Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

तेह्रथुममा टुंगो लाग्यो मुख्य दलका उम्मेदवार

\"\"तेह्रथुम । जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारको टुंगो लगाएका छन् । आवश्यकभन्दा बढी आकांक्षी भएपछि दललाई उम्मेदवार चयन गर्न सकस भएको हो । टिकटका लागि महिनौँदेखि काठमाडाैंमा रहेका नेता आज टिकट लिएर जिल्ला फर्किएका छन् । दोस्रो चरणमा २१ मंसिरमा निर्वाचन हुने जिल्लामा बिहीबार उम्मेदवारको मनोनयन हुँदैछ । जिल्लामा प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेशसभा ‘क’ क्षेत्रमा म्याङलुङ नगरपालिका, लालीगुराँस नगरपालिका र छथर गाउँपालिका पर्दछन् भने अर्को क्षेत्रमा मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिका रहेका छन् । अन्य जिल्लामा वाम गठबन्धनपछि फराकिलो मतान्तर देखिए पनि जिल्लामा दुवै निर्वाचनमा उच्च प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसले जिल्लाको आन्तरिक मतभेदलाई मिलाएर टिकट वितरण गरेकाले पनि उच्च प्रतिस्पर्धा हुने बताइन्छ । छ स्थानीय तहमध्ये स्थानीय चुनावमा भने नेकपा एमालेले पाँच र काँग्रेसले एउटामात्रै जितेको थियो । कांग्रेसबाट राज्यमन्त्री गुरुङ कांग्रेसले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जिल्लाबाट प्रत्यक्षतर्फ भौतिक पूर्वाधार तथा यातायातराज्यमन्त्री सीता गुरुङलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गुरुङ जिल्लाबाट दुईपटक संविधानसभामा समानुपातिकतर्फबाट सदस्य भइसकेका छन् । उनलाई कांग्रेस जिल्ला कार्यसमितिले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिश गरी पठाएको थियो । तर केन्द्रीय सभापति शेरबहादुर देउवा निकटस्थ नेत्री गुरुङको नाम केन्द्रीय समितिले समानुपातिकतर्फको सूचीमासमेत समेटेपछि कांग्रेसका पुरानै उम्मेदवार महासमिति सदस्य तुलसी सुब्बाको समेत चर्चा चल्यो । अन्ततः जिल्लामै लोकप्रिय महिला नेत्री गुरुङले नै कांग्रेसको प्रत्यक्ष उम्मेदवार बन्ने अवसर पाए । एमालेबाट खापुङ तेस्रो पटक उम्मेदवार वाम गठबन्धनका तर्फबाट जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभा दुवैतर्फको सिट एमालेको भागमा परेको छ । एमालेले जिल्लाबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तेस्रो पटक भवानीप्रसाद खापुङलाई उम्मेदवार बनाउने भएको छ । खापुङ विसं २०७० को संविधानसभा निर्वाचनमा जिल्लाबाट निर्वाचित भएका थिए । त्यसअघि विसं २०६४ को संविधानसभा निर्वाचनमा खापुङ कांग्रेसकै तुलसी सुब्बासँग पराजित भएका थिए । जिल्लाबाट एमालेले खापुङ, पूर्वजिल्ला अध्यक्ष तेजमान कन्दङवा र पूर्वसांसद विष्णुमाया विकको नाम पठाएको थियो । प्रदेशसभा सदस्यको निर्वाचततर्फ ‘क’ निर्वाचन क्षेत्रमा काँग्रेस र एमालेका जिल्ला पार्टी प्रमुखको रोचक भिडन्त हुने भएको छ । कांग्रेसले जिल्ला सभापति गोविन्द ढुंगानालाई सर्वसम्मत सिफारिश गरी पठाएको थियो । एमालेले पनि जिल्ला अध्यक्ष लक्ष्मण तिवारीलाई उम्मेदवार बनाउने भएपछि यो क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएको हो । दोस्रोपटक जिल्ला सभापति बनेका ढुंगाना जिल्लामा कांग्रेसभित्रका निकै लोकप्रिय नेता मानिन्छन् । उनी जिल्लामै प्रखर वक्ताका रुपमा समेत चिनिन्छन् । जिल्लाका दुवै नगरपालिका समेत यही क्षेत्रमा पर्ने भएकाले यी दुईको चुनावी भिडन्त निकै रोचक हुने भएको हो । एमालेले तिवारीसँगै जिविस पूर्वसभापति किशोरचन्द्र दुलालको नाम पठाएको थियो । माओवादीबाट सिफारिश, कांग्रेसबाट टिकट कांग्रेसले तेह्रथुम प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ सिफारिश भएका केन्द्रीय सल्लाहकार विजय सम्बाहाम्फेलाई टिकट दिएको छ । माओवादीबाट सिफारिश भएका सम्बाहाम्फे मंगलबार कांग्रेस प्रवेश गरेपछि कांग्रेसले उनलाई प्रदेशसभा ‘ख’ मा प्रत्यक्ष उम्मेदवार बनाएको हो । सम्बाहाम्फे प्याब्सनका केन्द्रीय अध्यक्षसमेत हुन् । पाँच वर्षअघि कांग्रेस छाडेर माओवादी प्रवेश गरी माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार भएका सम्बाहाम्फे मंगलबार साँझ पुनः कांग्रेसमै फर्किएका थिए । यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट एमालेले भने प्रदेश कमिटी सदस्य तथा पूर्वजिल्ला अध्यक्ष तेजमान कन्दङवालाई उम्मेदवार बनाउने भएको छ । कन्दङवा जिविसका पूर्वउपसभापतिसमेत हुन् । कन्दङवाको नाम प्रतिनिधिसभामा सिफारिश भए पनि एमालेले उनलाई प्रदेशसभामा मात्रै टिकट दिएको हो । यस क्षेत्रबाट एमालेले बाबुराम थापा, विश्वराज खापुङ र सिर्जना लामाको नाम पठाएको थियो । यो क्षेत्रबाट कांग्रेसले भने नारायणकुमार इङनाम, बालकुमार गुरुङ र उत्तमसिंह थाम्देनको नाम पठाएको थियो । माओवादीले उम्मेदवार पाएन वाम गठबन्धनका साझेदार माओवादी केन्द्रले भने उम्मेदवार उठाएन । माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभा दुवै निर्वाचनका लागि गठबन्धनबाट (एमाले)का उम्मेदवारलाई सघाउने भएको छ । तर यसले कार्यकर्तामा भने निरासा छाएको छ । माओवादी केन्द्रका उम्मेदवार सम्बाहाम्फे नै कांग्रेसमा प्रवेश गरी उम्मेदवार भएका छन् । सम्बाहाम्फेको कांग्रेस प्रवेशसँगै वाम गठबन्धन कमजोर बनेको कांग्रेस नेताहरुको दाबी छ । एमालेले पनि आफू जित नजिक रहेको दावी गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy