Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

कांग्रेसले भक्तपुरमा राप्रपा (प्रजातान्त्रिक) सँग तालमेल गर्ने, यस्तो छ तयारी

\"\"भक्तपुर । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुरमा नेपाली कांग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच तालमेल हुने भएको छ । कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आज सञ्चारकर्मीसँग यसबारेमा कुरा गर्दैै कांग्रेस र राप्रपा (प्रजातान्त्रिक) बीच तालमेल गरेर निर्वाचनमा उम्मेदवारी दिने बताए । भक्तपुरमा प्रतिनिधिसभातर्फ १ र २ वटै निर्वाचन क्षेत्र तथा प्रदेशसभातर्फ ३ वटामा राप्रपा (प्रजातान्त्रिक)ले कांग्रेसका उम्मेदवारलाई सघाउने र क्षेत्र नं १ को प्रदेशसभा १ मा भने कांग्रेसले राप्रपा (प्रजातान्त्रिक) लाई सघाउने गरी तालमेल हुने भएको छ । कांग्रेस सभापति थापाले भनने, “कांग्रेस बलियो भएकै क्षेत्रमा राप्रपा (प्रजातान्त्रिक)लाई सघाउने र अन्य क्षेत्रमा राप्रपा (प्रजातान्त्रिक) ले कांग्रेसलाई सघाउने सहमति अन्तिम चरणमा पुगेको छ । भक्तपुरमा एमालेलाई एक्लो बनाउने गरी तालमेलको लागि छलफल भइरहेको छ ।” कांग्रेसको राप्रपा (प्रजातान्त्रिक), राप्रपा, नेपाल मजदूर किसान पार्टी, नेकपा (माले) र माओवादी (केन्द्र)सँग तालमेलका बारेमा छलफल भइरहेको बताइएको छ । उम्मेदवारको हकमा भक्तपुर कांग्रेसभित्र कुनै विवाद नरहेको प्रष्ट्याउँदै अध्यक्ष थापाले माथिल्लो तहबाट आएको निर्णयअनुसार कांग्रेस अगाडि बढ्ने र आफूलाई कांग्रेस कमजोर रहेको भक्तपुर क्षेत्र नं १ बाट टिकट दिएपनि उठ्न तयार रहेको बताए । यता राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले पनि भक्तपुरमा कांग्रेसलाई सबै क्षेत्रमा सघाउने र राप्रपालाई निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ को प्रदेशसभामा उम्मेदवारी दिने रविन्द्रप्रताप शाहलाई सघाउने गरी सहमति भएको बताए । राप्रपा (प्रजातान्त्रिक)का केन्द्रीय सदस्य शाहले कांग्रेससँग तालमेल गरेर जानेबारे सहमति अन्तिम चरणमा पुगेको बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending