Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

‘गाउँपालिका जित्न कांग्रेस–एमालेले पाँच करोडसम्म खर्च गरे’

\"\"बुटवल । पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन जित्न कांग्रेस–एमालेले एउटा गाउँपालिकामा पाँच करोडसम्म खर्च गरेको बताएका छन् । ने.क.पा. (माओवादी केन्द्र) का प्रदेश नं.–५ मा कार्यरत राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुको प्रशिक्षणात्मक बैठकलाई सम्बोधन गर्न बुटवल पुगेका उनले भने,, ‘एउटा गाउँपालिका जित्न कांग्रेस–एमालेका उम्मेदवारहरुले पाँच करोडसम्म खर्च गरेको सूचना आएको छ । यस्तो बिकृतिले देश बन्दैन । अहिलेकै निर्वाचन प्रणाली कायमै रहे मध्यम वर्गले पनि चुनाव जित्न सक्दैन । मान्छे त इमान्दार र सक्षम छ । तर, उसँग करोडौं छैन भने चुनाव नजित्ने परिस्थिति आयो । यसले राजनीति तस्कर र दलालहरुको हातमा जान्छ । अनि, निर्वाचन जित्न जस्तोसुकै कूकर्म गर्ने संस्कारको विकास हुन्छ । यो भयावह चित्र देखेपछि यसको पनि बिकल्प खोज्नैपर्छ । अब पार्टीहरु बीच प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान आवश्यक छ ।’ प्रशिक्षणमा पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आगामी मंसीर महिनाभित्रै प्रदेश र संघीय निर्वाचन गर्नुपर्ने बताउँदै एकै चरणमा दुइवटा निर्वाचन सम्पन्न गर्नु राम्रो हुने बताए । पार्टीका अर्का नेता रामबहादुर थापा ‘बादल’ले संगठनात्मक व्यवस्थापन गर्न सके माओवादी केन्द्र नै शक्तिशाली पार्टी हुने भन्दै त्यसका लागि जनताको घर–घरमा पुगेर संगठन बिस्तार गर्न कार्यकर्तालाई निर्देशन दिए । प्रशिक्षणमा माओवादी केन्द्रका नेताहरु वर्षामान पुन ‘अनन्त’, कुलप्रसाद केसी, चक्रपाणि खनाल, जयपुरी घर्ति, डिलाराम आचार्य, तिलक परियार, गणेशमान पुन, रेखा शर्मा, कृष्णध्वज खड्का, पूर्णकुमारी सुवेदी कमला रोका लगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो भने प्रदेश नं.–५ अन्तर्गतका जिल्ला संयोजकहरुले जिल्लाको रिपोर्ट प्रस्तुत गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending