Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

३ प्रतिशत थ्रेसहोल्डसहितको कानुन पारित, यी हुन् राष्ट्रिय दल बन्न अयोग्य अहिले संसद्मा रहेका दल

\"\"काठमाडौं । प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनसम्बन्धी न्यूनतम मतसीमा (थ्रेसहोल्ड) सहितको कानुन संसद्बाट पारित भएको छ । अब राष्ट्रिय दल बन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने छ । त्यस्तै, प्रदेश सभा निर्वाचनमा कुल सदर मतको एक दशमलव पाँच प्रतिशत मत ल्याउनुपर्नेछ । यसभन्दा कम मत प्राप्त गर्ने दलले पाएको मत कुल मतमा गणना नहुने व्यवस्था छ । अाजको नयाँ पत्रिकामा खबर छ– चार महिनाअघि संसद्बाट पारित राजनीतिक दलसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन प्रतिशत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्ने दल मात्र राष्ट्रिय दल बन्ने उल्लेख छ । सोही प्रावधानअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन कानुन संसद्बाट सोमबार पारित भएको हो । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका साना दलहरूले थ्रेसहोल्डको विरोध गरे पनि संसद्को बहुमतले विधेयक पारित गरेको हो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुख्य दलहरूले राजनीतिमा सिन्डिकेट लगाएको आरोप लगाए । ‘नेपालमा लोकतन्त्र ल्याउन हाम्रा काँधको पनि छाला गएको छ । अहिले तीन दलले मात्रै हालीमुहाली गर्ने व्यवस्था गरेका छन्,’ उनले भने । नेमकिपा सांसद प्रेम सुवालले मुख्य राजनीतिक दलले पञ्चायत एवं पूर्वराजा ज्ञानेन्द्र शाहको तानाशाह शैलीअनुसार थ्रेसहोल्डको व्यवस्था गरेको आरोप लगाए । यी हुन् नयाँ व्यवस्थाअनुसार राष्ट्रिय दल बन्न अयोग्य अहिले संसद्मा रहेका दल राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा माले, सद्भावना पार्टी, नेकपा संयुक्त, रामसपा, थरुहट तराई पार्टी नेपाल, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक, अखण्ड नेपाल पार्टी, फोरम गणतान्त्रिक, नेपाली जनता दल, खुम्बुवान राष्ट्रिय मोर्चा, नेपाः राष्ट्रिय पार्टी, जनजागरण पार्टी, नेपाल सद्भावना पार्टी, मधेस समता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, समाजवादी जनता पार्टी, बहुजन शक्ति पार्टी, दलित जनजाति पार्टी प्रत्यक्षमा एक–दुई सिट जितेर पनि तीन प्रतिशत मत नपाएका दलहरू राप्रपा, तमलोपा, नेमकिपा र तमसपा समानुपातिक २४ सांसद भए पनि प्रत्यक्षमा एक सिट नजित्ने राप्रपा नेपाल ०७० को निर्वाचनलाई आधार मानेर हाल कानुनमै व्यवस्था गरिएको थ्रेसहोल्डअनुसार आगामी निर्वाचनपछि करिब आधा दर्जन दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउनेछन् । थ्रेसहोल्डअनुसार समानुपातिकतर्फ २४ सिट जितेर संसद्को चौथो ठूलो शक्ति बनेको तत्कालीन राप्रपा नेपाल पनि राष्ट्रिय दलका लागि अयोग्य ठहरिन्छ । ०७० पछि विभिन्न दलमा आएको फुट एवं एकताले राष्ट्रिय दल बन्न योग्य बनेका राजनीतिक दलहरूलाई पनि थ्रेसहोल्डको व्यवस्थाअनुसार अब राष्ट्रिय दलको मान्यता पाउन सजिलो हुनेछैन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy