कार्तिक १ गते, २०७४ बुधवार 18th October, 2017 Wed१९:०५:१२ मा प्रकाशित
काठमाडौं ।प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने भएकाले सबै मतदातालाई ढुक्क रहन आग्रह गरेका छन् ।
‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन’ को तयारीका विषयमा जानकारी गराउने उद्देश्यले आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाबाट पूर्ण सहयोग हुनेमा आयोग ढुक्क छ ।”
मतपत्रका बारेमा सर्वाेच्च अदातलबाट आज भएको आदेशबाट आयोगको निर्वाचन व्यवस्थापनमा सहयोग पुगेको बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, “अदालतबाट औपचारिकरुपमा फैसलाको प्रति प्राप्त छैन, यद्यपि प्राप्त सूचनाअनुसार, अदालतको फैसलाबाट निर्वाचनको तिथि, मिति र व्यवस्थापनमा कुनै असर पुग्ने छैन ।”
आयोगले निर्णय गरेअनुसार, समानुपातिक तथा पहिलो हुने निर्वाचित हुनेतर्फको मतपत्र एउटै पानाको माथिल्लो भाग मतपत्र १ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि र त्यसको तल्लो भागमा मतपत्र २ प्रदेशसभा सदस्य निर्वाचनका लागि हुने व्यवस्था गरिएको छ ।
समानुपातिकतर्फको मतपत्र सेतो कागजमा हल्का रातो मसीले छापिने छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र सेतो कागजमा हल्का हरियो मसीले छापिने गरी मतपत्रको व्यवस्था गरिएको छ ।
समानुपातिकतर्फ एक करोड ८० लाख मतपत्र छपाइ गर्नुपर्नेमा आजसम्म ९० लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको छ । सम्पूर्ण मतपत्र कात्तिक ७ गतेसम्म छापिसक्ने कार्यक्रम छ । कात्तिक ८ गतेबाट पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका मतपत्रको छपाइ कार्य आरम्भ हुने सो अवसरमा जानकारी दिइयो ।
राजनीतिक दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची ठूलो उत्साहका साथ बुझाएबाट आगामी निर्वाचन व्यापक सहभागिता तथा उत्साहका साथ सम्पन्न हुने सुनिश्चित भएको बताउँदै उनले सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्णपालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पु¥याउन अपिल गरे ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर १० गते आइतबार र मंसिर २१ गते बिहीबार हुँदैछ । उक्त निर्वाचनका लागि आयोगले १० हजार ६७१ निर्वाचनस्थलमा १९ हजार ८०९ मतदान केन्द्र कायम गर्ने निर्णय गरिसकेको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि उम्मेदवारको बन्दसूची पेश गर्दा दलहरुले समानुपातिक तथा समावेशी सिद्धान्तलाई पालना गरेको आयोगले जनाएको छ ।
आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसार यही कात्तिक ५ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
मतदाता शिक्षाका लागि आवश्यक पर्ने सबै प्रकारका सामग्रीको उत्पादन गर्ने कार्य शुरू भइसकेको र नेपालमा बोलिने राष्ट्रभाषामध्ये विभिन्न १६ राष्ट्रभाषामा मतदाता शिक्षा सामग्री तयारी गर्न आयोगले प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: