीपीडितलाई भारतका तर्फबाट क्षतिपूर्ति दिनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि भारतीय पक्षले त्यसप्रति रोष व्यक्त गरेको त्यसबेला परराष्ट्र मन्त्रालयमा यादवसँग निकट रही काम गरेका एक अधिकारीले बताए । भ्रमणमा आर्थिक विकासमा नेपाल-भारतबीच सहयोग अभिवृद्धि गर्न सडक, रेल परियोजना र जलविद्युत् आयोजनाजस्ता ठूला पूर्वाधार बनाउने सहमति भयो । भारतले राप्ती नदीमा नौमुरे हाइड्रो इलेक्ट्रिक परियोजना उपहारस्वरुप बनाइदिने घोषणा पनि गर्‍यो । तर, सो परियोजना बन्न सकेन । अपूरा प्रतिबद्धता प्रचण्डपछि प्रधानमन्त्री बनेका माधवकुमार नेपालले सन् २००९ अगस्ट १८ देखि २२ सम्म भारत भ्रमण गरे । प्रधानमन्त्री नेपालको भ्रमणमा ३२० करोड भारतीय रुपैयाँको अनुमानित लागतमा पनौतीमा नेपाल प्रहरी एकेडेमी (तालिम केन्द्र) भारतले बनाइदिने सहमति भयो । भ्रमणमा नेपाल-भारतबीच सीमा विवाद हल गर्न सीमा नक्सामा चाँडो हस्ताक्षर गर्ने सहमति भयो । जसका लागि संयुक्त प्राविधिक समिति गठन भयो । तर, कामले पूर्णता पाउन सकेन । बरु कालापानी र सुस्ताबाहेक अन्य स्थानमा सीमास्तम्भ मर्मत र पुनःस्थापना गर्ने कामलाई प्राविधिक तहमा समाधानको प्रयास जारी छ । प्रधानमन्त्री नेपालको भ्रमणमा पनि सन् १९५० को शान्ति तथा मैत्री सन्धि र अन्य द्विपक्षीय सम्झौतालाई पुनरवलोकन गर्ने सहमति दुवै देशले दोहोर्‍याए । सो भ्रमणमा विराटनगर-जोगबनी तथा वीरगन्ज-रक्सौलमा दुवैतर्फ एकीकृत सुरक्षा जाँच चौकी भारु दुई सय करोड अनुमानित लागतमा निर्माण गर्ने सहमति भयो । भारततर्फ जोगबनी र रक्सौलमा एकीकृत सुरक्षा जाँच चौकी बने पनि नेपालतर्फ हालसम्म बन्न सकेको छैन । उक्त भ्रमणमा ८०५ करोड रुपैयाँ लागतमा ६६० किलोमिटर हुलाकी राजमार्ग तराईमा निर्माण गर्ने सहमति भयो । तर, काम हुन सकेन । त्यसका लागि औपचारिक सम्झौतामा हस्ताक्षरचाहिँ सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा हुन सक्यो । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई प्रभावकारी कार्यान्वयन गर्न पञ्चेश्वर प्राधिकरणको टम्र्स अफ रिफ्रेन्स तयार गर्ने तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने सहमति भयो । १० वर्षभित्र २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने प्रधानमन्त्री नेपालले भारतीय पक्षलाई योजना सुनाए । तर, त्यसका लागि सरकारसँग कार्ययोजना भने थिएन । भ्रमणमा सप्तकोसी उच्च बाँध र सुनकोसी डाइभर्सन परियोजना र नौमुरे जलविद्युत् परियोजना अघि बढाउने सहमति भयो । ढल्केवर मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गति दिने सहमति दुवै पक्षबीच भयो । प्रबुद्ध समूह गठनको सहमति सन् २०११ अक्टोबर २० देखि २३ सम्म तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले भारतको औपचारिक भ्रमण गरे । भ्रमणमा २२ बुँदे संयुक्त वक्तव्य जारी भयो । दुवै पक्षबीच रेल सेवा सम्झौता पुनरवलोकन गर्ने सहमति भयो । रोहणपुर-सिंहबाद रेल लाइनबाट नेपाललाई पारवहन व्यापार सुविधा दिने सहमति भयो । त्यस्तै, भारतको विशाखापटनम बन्दरगाहबाट नेपाललाई तेस्रो देश पारवहन व्यापार दिने सहमति भयो । भट्टराईको भ्रमणमा नेपाल-भारतबीच रेल, सडकलगायत कनेक्टिभिटी परियोजनालाई अघि बढाउन दुवै सरकारले सहजीकरण गर्ने सहमति भयो । यो भ्रमणमा पनि सीमानाकामा एकीकृत सुरक्षा जाँच चौकी बनाउने कामलाई अघि बढाउने भनियो । नेपालले भारतलाई जनकपुर, भैरहवा र नेपालगन्जबाट पनि अन्तर्राष्ट्रिय उडानका लागि हवाई रुट दिन मौखिक सहमति जनायो । तर, यसलाई भारतले कार्यान्वयनमा ल्याउन चाहेको छैन । हालसम्म नेपाल आउने र बाहिरिने विमान सिमरा रुट भएर मात्रै उड्ने गरेका छन् । भट्टराईको भ्रमणमा नेपाल-भारतबीचको बृहत्तर सम्बन्धलाई अझै विस्तार र सुदृढ पार्ने उद्देश्यले प्रबुद्ध समूह गठन गर्ने र सोको मोडालिटी चाँडै बनाउने सहमति भयो । त्यस्तै, सन् १९५० को शान्ति सन्धिलाई पुनरवलोकन गर्ने सहमति दुवै देशले दोहोर्‍याए । अघिल्ला भ्रमणझैँ यसपटक पनि परराष्ट्र सचिवस्तरमा उच्चस्तरीय समिति बनाएर सन्धि नवीकरण गर्ने भनियो । १७ वर्षपछि भारतीय प्रम नेपालमा नेपालबाट निरन्तर प्रधानमन्त्रीस्तरीय भ्रमण भए पनि १७ वर्षपछि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण भयो । प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ अगस्ट ४ मा नेपाल भ्रमणमा आए । भ्रमणमा भारत-नेपालबीच नभएर दक्षिण एसियाली मुलुकबीच कनेक्टिभिटी, व्यापार, लगानी र जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने विषय प्राथमिकतासाथ छलफल भए । मोदीको भ्रमणमा सन् १९५० को सन्धिलाई नवीकरण गर्ने पुरानै सहमति दोहोर्‍याइयो । भ्रमणमा कालापानी र सुस्तामा रहेको सीमा विवाद हल गर्न विदेशसचिवस्तरीय संयन्त्र गठन गर्ने भनियो । भारतले चाहिँ ९८ प्रतिशत सीमाविवाद हल भइसकेको भन्दै पूर्ववत आफ्नो अडानअनुसार सीमा नक्सामा हस्ताक्षर गर्ने कुरामा जोड दियो । भट्टराईको भ्रमणमा सहमति भइसकेको प्रबुद्ध समूह गठन गरी दुई मुलुकबीचको समग्र सम्बन्ध समीक्षा गर्ने विषय यसपटक पनि उठान भयो । तर, समूह घोषणा हुन सकेन । मोदीको भ्रमणमा भारतीय सहयोगमा नेपाल प्रहरी एकेडेमी बनाउन एक समझदारीपत्रमा हस्ताक्षर गर्ने सहमति भयो । जुन सहमति माधव नेपाल प्रधानमन्त्री हुँदा भएको थियो । त्यस्तै, भारतले हस्ताक्षरका लागि जोड गर्दै आएको सुपुर्दगी सन्धि र पारस्परिक कानुनी सहायता सम्झौताको मस्यौदा छिटो टुंग्याउन दुवै देश सहमत भए । भारतले नेपालको पूर्वाधार विकास र ऊर्जा परियोजनामा एक अर्ब अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहयोग दिने घोषणा गर्‍यो । मोदीको भ्रमणमा नेपाल-भारतबीच पञ्चेश्वर विकास प्राधिकरणको टम्र्स अफ रिफ्रेन्ससम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भई प्राधिकरण गठन भयो । विगतमा झैँ यसपटक पनि पञ्चेश्वर परियोजनाको डीपीआर ६ महिनाभित्र तयार गर्ने र एक वर्षभित्र परियोजना कार्यान्वयन गर्ने सहमति दुवै देशबीच भयो । तर, पञ्चेश्वर परियोजनाको डीपीआरमा दुवै देशबीच अझै सहमति भएको छैन । भारतले तयार गरेको डीपीआरको मस्यौदामा नेपालको गम्भीर रिजर्भेसन छ । मोदीको भ्रमणमा नेपाल-भारतबीच पाँच सीमापार रेल र एकीकृत जाँच चौकी निर्माण गर्ने पूर्ववत सहमति दोहोर्‍याइयो । रक्सौल-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणलाई गति दिने सहमति भ्रमणमा भयो । भ्रमणमा नेपालले जनकपुर, भैरहवा र नेपालगन्जबाट पनि अन्तर्राष्ट्रिय उडानका लागि रुट दिन पुनः आग्रह गर्‍यो । ६ महिनाभित्र दुवैतर्फका उड्डयन अधिकारी बसेर आवश्यक छलफल गर्ने भनिए पनि हालसम्म यसबारे भारतबाट सकारात्मक प्रतिक्रिया नआएको अधिकारीहरूको भनाइ छ । संयुक्त वक्तव्य जारी भएन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सन् २०१६ फेब्रुअरी १९ देखि २५ सम्म राजकीय भ्रमणमा भारत गए । दुई मुलुकबीच ओलीको भ्रमणमा संयुक्त वक्तव्य जारी हुन नसके पनि विभिन्न सात विषयमा सम्झौता भए । जसमध्ये भारतले नेपालको पुनर्निर्माणका लागि अनुदान सहयोग घोषणासम्बन्धी सम्झौता एक थियो । जुन हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । भ्रमणमा नेपाल-भारत प्रबुद्ध समूह गठनको घोषणा भयो । त्यस्तै, भारतले नेपाललाई विशाखापटनम र हल्दिया बन्दरगाहबाट तेस्रो देश व्यापार गर्न दिने सम्झौता भए । विशाखापटनम बन्दरगाह नेपालले उपयोग गर्न सुरु गरिसके पनि हल्दिया बन्दरगाहबाट नेपालले बंगलादेशसँग व्यापार गर्न पाउने सहमति कार्यान्वयन भएको छैन । ओलीको भ्रमणमा भारतले नेपालको नयाँ संविधानको औपचारिक स्वागत गर्न मानेन । उसले मधेसको समस्या समय तोकेर हल गर्नुपर्ने र सोका लागि संविधान संशोधन हुनुपर्ने विषय संयुक्त वक्तव्यमा राख्न चाहेपछि ओली संयुक्त वक्तव्य जारी नगरी स्वदेश फर्के। फेरि प्रचण्ड ओली सरकारको बहिर्गमनपछि प्रधानमन्त्री प्रचण्डले सन् २०१६ सेप्टेम्बर १५-१८ मा भारत भ्रमण गरे । भारतले नेपाललाई पुननिर्माणका लागि पूर्ववत् घोषणा गरेको एक अर्ब अमेरिकी डलर सहुलियतपूर्ण सहयोग परिचालन हुन नसकेको विषयले भ्रमणमा चर्चा पायो । भ्रमणमा भारतीय लगानीका परियोजनाको प्रगति अनुगमन र समीक्षा गर्न परराष्ट्रसचिव र भारतीय राजदूतले सहअध्यक्षता गर्ने संयुक्त अनुगमन संयन्त्र गठन गरियो । जोगबनी र विराटनगर तथा नेपालगन्ज र भैरहवामा एकीकृत सुरक्षा जाँच चौकी निर्माणलाई गति दिने पुरानै सहमति दोहोर्‍याइयो। अघिल्ला भ्रमणमा झैँ यसपटक पनि नेपालगन्ज-नेपालगन्ज रोड, काँकडभिट्टा-न्यू जलपाईगुडी र भैरहवा-नौतनवा सीमापार रेल निर्माण गर्ने पूर्ववत् सहमति दोहोर्‍याइयो । निर्माणाधीन जयनगर-बिजलापुर-बर्दिवास र जोगबनी-विराटनगरलाई तीव्रता दिने सहमति दुई देशबीच भयो । भ्रमणमा पनि पञ्चेश्वरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) टुंग्याउने सहमति दोहोर्‍याइयो । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण हुन लागेको सन्दर्भमा पञ्चेश्वरको डीपीआर टुंग्याउने विषय छलफलमा आएको छ । परराष्ट्रमा भारत महाशाखा हेर्ने सहसचिव भृगु ढुंगानाले पञ्चेश्वरको डीपीआरमा दुवै देशबीच सहमति हुन बाँकी रहेको बताए । \'प्रधानमन्त्रीको भ्रमणमा यो विषय छलफल मात्रै हुनेछ । टुंगो लाग्ने सम्भावना छैन\', उनले भने । १० वर्षयता प्रधानमन्त्री तहमा भएका भ्रमण सन् २००६ जुन ६-९ सम्म प्रम गिरिजाप्रसाद कोइरालाको भ्रमण सन् २००८ सेप्टेम्बर १४-१८ सम्म प्रम प्रचण्डको भ्रमण सन् २००९ अगस्ट १८-२२ सम्म प्रम माधवकुमार नेपालको भ्रमण सन् २०११ अक्टोबर २०-२३ सम्म प्रम बाबुराम भट्टराईको भ्रमण सन् २०१४ अगस्ट २-४ भारतीय प्रम नरेन्द्र मोदीको नेपाल भ्रमण सन् २०१६ मार्च १९-२५ प्रम केपी शर्मा ओलीको भारत भ्रमण सन् २०१६ सेप्टेम्बर १५-१८ प्रम प्रचण्डको भारत भ्रमण भारत र नेपालबीच १० वर्षयता छलफलमा रहे पनि नटुंगिएका विषय -नेपाललाई अन्तर्राष्ट्रिय उडानका लागि तीन रुट दिने -सीमापार रेलसञ्जाल विस्तार -पञ्चेश्वर परियोजनाको डीपीआर -नेपाल सीमामा एकीकृत जाँच चौकी निर्माण -सुपुर्दगी सन्धि र एमएलएमा हस्ताक्षर -सप्तकोसीमा उच्च बाँध निर्माण
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy