Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

दाङ उवासंघ निर्वाचन : अध्यक्षका प्रत्यासी श्रेष्ठद्वारा उम्मेदवारी फिर्ता

\"\"दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षका प्रत्यासी ध्रुवकुमार श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । श्रेष्ठले शनिबार एक विज्ञप्ती जारी गर्दै संयुक्त व्यावसायिक प्यानलका अध्यक्षका उम्मेदवार नारायण भुसालसहितको टीमलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । संघका संस्थापक, पूर्व र वर्तमान अध्यक्षसमेतले आफूलाई सर्वसम्मतिमा आफूलाई अध्यक्ष बनाउन निर्णय गरेको र उक्त निर्णय कार्यन्वयनको क्रममा एमाले र माओवादी केन्द्रले स्वीकार गरे पनि कांग्रेसले आफूलाई अस्वीकार गरेर सहमतिको बाधक बनेपछि चुनावी प्रक्रियाबाट बाहिरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘यही २०७४ साउन ३१ गते हुन लागिरहेको १३ औं अधिवेशनमा मैले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको थिएँ । साझा संस्थामा सबैको सहमतिबाटै नेतृत्व चयन गरी सबै मिलेर जानुपर्छ भन्ने मर्मअनुरुप संघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षज्यूहरु र वर्तमान अध्यक्षज्यूले समेत मलाई सर्वसम्मतिबाट अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेकोमा उहाँहरुलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’ विज्ञप्तीमा भनिएको छ, ‘संघका अग्रजहरुको सो निर्णयलाई कार्यान्वयनमा लैजाने क्रममा प्रमुख पार्टीहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा अन्य पार्टीबाट पूर्ण समर्थन हुँदाहुँदै नेपाली कांग्रेसले मेरो पक्षमा सर्वसम्मत गराउने निर्णयलाई अस्विकार गरी सर्वसम्मतिबाट उद्योग वाणिज्य संघको नेतृत्व चयनमा बाधक बनेको हुँदा म आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’ आफूले उम्मेदवारी फिर्तासँगै नारायण भुसाल नेतृत्वको संयुक्त व्यावसायिक प्यानललाई समर्थन गर्ने जनाउँदै श्रेष्ठले विज्ञप्तीमा भुसालको प्यानललाई भोट दिई जिताउन उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । ‘मैले निर्वाचनमा संयुक्त व्यावसायिक प्यानललाई समर्थन गर्ने सम्पूर्ण मेरा शुभचिन्तक उद्योगी, व्यापारीज्यूहरुलाई जानकारी गराउँदै संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवारी दिनुभएका कर्मठ, इमान्दार, सक्षम उद्योग वाणिज्य संघ र सम्पूर्ण उद्योगी व्यवसायीहरुको हक हितमा जहिले पनि सकारात्मक भूमिका खेल्न सक्ने अध्यक्ष पदका उम्मेदवार नारायण भुसालसहित उहाँको पूरै प्यानललाई आफ्नो अमूल्य मत दिई विजयी गराउनुहुन सबै उद्योगी व्यवसायीज्यूहरुमा सादर अनुरोध गर्दछु ।’  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending