भाद्र ४ गते, २०७४ आइतवार 20th August, 2017 Sun०८:३८:२४ मा प्रकाशित
एजेन्सी । दोकलाममा भारत र चीनबीच बढिरहेको गतिरोधबीच जापानका तर्फबाट एक वक्तव्य आएको छ कि यथास्थिति बदल्नका लागि शक्ति प्रयोग हुनु हुँदैन । जापानका अधिकांश पत्रपत्रिकाले भनेका छन् कि यो विवादलाई शक्तिको आडमा होइन, संवादबाट सुल्झाउनु आवश्यक छ ।
जापानको पछिल्लो ताजा व्यवहारबाट यही लाग्न थालेको छ कि ऊ भारतको पक्षमा आइरहेको छ । तर, उसको आफ्नै चिन्ता छन् । सेँकाकु द्वीप समूहलाई लिएर कुनै समयमा चीन र जापानबीच गम्भीर तनाव पैदा भएको थियो । र, आज पनि दुवैबीचको सो तनाव यथावत् छ ।
यथार्थमा चीन सेँकाकुलाई लिएर जापानसित नभई अमेरिकासित गुनासो गरिरहेको थियो । अमेरिकाले भनेको छ– जापानसितको हाम्रो सम्झौता छ कि यदि कसैले सेँकाकुमाथि आक्रमण ग¥यो भने त्यसको जवाफ हामी दिनेछौँ । उसको यस्तो भनाइपछि चीन केही हदसम्म रोकिएको थियो ।
अमेरिका–भारत निकटताबाट चिढिएको चीन
पछिल्ला दिनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका गएका थिए । त्यसयता चीनको व्यवहारबाट लाग्छ कि अमेरिका र भारतको निकटता चीनलाई मन परेको छैन । अमेरिकी विचारकहरूको पनि भनाइ छ कि दोकलाममा सडक बनाउने कार्यबाट चीनलाई बढी फाइदा हुनेछैन । तर, यस सडकबाट भारतलाई भने बढी नै नोक्सानी हुनेछ ।
अब चीनले यति धेरै तयारी गरिसकेको छ कि ब्लड बैंकमा रगत जम्मा गरिँदै छ । ४० एयरक्राफ्ट तयारी अवस्थामा राखिएका छन् । यस्तोमा यदि उसले केही गरेन भने उसको बेइज्जत हुनेछ । परिणामस्वरूप यस्तो स्थिति बनिरहेको छ, जसबाट भुटानी सीमानजिक कुनै पनि समयमा केही हुन सक्छ । यस विषयमा जापानले भारतलाई साथ त देला, तर उसले त्यस्तो सहयोग कुन हदसम्म देला, यस विषयमा अहिल्यै केही भन्न सकिन्न ।
१३ र १५ सेप्टेम्बरमा जापानका प्रधानमन्त्री सिन्जो अबे भारत आएपछि संयुक्त सैन्य अभ्यास पनि हुनेछ । यसबाट लाग्छ कि जापानले दोकलाम विवादमा भारतलाई समर्थन गर्नेछ । तर, यसबारे अहिल्यै कुनै अनुमान गर्नु हतारो ठहरिनेछ ।
चीनको भारत र जापानसित आर्थिक सम्बन्ध छ । र, त्यो यति धेरै तनावको बाबजुद पनि कायम छ । न त भारत सरकारले चीनको लगानी रोकेको छ र न जापानले नै । जब आर्थिक व्यवस्था जारी छ भने यदि लडाइँ नै भइहाल्यो भने पनि त्यो सीमित नै हुनेछ । आर्थिक पक्षले निकै ठूलो महत्व राख्छ । यदि कतै लडाइँ छेडिने निश्चित हुन्छ, त्यहाँ आर्थिक विनिमय पूर्णतः रोक्ने गरिन्छ ।
युद्ध भयो भने भारत एक्लैले लड्नुपर्छ
जुन–जुन देशको दक्षिण चीन सागरलाई लिए चीनसित विवाद छ, के युद्ध भएको खण्डमा ती सबै भारतको साथमा आउलान् ? हामी ती देशको मौखिक समर्थनको आशा त गर्न सक्छौँ, तर उनीहरूको समर्थन कुन हदसम्म प्राप्त हुन्छ, यसबारे अहिल्यै केही भन्न सकिन्न । त्यसैले, यदि चीनसित भारतको युद्ध भयो भने उसले एक्लै यो युद्ध लड्नुपर्नेछ ।
कूटनीतिक स्तरमा भारतको स्थिति निकै राम्रो छ । भलै चीनमा जनता भारतविरुद्ध छन् । तर, अन्य देशका जनताको विचार भारतको पक्षमा छ । हाम्रो कूटनीति निकै राम्रो छ । हामी अन्य देशहरूलाई सम्झाउन सफल भएका छौँ कि हामी लडाइँ चाहँदैनौँ । संवादबाटै समाधान चाहन्छौँ ।
(जापानस्थित सोका विश्वविद्यालयका प्राध्यापक विलियम्ससित बिबिसी संवाददाता आदर्श राठौरले गरेको कुराकानीमा आधारित)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: