Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

प्रधानमन्त्री देउवा आज स्वदेश फर्कंदै

\"\"काठमाडौं । भारतको पाँच दिन लामो राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार स्वदेश फर्कंदैछन् । प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणमा गएका देउवाले नयाँदिल्लीमा नेपाल–भारतबीच आठवटा सम्झौतामा हस्ताक्षर गरेका थिए । प्रधनमन्त्री देउवा निर्वाचित भएलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिदै निमन्त्रणा गरेका थिए । मोदीकै निमन्त्रणामा पत्नी आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा बुधबार भारत गएका थिए । देउवा बिहीबार नयाँदिल्लीमा द्विपक्षीय उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रममा सहभागी भए । नयाँदिल्ली पुगेलगत्तै राष्ट्रपति भवनमा केहीबेर विश्राम गरेका देउवाले दिल्लीस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गरेका थिए । लगत्तै उनी मोदीसँग भेट गर्न पुगेका रेसकोर्सस्थित भारतीय प्रधानमन्त्री निवास पुगेका थिए । बिहीबार विशेष राजकीय सम्मान ग्रहणका लागि राष्ट्रपति भवन पुग्दा देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए । त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुगेर उनले गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। सोही दिन उनले भारतीय विदेशमन्त्री र भारतीय प्रधानामन्त्री मोदीसँग हैदरबाद हाउसमा वार्ता गरे । त्यसै दिन अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नायडुसँग प्रधानमन्त्री देउवाले शिष्टाचार भेट गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए । शुक्रबार अपराह्न प्रधानमन्त्री विशेष विमानबाट हैदराबादतर्फ गएका थिए । प्रधानमन्त्री देउवा शनिबार बिहान तिरुपति पुगेका थिए । उनी अपराह्न तिरुपति बालाजीको दर्शन गरेर बिहारको बोधगया गएका छन्। आइतबार बिहान बोधगयामा रहेको महाबोधी मन्दिरमा पूजाअर्चना सकेर उनी नयाँदिल्ली पुग्नेछन्। प्रधानमन्त्री देउवा आइतबार अपराह्न नेपाल वायुसेवाको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy