कार्तिक १ गते, २०७४ बुधवार 18th October, 2017 Wed१८:४६:४८ मा प्रकाशित
एजेन्सी । अमेरिका र चीनसहित कैयौँ मुलुकले उत्तर कोरियाको पारमाणविक कार्यक्रमलाई लिएर विभिन्न प्रतिबन्धहरु लगाइसकेका छन् । तर संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र शक्ति राष्ट्रहरुको प्रतिबन्धका बावजुद उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।
अमेरिकाले राष्ट्रसंघमा उक्त मुद्दालाई पटक-पटक उठाउँदै आएको छ । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले भनिन्, \"विगत २४ वर्षदेखि हाम्रा सबै प्रयासहरुका बावजुद उत्तर कोरियाको पारमाणविक कार्यक्रम पहिलेभन्दा खतरनाक भएको छ।\"
प्रश्न उठ्छ- आखिर प्योङयाङको पारमाणविक कार्यक्रम कसरी अघि बढ्दैछ ? उत्तर कोरियाको पारमाणविक कार्यक्रमलाई गति दिनुको श्रेय दुईजना परमाणु वैज्ञानिकहरु री होङ-सोप र होङ सङ-मुलाई जान्छ ।
री होङ-सोप पारमाणु अस्त्र अध्ययन केन्द्रका प्रमुख हुन् भने होङ सङ-मु त्यसका उप-निर्देशक हुन् । पारमाणविक कार्यक्रमसम्बन्धी उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको महत्त्वाकांक्षा पूरा गर्ने जिम्मेवारी तिनै दुईजनाको काँधमा रहेको बताइन्छ ।
जन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ता माइकल म्याडन भन्छन्, यी दुई वैज्ञानिकहरुसँग ठूलो शक्ति छ र उनीहरुले उत्तर कोरियाको परमाणु वैज्ञानिक समुदायको प्रतिनिधित्व गर्दछन् । म्याडनका अनुसार ती दुई वैज्ञानिकहरु कुनैबेला परमाणु भौतिकशास्त्रका पिता भनिने डो साङ-रोकका विद्यार्थी थिए । र, डो साङ-रोक किम जङ-अनका बुवाका एक निकट सल्लाहकार थिए ।
उत्तर कोरियाली पारमाणविक केन्द्रहरुसम्म पहुँच भएका सीमित व्यक्तिहरुमा स्टाण्डफर्ड विश्वविद्यालयको परमाणु विज्ञानका प्राध्यापक सेगफर्ड हेकर पर्दछन् । योङब्योन न्युक्लियर साइन्टिफिक रिसर्च सेन्टरको निर्देशक पदमा री होङ-सोप भएका बेला हेकरले सन् २००४ देखि २०१० को बीचमा त्यहाँको भ्रमण गरेका थिए ।
एउटा अन्तर्वार्तामा हेकरले भनेका थिए, \"री होङ-सोपले मेरा प्रश्नहरुको इमानदारीपूर्वक दिएको जवाफ र उनको क्षमता देखेर म निकै प्रभावित भएको थिएँ ।\" सन् २०१६ मा चौथो पारमाणविक परीक्षणमा पाएको सफलतापछि दुवै वैज्ञानिकलाई नेता किम जोङ उनले सम्मान गरेका थिए । त्यसरी सम्मानित हुने उनीहरु पहिला हुन् । छैठौं पारमाणविक परीक्षणमा सफलता पाएपछि दुई वैज्ञानिकहरुको सम्मानमा किम जङ-अनले आधिकारिक समारोहकै आयोजना गरे ।
उत्तर कोरियाको पारमाणविक कार्यक्रमलाई अगाडि बढाउने यी दुई हस्तीहरुलाई राष्ट्रसंघको सुरक्षा परिषद्ले कालोसूचीमा राखेको छ । सन् २००९ मा प्रकाशित राष्ट्रसंघको एउटा प्रतिवेदनमा उल्लेख गरिएअनुसार री होङ-सोपले परमाणु अस्त्र निर्माणका लागि प्लुटोनियम उत्पादन गर्ने तीनवटा संस्थाको निरीक्षण गरेका थिए ।
राष्ट्रसंघले आफ्नो प्रतिवेदनमा भनेको थियो, होङ सङ-मुले आफ्नो देशमा परमाणु अस्त्र विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् भने री होङ-सोप नरसंहार गर्ने अस्त्रको विकासमा समर्पित छन् । बीबीसीबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: