२ पटक मात्रै कराउने दुर्लभ चिरकालिज नेपालबाट लाेप हुदै
कार्तिक ४ गते, २०७४ शनिवार 21st October, 2017 Sat१२:००:४३ मा प्रकाशित
म्याग्दी । प्रतिकुल वातावरण र उचित वासस्थान नहुदा दुर्लभ मानिने चिरकालिज नेपालबाट लोप हुने अवस्थामा पुगेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट प्राणीशास्त्र बिषयमा स्नातकोत्तर गरिरहेका केशव चोखालले १ वर्ष लगाएर म्याग्दीका विभिन्न ठाउँमा गरेको अध्ययन र अनुसंन्धानबाट ५० देखि ६० वटासम्म मात्र चिरकालिज देखिएको हो ।
उनले चिरकालिजको अवस्था, वासस्थान, संख्या र लोप हुनुका कारणबारे म्याग्दीमा लामो अनुसन्धान गरेका हुन् । ‘क्याट्रस वालिचि’ वैज्ञानिक नाम रहेको यस पंक्षीलाई अंग्रेजीमा चिरफेजेन, नेपालीमा चिरकालिज र सुदूरपश्चिमा चेडु नामले चिन्ने गरिन्छ । नेपाल प्रकृति संरक्षण कोष, साना स्तनधारी संरक्षण तथा अनुसन्धान संस्थान लगायतका संस्थाहरुको सहयोगमा चोखालले यो पंक्षीको अवस्थाका वारेमा अनुसन्धान गरेका हुन् ।
साइटिस घोषणापत्र र आइयुसियन अन्तराष्टिय संस्थाको ‘आइ’ सुचिमा राखिएको यो पंक्षीलाई नेपाल वन्यजन्तु संरक्षण ऐनमा संरक्षित पंक्षीको सूचिमा सुचिकृत गरिएको छ ।
समुद्री सतहबाट १४ सय मिटरदेखि ३६ सय मिटरसम्मको भूभागमा पाइने अनुसन्धानकर्ता चोखालले बताए । कालीगण्डकीको पश्चिम क्षेत्रमा पाइने र नेपालमा करिव १ हजारको संख्यामा रहेको यो पंक्षी म्याग्दीमा मात्रै ५० देखि ६० वटा रहेको अनुसन्धानकर्ता चोखालले बताए ।
नेपाल, भारत र पाकिस्तानमा मात्रै पाइने चरा हाे । झट्ट हेर्दा कालिजको पोथी जस्तै देखिए पनि कालिज र यसमा धेरै भिन्नता रहेको अनुसन्धानकर्ताले बताए । उनका अनुसार यो पंक्षीको भालेको पुच्छर लामो हुन्छ, आँखामा रातो रङ हुन्छ , शरीरमा सेतो थोप्लामा कालो बुट्टा रहेको हुन्छ । आकारमा पोथी, भाले भन्दा सानो हुन्छ र पोथीको पुच्छर छोंटो हुन्छ ।
यसले विशेषगरी चैतदेखि जेठसम्म मात्रै अण्डा पार्ने र वच्चा कोरल्ने गरेको वताउदै विहान सुर्योदय हुनुभन्दा अगाडीे र साँझमा सुर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने चिरकालिजको मुख्य विशेषता हो ।
मध्यपहाडको माथिल्लो भेगका जंगल नभएको खुल्ला भिर, खरवारी र अलिअलि झाडी भएको ठाउँमा पाइने यसले भिरमा नै वच्चा कोरल्ने र हुर्काउने गर्छ । एक पटकमा ७ देखि १५ वटासम्म अण्डा पार्ने चिरकालिज अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन आरक्ष र रारा राष्ट्रिय निकुन्जमा रहेको विभिन्न अनुसन्धानबाट खुल्न आएको जानकारी दिए ।
अवैध चोरी शिकारी, आगालागी, वासस्थानको ह्रास र जनचेतनाको अभावका कारण यो पंक्षी लोपोन्मुख अवस्थामा पुगेको उनको भनाइ छ ।
चोरी शिकारी नियन्त्रण तथा वासस्थानको उचित व्यवस्थापन र संरक्षण गर्ने हो भने यो पंक्षीको संरक्षण गर्न सकिने भन्दै पर्यापर्यटनको विकास, जैविक विविधताको संरक्षण र लोपोन्मुख आनुवांशिक जन्तु संरक्षणका लागि पनि चिर कालीजको संरक्षण गर्नु आवश्यक रहेको उन्ले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: