कानुन निर्माणमा विदेशीको चासो, २८ कर्मचारीलार्इ प्रशिक्षण दिँदै अमेरिकी दूतावास
श्रावण २७ गते, २०७४ शुक्रवार 11th August, 2017 Fri०६:५५:३९ मा प्रकाशित
काठमाडौं ।संविधानअनुसार बनाउनुपर्ने नयाँ ऐन-कानुनमा विदेशी चासो बढेको छ । कानुन निर्माणमा बाह्य प्रभाव हुन नहुने मान्यताविपरीत सचिवस्तरीय निर्णयका आधारमा सहसचिवसम्मका २८ कर्मचारी अमेरिकी दूतावासले आयोजना गरेको कानुन मस्यौदा कार्यशालामा सहभागी भएका छन् ।
अाजको अन्नपूर्ण पोस्टमा खबर छ– अमेरिकी दूतावासको आयोजनामा बिहीबार सुरु कार्यशालामा कानुन मन्त्रालयका सहसचिव तोयानाथ अधिकारीसहित २८ कर्मचारी सहभागी छन् । लाजिम्पाटस्थित एक होटलमा चलिरहेको कार्यशाला शुक्रबार सकिनेछ । अमेरिकाबाट आएका प्याटरिक र नेपालकै पूर्वसचिव राजुमानसिंह मल्लले प्रशिक्षण दिइरहेका छन् ।
विभिन्न मन्त्रालयका कानुन शाखामा काम गर्ने कर्मचारीलाई कार्यशालामा सहभागी गराइएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका कर्मचारीले विरोध गरे पनि रातारात परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिई सचिवस्तरीय निर्णय गराएर कर्मचारी दूतावासको तालिममा सहभागी भएका हुन् । यही साउन २३ गतेको सचिवस्तरको निर्णयबाट कानुनले २८ कर्मचारीलाई दूतावासको तालिममा पठाएको हो ।
\'ऐन मस्यौदाका विषयमा विदेशी संघसंस्थाले दिने प्रशिक्षण तथा कार्यशालामा सहभागी हुनु राम्रो होइन\', वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले भने, \'यसले कानुन निर्माणमा नीतिगत प्रभाव पार्न सक्छ ।\' कार्यशालामा सहभागी कानुन मन्त्रालयका सहसचिव अधिकारीले दूतावासको \'सामान्य\' तालिममा सहभागी भएको स्वीकार गरे । भने, \'यो कानुनको मस्यौदा कसरी गर्ने भन्ने तालिम हो, यसलाई सामान्य रूपमा लिनुपर्छ ।\'
कानुन व्यवसायी भने सरकारी कर्मचारीलाई नै सहभागी गराई त्यसरी दूतावासले तालिम दिनुलाई स्वाभाविक मान्न नसकिने टिप्पणी गर्छन् । \'कानुन हामी आफैंले बनाउने हो, त्यसमा कसैको प्रभाव देखिनुहँदैन\',
वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ भन्छन्, \'हामी आफैंले हाम्रो सरोकारको विषयमा कानुन सुधार आयोगलाई बलियो र प्रभावकारी बनाएर त्यहींबाट तालिम, कार्यशाला गराएर जान सक्थ्यौं, विदेशी संघसंस्थाको सहयोग लिनुपर्दैनथ्यो ।\'
श्रेष्ठ संविधानअनुसार बनाउनुपर्ने कानुन निर्माणका क्रममा पछिल्लो समय विदेशी चासो बढेको स्वीकार गर्दै भन्छन्, \'यो नेपालका लागि हितकर हँदैन, यस्तो कामले हामीले निर्माण गर्ने कानुनमा विदेशीको गलत स्वार्थ हाबी हुन सक्छ ।\'
नयाँ संविधानअनुसार १३८ विषयमा कानुन बनाउनुपर्ने थियो । तीमध्ये पछिल्लो तथ्यांकका आधारमा ३६ विषयका कानुन निर्माण भएर पनि संसद्बाट पारित भइसकेका छन् । संसद्मै अहिले ४२ विषयका कानुन विचाराधीन छन् । १७ विषयका मस्यौदा तयार भइसकेका छन् भने बाँकी विषयमा सैद्धान्तिक सहमति भई अहिले मस्यौदाको चरणमा रहेको अवस्था छ ।
के प्रभाव पर्छ ?
वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ कानुन निर्माण आफैंले गर्नुपर्नेमा अन्य दातृसंस्था, सहयोगीबाट कार्यशाला, तालिम लिई निर्माण गर्दा अन्तर्वस्तुमा विदेशी स्वार्थ हाबी हुन सक्ने आशंका गर्छन् ।
\'विदेशीले यसो गर, उसो गर भन्ने शैलीमा कानुन बनाउने होइन, कानुन हामी आफैंले बनाउने हो\', वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य भन्छन्, \'हामीले हाम्रो आवश्यकतालाई मिट गर्ने गरी काम गर्ने हो, अरूको प्रभावमा गर्ने होइन ।\' कानुन निर्माण प्रक्रियाका विषयमा विदेशी अनुभव बुझ्न सकिए पनि कानुनको मस्यौदामै उसले भनेअनुसार भने गर्न नहुने उनी बताउँछन् ।
दूतावासको कार्यशालामा स्वार्थ हाबी हुन सक्ने भएकाले सजग हुनुपर्ने श्रेष्ठको ठम्याइ छ । कानुन निर्माण गर्दा \'स्टेकहोल्डर\'लाई थाहा नहुने तर अन्यको स्वार्थमा भने निर्माण हुन थालेकोमा उनी चिन्ता व्यक्त गर्छन् । \'यहींका स्टेकहोल्डरलाई थाहै हुँदैन, कानुन बनेको हुन्छ, कानुन निर्माणमा उत्तरदायित्व कसको भन्ने नै भएन हामीकहाँ\', उनी भन्छन्, \'केही मान्छे हाबी भएर कानुनको मस्यौदा गरिएको हुन्छ । यसले समस्या ल्याउँछ, हामीलाई फाइदा गर्दैन ।\'
को-को छन् सहभागी ?
तोयानाथ अधिकारी, सहसचिव, कानुन मन्त्रालय
फणीन्द्र गौतम, सहसचिव, प्रधानमन्त्री कार्यालय
अर्जुनकुमार खड्का, सहसचिव, व्यवस्थापिका-संसदपाराश्वर ढुंगाना, सहसचिव, लोकसेवा आयोग
इन्दिरा दाहाल भट्टराई, सहसचिव, नेपाल कानुन आयोग
पुष्कर सापकोटा, सहसचिव, राष्ट्रपति कार्यालय
यज्ञप्रसाद भट्टराई, सहसचिव, जल तथा ऊर्जा आयोगको सचिवालय
कोमलबहादुर खत्री, उपसचिव, आपूर्ति मन्त्रालय
लक्ष्मीप्रसाद गौतम, उपसचिव, प्रधानमन्त्री कार्यालय
खिमानन्द भुसाल, उपसचिव, कृषि विकास मन्त्रालय
श्रीलाल पौडेल, उपसचिव, अर्थ मन्त्रालय
बलसागर गिरि, उपसचिव, सहरी विकास मन्त्रालय
राजेन्द्र थापा, उपसचिव, कम्पनी रजिस्ट्रारको कार्यालय
टीकाराम पाण्डे, उपसचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
अर्जुनप्रसाद खनाल, उपसचिव, श्रम तथा रोजगार मन्त्रालय
शम्भुराज रेग्मी, उपसचिव, स्वास्थ्य मन्त्रालय
गंगाबहादुर खरेल, उपसचिव, भूमिसुधार तथा व्यवस्था मन्त्रालय
दुर्गादेवी गुरुङ, उपसचिव, गृह मन्त्रालय
पूर्णिमा कोइराला, उपसचिव, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय
रामप्यारी सुनुवार, उपसचिव, कानुन मन्त्रालय
सरिता रायमाझी, उपसचिव, राष्ट्रिय सतर्कता केन्द्र
सीता शर्मा अधिकारी, उपसचिव, राष्ट्रिय महिला आयोग
मधु पौडेल ज्ञवाली, उपसचिव, सिँचाइ मन्त्रालय
रञ्जु गौतम, शाखा अधिकृत, कानुन मन्त्रालय
कल्पनाकुमारी आचार्य खतिवडा, शाखा अधिकृत, प्रधानमन्त्री कार्यालय
मेनुका घिमिरे, शाखा अधिकृत, नेपाल कानुन आयोग
मुना चगुठी, शाखा अधिकृत, कानुन मन्त्रालय
आस्था लम्साल, शाखा अधिकृत, कानुन मन्त्रालय
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: