Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

अमेरिकामाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गर्ने उत्तर कोरियाको अर्को चेतावनी

\"\"एजेन्सी । उत्तर कोरियाले अमेरिकालाई कुनै पनि वेला आक्रमण गर्ने चेतावनी दिएको छ । दक्षिण कोरिया र अमेरिकाको सेनाले संयुक्त सैनिक अभ्यास तयारी गरिररहेकै वेला उत्तर कोरियाले सो चेतावनी दिएको हो । सोलमा दक्षिण कोरिया र अमेरिकाका सेनाले दैनिक संयुक्त अभ्यास गर्छन् । तीन साताअघि उत्तर कोरियाले अमेरिकी भूभाग गुआममा हमला गर्ने चेतावनी दिएको थियो । तर, अमेरिकामाथि हुने कुनै पनि आक्रमणले युद्धको स्वरूप लिने वासिङ्टनले चेतावनी दिएपछि प्योङयाङले आफ्नो योजना समीक्षा गरेको बताएको थियो । आणविक युद्धमा धकेल्दै छ अमेरिका अमेरिका र दक्षिण कोरियाका आणविक गतिविधि अनियन्त्रित ढंगले आणविक युद्धतर्फ धकेल्ने बहाना भएको उत्तर कोरियाले आरोप लगाएको छ । उत्तर कोरियाली सेनाले अमेरिकाको जुनसुकै भूमिमा हमला गर्न सक्ने प्योङयाङले दाबी गरेको छ । ‘उत्तर कोरियाले गुआम, हवाई वा अमेरिकी मूख्य भूमि मात्र होइन, जुनसुकै स्थानमा क्रुर आक्रमण गर्न सक्छ,’ उत्तर कोरियाको सरकारी समाचार पत्रिकाले जनाएको छ । वासिङ्टन र सोलको संयुक्त सैनिक अभ्यासले कोरियाली प्रायद्वीपको आगोमा घ्यू थपेको उत्तर कोरियाले टिप्पणी गरेको छ । सैन्य अभ्यास रोकिँदैन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले दक्षिण कोरियासँग हुन लागेको सैन्य अभ्यास नरोकिने बताएको छ । १० दिने अभ्यास सोमबारदेखि सुरु भएको छ । ‘कोरियाली चेतावनीले अमेरिका र दक्षिण कोरियाबीचको सैन्य अभ्यास रोकिँदैन,’ ह्वाइटहाउसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो वार्षिक सैन्य अभ्यासले प्योङयाङलाई क्रुद्ध बनाएको छ । सो अभ्यास कोरियाली प्रायद्वीपमा अमेरिकी सेनाले अतिक्रमण गर्ने बहाना भएको प्योङयाङले दाबी गरेको छ । सैन्य आक्रमणका लागि तयार यसअघि अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन र रक्षामन्त्री जेम्स म्याटिसले उत्तर कोरियाली समस्या समाधानका लागि अमेरिकाले सैन्य कारबाही गर्ने बताएका थिए । कूटनीतिक दबाबबाट प्योङयाङको उत्तेजक आणविक गतिविधि नरोकिए सैन्य कारबाही गर्ने अमेरिकाले तयारी गरेको उनीहरूले बताएका हुन् । उत्तर कोरियाले आफ्नो लक्ष्मणरेखा पार गरेमा अमेरिकाले सैन्य कारबाही गर्ने म्याटिसले चेतावनी दिएका छन् । ‘उत्तर कोरियाले शत्रुतापूर्ण व्यवहारलाई निरन्तरता दिए अमेरिकी सैन्य गठबन्धनले उत्तर कोरियामामाथि हमला गर्छ,’ सिनमुनले भने । जुनसुकै स्थानबाट आक्रमण गर्न सक्ने उत्तर कोरियाका वरिष्ठ नेता सिनमुनले कोरियाली प्रायद्वीपमा अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासले यस क्षेत्रमा आणविक युद्ध अनियन्त्रित चरणतर्फ धकेलिइरहेको जनाएका छन् । उत्तर कोरियाले जुनसुकै स्थानबाट अमेरिकाविरुद्ध अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण गर्न सक्ने धम्की पनि दिएको छ । ‘कोरियाको जनसेना जतिवेला पनि उच्च सतर्कताका साथ रहेको छ । शत्रुहरूलाई तह लगाउन जुनसुकै वेला तयार छ । आफ्नो रक्षाका लागि उत्तर कोरियाली सेना कडा कदम चाल्न तयार छ,’ सिनमुनले भने । अमेरिका र उत्तर कोरियाबीच बढ्दो तनाव पछिल्लो साता अमेरिका र उत्तर कोरियाबीचको तनाव चुलिएको छ । गत साता मात्र उत्तर कोरियाले प्रशान्त महासागरस्थित अमेरिकी भूमि गुआममा चारवटा क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएको थियो । तर, क्षेप्यास्त्र प्रहार गर्ने निर्देशन दिनुअघि उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी कदमको मूल्यांकन गरिरहेको उत्तर कोरियाली समाचार संस्था केसिएनएले जनाएको थियो । ‘क्षेप्यास्त्र प्रहार गर्नुअघि किम जोङ उनले अमेरिकी नागरिकको मूर्ख आचरण अवलोकन गर्ने,’ उत्तर कोरियाले जनाएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending