Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

आशा कोइराला : जनसरकार प्रमुखदेखि मन्त्रीसम्म

\"\"विद्यालय पढ्दादेखि नै राजनीतिमा होमिएकी आशा कोइराला विभिन्न उतारचढाव पार गर्दै मन्त्री पदमा पुगेकी छिन् । माओवादी जनयुद्धको आँधीबेहरी छिचोल्दै, तीन वर्षभन्दा लामो जेल जीवन गुजार्दै आजको स्थानमा आइपुगेकी मन्त्री कोइरालालाई आफ्नै विगत सम्झेर कहाली लाग्छ । अाजको नयाँ पत्रिकामा प्रकाशित उनको राजनीतिक जीवनको उतारचढाव : ६ कक्षा पढ्दादेखि राजनीतिमा विद्यालय तहदेखि नै राजनीति प्रारम्भ गरेँ । ६ कक्षामा पढ्दा पहिलोपटक संगठनमा आबद्ध भएँ । गोरखाको नारेश्वरस्थित विन्द्यवासिनी माविबाट एसएलसी सकेपछि गोरखा क्याम्पसमा आइएमा भर्ना भएँ । हालको अखिल क्रान्तिकारी विद्यार्थी संगठनलाई त्यतिखेर अखिल छैटौँ भनिन्थ्यो । क्याम्पसमा पनि राजनीतिमा सक्रिय रहेँ । साथै महालक्ष्मी निमाविमा शिक्षण पेसा पनि सुरु गरेँ । विहेपछि तनहुँ गएर पनि पढाएँ । शिक्षक हुँदा राजनीतिलाई निरन्तर रूपमा अगाडि बढाएँ । पार्टी सदस्यता भने ०४८ तिर लिएजस्तो लाग्छ । त्यो वेला १८ वर्ष उमेर पुगेपछि मात्रै कम्युनिस्ट पार्टीको सदस्यता लिन पाइन्थ्यो । तनहुँको राधा माविमा पढाउँदै गर्दा माओवादीले जनयुद्धको तयारी गर्दै थियो। शिक्षण पेसासँगै राजनीतिमा समर्थन थियो । जनयुद्ध गर्दा कारबाही कहाँ केन्द्रित गर्ने भन्ने हामीलाई थाहा हुँदैन थियो । एकदमै गोप्य हुने भएकाले थोरै नेतालाई मात्र थाहा हुन्थ्यो । पढाउँदापढाउँदै जेल पुगेँ पढाउनेबाहेकको समय राजनीतिमा खर्चिन्थेँ । त्यतिखेर अखिल नेपाल महिला संघ तनहुँ जिल्लाको अध्यक्ष भइसकेकी थिएँ । मैले मादीदेखि मस्र्याङ्दी नदी क्षेत्रमा पर्ने पाँच गाविसमा अभियानको नेतृत्व गरेको थिएँ । अभियानकै क्रममा एक दिन साँझ च्यानडाडा भन्ने ठाउँमा सांस्कृतिक कार्यक्रम राखिएको थियो । वैशाख ०५५ को घटना हो । केही साथी जनता सहभागी गराउन गाउँतिर जानुभएको थियो, मलगायत केहीले गीत गाउने ‘प्राक्टिस’ गर्दै थियौँ । त्यति नै वेला प्रहरीले त घेरा पो हालिसकेछ । केही साथीहरू उम्किनुभयो । तर, मलगायत केहीलाई प्रहरीले कब्जामा लियो । जिल्लाको राजनीतिमा सक्रिय रहेको र शिक्षण पेसामा पनि भएकाले मेरो अनुहार प्रहरीका लागि परिचित थियो । पटक–पटक प्रहरीले पक्राउ गर्ने, केही दिन हिरासतमा राख्ने र छाड्ने यसअघि पनि भएकै थियो । तर, योपटक भने ३५ दिन हिरासतमा राखेर अन्ततः जेलमै कोच्यो । हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा जेल चलान गरेको थियो । अदालतले धरौटीमा छुट्न आदेश दिएको थियो । तर, पैसा थिएन । कास्की जेल चलान गरियो । पक्राउ परेको चार महिनापछि साउनमा मसँगै जेल परेका रामचन्द्र मिश्रका बाबुले जग्गा धरौटीमा राखेर हामीलाई छुटाउनुभयो । जेलको बसाइले पार्टीप्रतिको जिम्मेवारीबोध झन् बढी गरायो । छुटेपछि झन् सक्रिय भएँ । राज्यले किलोसेरा अपरेसन चलाएको थियो । त्यही अपरेसनमा सहिद भएका शोभाकान्त पोख्रेलको ४५औँ श्रद्धाञ्जली सभामा जाने क्रममा ‘सिडिओ कार्यालयमा लिएर आउनू भनेको छ’ भन्दै पक्रेर लगे । भर्खर जेलबाट छुटेको हुनाले मलाई सामान्य विषय होला भन्ने लाग्यो । तर, सिडिओ कार्यालयले तीन महिनाका लागि नजरबन्दमा राखेर कास्की कारगार पठायो । जेल बसेको ६ महिना बित्दा पनि छाड्ने सुरसार गरेन । बरु, केही दिन तनहुँमा सारेर सीधै बारा जिल्ला हिरासत पुर्याएर १५ दिन राख्यो । बाराका सिडिओले फेरि तीन महिनाको बन्दी पुर्जी थमाइदिए । हामीलाई वीरगञ्ज जेलमा लगेर थुनियो । त्यो वेला अदालतले छाड्न आदेश दिए पनि प्रशासनले तत्काल पक्राउ गरेर राख्यो । निरन्तर जेलमा राख्न नमिल्ने भएकाले छाडेजस्तो गरेर फेरि पक्रिन्थ्यो । फेरि महोत्तरी पुर्यायो । जलेश्वर कारागारमा ६ महिना राखेपछि तनहुँ हिरासतमै फर्कायो । हातहतियार खरखजना मुद्दाको जेल भुक्तानी गर्नुपर्ने बाँकी नै थियो । त्यसैले फेरि कास्की जेल पठाइयो । कास्कीबाट फेरि काठमाडौंको केन्द्रीय कारागार ल्याइयो । डेढ महिना राखेपछि जिल्ला अदालतको आदेशमा छुटाइयो । तर, फेरि तत्काल प्रहरीले पक्राउ गरेर गाडीमा कोचे । त्यसपछि कता–कता पु¥याए पत्तो भएन । एकजना प्रहरीले भनेपछि मात्रै थाहा पाएँ, बौद्ध प्रहरी चौकीमा लगिएको रहेछ । त्यहाँ तीन दिन राख्यो । त्यहाँ पत्रपत्रिका पढ्ने व्यवस्था मिलाइदिएको थियो । म अदालतबाट छुटेर तत्काल पक्राउ परेको फोटो पनि आएको रहेछ । तर, बौद्धको बसाइ लामो रहेन । बानेश्वर वृत्तमा सारियो । त्यसपछि फेरि सिंहदरबारनजिकै अन्डरग्राउन्ड हिरासतमा सारियो । ठ्याक्कै कहाँनेर हो थाहा छैन । गाउँका प्रहरीले घरमा खबर पुर्याइदिए त्यतिवेला हाम्रै गाउँका एकजना प्रहरी रहेछन् । उनले मेरो बारेमा घरमा खबर गरिदिएछन् । त्यसपछि म जिउँदै रहेको थाहा भएछ । यो ०५८ तिरको कुरा हो । त्यतिवेला सरकार र माओवादीबीच वार्ता चलिरहेको थियो । वार्तामा बन्दी छुटाउने कुराहरू पनि भएका थिए । मलाई १३ भदौ ०५८ मा सिंहदरबारबाट तनहुँ पुर्‍याइयो । रातको १२ बजे घरमा लगेर सासु–ससुराको जिम्मा लगाइयो । प्रहरीले घरमा पुर्‍याइदिएपछि फेरि पढाउन थालेँ, पार्टीको सम्पर्कमा पनि गएँ । लगत्तै माओवादी र सरकारको वार्ता विफल भयो । पार्टीले सेनासँग लड्ने निर्णय गर्‍यो । ८ मंसिर ०५८ मा देशभर कारबाही गर्ने अभियान थियो । म स्याङ्जाको सदरमुकाममा आक्रमणका लागि अभियानमा जुटेकी थिएँ । तनहुँ जनसरकार प्रमुख भएँ माओवादीले ०५८ मा पहिलोपटक जनसरकार घोषणा गर्ने नीति लिएको थियो । आफ्नो आधार इलाका भएका ठाउँमा जनसरकार घोषणा गरिएको थियो । पहिलो चरणको जनसरकार घोषणा हुँदा म जेलमा थिएँ । दोस्रो चरणमा जनसरकार घोषणा हुँदा तनहुँ जिल्लाको जनसरकार प्रमुख हुने अवसर पाएँ । असोज ०६० को कुराजस्तो लाग्छ । तनहुँको राम्जा भन्ने ठाउँमा जनसरकार घोषणा गरिएको थियो । महिला जनसरकार प्रमुख हुने थोरैमध्ये मलाई पनि अवसर मिलेको थियो । त्यतिवेला अन्याय गर्ने र अन्यायमा पर्नेलाई सँगै राखेर ठाउँको ठाउँ धेरै मुद्दा मिलाइयो । जुवातासविरुद्ध अभियान पनि चलाइयो । महिलाको ठूलो साथ जुट्यो । बाटोघाटो र पुलपुलेसा बनाउने काम पनि भए । विद्यालय भवन र स्वास्थ्य चौकी पनि निर्माण गरियो । आक्रमणमा दुईवटा गोली लाग्यो २०६२ साल जेठ महिनामा पार्टीले ढाडमा टेकेर टाउको हान्ने नीति लिएको थियो । त्यतिवेला हाम्रो सबै फोर्स गण्डक क्षेत्रमा केन्द्रित थियो । त्यो अभियानमा म पनि थिएँ । सरकारले सेना परिचालन गरेको थियो । म जनसरकार प्रमुख भएको डेढ वर्ष जति भएको थियो । ४ जेठ ०६२ मा तनहुँकै साबुङ भन्ने ठाउँमा तत्कालिन शाही नेपाली सेनाको युनिफाइड कमान्डले आक्रमण गर्‍यो । मेरो हातमा दुईवटा गोली लागेछ । म कमजोर भएर तत्काल ढलेछु । तत्काल साबुङको स्कुलमा लगेर राखिएछ । पछि होसमा आएपछि थाहा पाएँ । भोलिपल्ट पनि हिँड्न सक्ने अवस्थामा थिइनँ । डोकोमा राखेर राम्जासम्म लगियो । त्यहाँबाट हेलिकोप्टरमा राखेर पोखरा पृतना पुर्‍यायो र विजयपुर ब्यारेकमा लगेर राख्यो । ब्यारेकमा औषधोपचार गरिदिए । त्यसपछि सोधपुछ गर्न थाले । फेरि तनहुँ जिल्ला पुर्‍याएर हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा लगाइयो । पछि फेरि कास्की जेलमा लगियो । उता, माओवादी र सरकारबीच १२ बुँदे हुँदै शान्तिप्रक्रिया सुरु भइसकेको थियो । सबै माओवादी नेताले खुलमखुल्ला भाषण गर्न थालिसकेका थिए । त्यतिवेला पोखराको रंगशालामा माओवादी शीर्ष नेताले भाषण गरेको अहिले पनि याद छ । माओवादी नेताले सार्वजनिक रूपमा भाषण गरे पनि हामी माओवादी भएकै कारण राजनीतिक बन्दी थियौँ । कास्की जेलमा माओवादी आस्थाका ७० जनाभन्दा धेरै बन्दी थियौँ । सरकारले प्रक्रिया पूरा गरेर ३० असार ०६३ मा छुटायो । जेलभित्र शारीरिक यातना नदिए पनि मानसिक यातना दियो । ‘तिमीलाई भोलि मार्दै छाैँ’सम्म भन्थे । राजनीतिक जीवनमा पूरा जेलजीवन तीन वर्षभन्दा बढी बिताएँ । सभासददेखि मन्त्री हुँदासम्म म घरपरिवार र शिक्षकको जागिरलाई पनि दाउमा राखेर जनयुद्धमा होमिएँ । उत्पीडित जातिका लागि लड्दै प्राप्त गरेको उपलब्धि रक्षा गर्ने संविधानमा हस्ताक्षर गर्ने अवसर प्राप्त भयो । सोचेअनुसारको संविधान जारी नभए पनि धेरै उपलब्धि प्राप्त भएका छन् । अहिले गणतन्त्र, संविधान र संघीयता कार्यान्वयन भएको छ । जनयुद्धविना यो स्थापित हुने थिएन । पार्टीका लागि राम्रो काम गरेकै कारण सभासद् चयन भएँ । अहिले मन्त्री पदमा पुगेको छु । अब मैले गर्नुपर्ने काम धेरै छन् । तर, आफ्नो क्षेत्राधिकारमा रहेर काम गर्नुपर्छ । क्षेत्राधिकारभित्रै रहेर काम गर्ने सोच बनाएकी छु । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी छ । महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको नियमन गर्न केही कार्ययोजना बनाएकी छु । महिलाका तीन विषयमा केन्द्रित हुने योजना छ । महिलाहरू विभिन्न ठाउँमा हिंसामा परेका छन् । परम्परागत कुसंस्कारको सिकार पनि भएका छन् । विभिन्न प्रथा र परम्पराका कारण पनि दिनदिनै हिंसामा परेका छन् । यस्ता महिलालाई कसरी मुक्त गर्न सकिन्छ भन्ने विषयमा योजना बनाएकी छु । यसैगरी, महिलाहरू बलात्कृत हुने र बेचिनेजस्ता अपराध पनि व्याप्त छ । यसमा सुधारको योजना ल्याएकी छु । महिला अपराध न्यूनीकरण गर्न स्थानीय तहमा एउटा संयन्त्र बनाउने योजना छ । मैले बनाएको संयन्त्र ‘एक्सनेबल’ होस्, पीडितसमक्ष पुगोस् भन्ने छ । पीडितले समयमा न्याय पाउने र पीडकले समयमा सजायँ पाउने होस् भन्ने छ । यस्तो खालको संयन्त्रले समाजमा सचेतना फैलाउने काम पनि गरोस् भन्ने छ । स्थानीय रूपमा ‘र्‍यापिड एक्सन टिम’ भनेर स्थापना गर्ने भनेका छौँ । यो समूहमा स्थानीय जनप्रतिनिधि, प्रहरी, कानुन व्यवसायी, पत्रकार र नागरिक समाजका प्रतिनिनिधि राख्ने भनेका छौँ । यस्तो टिमले आवश्यक सुझाब–सल्लाहसहित काम गर्न सजिलो बनाउनेछ । यसमा राज्यको पनि प्रत्यक्ष सहभागिता हुने भएकाले प्रभावकारी हुने अपेक्षा छ । समाजमा महिलाहरू पीडित हुनुको अर्को कारण उनीहरू आत्मनिर्भर बन्न नसक्नु हो । महिलालाई अत्मनिर्भर बनाउने खालका कार्यक्रम अगाडि सार्ने योजनामा छु । आर्थिक आधार बलियो बनाउन आर्थिक सबलीकरणका कार्यक्रम ल्याउने सोच छ । हुन त यस्ता कार्यक्रम यसअघि पनि आए, तर प्रभावकारी भएनन् । म कार्यान्वयनमा जाने कार्यक्रम ल्याउँछु । महिलालाई आर्थिक सबलीकरण गराउन राष्ट्रपति महिला उत्थान कार्यक्रम पनि छ । त्यो कार्यक्रमलाई थप सुदृढ बनाउँदै लैजाने भन्ने छ । ज्येष्ठ नागरिक, अपांगलगायतका लागि पनि समेटेर ३७ बुँदे कार्ययोजनामा समेटेकी छु । अर्को महत्वपूर्ण पक्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको कामलाई व्यवस्थित बनाउने हो । ती संघ–संस्थाले खर्च गर्ने बजेट नेपाल सरकारको भन्दा पनि धेरै छ । ती कार्यक्रम र बजेट प्रभावकारी हुन नसकेको अवस्था छ । अब प्रभावकारी बनाउनु छ । कतिपय संघ–संस्थाले राम्रो काम गरे पनि कतिपय कागजमै सीमित छन् । संघ–संस्थाले खर्च गर्ने बजेट डोनरहरूको इच्छाअनुसार होइन कि राज्यको इच्छाअनुसार खर्च गर्नुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थालाई स्थानीय तहसम्म पुर्‍याउनुपर्नेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy