Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

स्थानीय जनप्रतिनिधिहरुलाई माओवादी केन्द्रको प्रशिक्षण, के–के सिकायो प्रशिक्षणमा ?

\"\"काठमाडौं । ने.क.पा. (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट विजयी बनेका स्थानीय जनप्रतिनिधिहरुलाई तीन दिने विषयगत प्रशिक्षण सञ्चालन गरेको छ । आइतबार, सोमबार र मंगलबार गरी तीन दिनसम्म सञ्चालन गरिएको प्रशिक्षणात्मक कार्यशालामा विज्ञहरुले विभिन्न विषयमा प्रशिक्षण सञ्चालन गरेका थिए भने राजनीतिक विषयमा शीर्ष नेताहरुले प्रशिक्षण दिए । प्रशिक्षणमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिका प्रमूख र उपप्रमूख एवं अध्यक्ष र उपाध्यक्षहरु सहभागी थिए । प्रशिक्षणमा स्थानीय विधान र कानून सम्बन्धि सांसद एवं संविधानविद रामनारायण बिडारी, वित्तीय स्रोत व्यवस्थापन र राजश्व संकलन डा. नारायण बहादुर थापा, समाजवादउन्मूख अर्थराजनीतिक रुपरेखा डा. हरि रोका, स्थानीय सरकार सञ्चालन डा. मुक्ति रिजाल, योजना तथा बजेट डा. मीनबहादुर श्रेष्ठ, लेखा व्यवस्थापन र खरिद प्रक्रिया जनक बराल, कार्यालयमा पूर्वाधार व्यवस्थापन र साधन स्रोतको व्यवस्थापन सांसद हितराज पाण्डे, स्थानीय तहमा न्यायिक अधिकारको प्रयोग रामनारायण बिडारी, सुशासन, जनशक्ति व्यवस्थापन र परिचालन विषयमा सांसद जनकराज जोशीले प्रशिक्षण दिएका थिए । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको प्रशिक्षणमा आगामी निर्वाचन र यसको तयारी नारायणकाजी श्रेष्ठ, नेतृत्व कला र जनसम्बन्ध रामबहादुर थापा ‘बादल’, स्थानीय तहमा महिला सहभागिता र नेतृत्व विकास रेखा शर्मा, स्थानीय तहमा शिक्षा र स्वास्थ्य गीरिराजमणि पोखरेल र स्थानीय जनप्रतिनिधि नभएका स्थानमा पार्टीको भूमिकाका विषयमा डिआर पौडेलले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा मन्त्रीहरु कृष्णबहादुर महरा, जनार्दन शर्मा, महेन्द्रबहादुर शाही, आशा खनाल लगायतले आफ्ना मन्त्रालयबाट स्थानीय तहमा सञ्चालन गर्न सकिने सेवा प्रवाहका विषयमा जानकारी दिएका थिए । प्रशिक्षणको समापन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहलाई स्थानीय निकाय बनाउने खतरा रहेको औल्याउँदै माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरुले नमूनायोग्य काम गर्नुपर्ने बताए । प्रशिक्षणमा स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र ८५ स्थानका प्रमूख, उपप्रमूख र जिल्ला समन्वय समितिमा निर्वाचित प्रतिनिधिहरु सहभागी थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy