Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी विजयी

\"\"काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले ‘प्रधानसेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७४’ को विजेता टोली सशस्त्र प्रहरी महिला फुटबल टोलीलाई नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेका छन् । प्रतियोगितामा प्रथम हुने उक्त टोलीललाई ट्रफी, मेडल र रु तीन लाख प्रदान गरिएको थियो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब महिला फुटबल टोली र सशस्त्र प्रहरी महिला फुटबल टोलीबीच भएको फाइनल खेलमा सशस्त्र प्रहरी महिला फुटबल टोलीले त्रिभुवन आर्मी क्लब महिला फुटबल टोलीलाई ३–२ गोल अन्तरले पराजित गरी उपाधि जितेको थियो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी महिला फुटबल टोलीकी सपना लामालाई स्कुटरको साँचो प्रदान गरियो । नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता यही मंसिर १ गतेदेखि सञ्चालन भएको थियो । उक्त प्रतियोगितामा द्वितीय हुने त्रिभुवन आर्मी महिला फुटबल टोलीलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले रु एक लाख पचास हजार नगद प्रदान गरे । प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट गोल रक्षक सशस्त्र प्रहरी महिला फुटबल टोलीका क्रमशः जनक सिंह, मनमाया लिम्बू र एन्जिला तुम्बाहाम्फे तथा उत्कृष्ट फरवार्ड र उत्कृष्ट मिडफिल्डर त्रिभुवन आर्मी महिला फुटबल टोलीका क्रमशः कृष्णा खत्री र दीपा राई घोषित भई जनही रु १०÷१० हजार नगदसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताको खेल अवधिमा १२ गोल गर्दै सशस्त्र प्रहरी बल महिला फुटबल टोलीका सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता घोषित भई नगद रु २५ हजार र ट्रफी प्राप्त गरेकी छिन् । साथै, उक्त प्रतियोगितामा भारतको सिक्किम महिला फुटबल टोलीलाई ‘फेयर प्ले अवार्ड’ प्रदान गरिएको थियो । नकआउटको आधारमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा सिक्किम महिला फुटबल टोली र विहार महिला फुटबल टोली गरी दुई, घरेलु विभागीय महिला फुटबल टोली तीन र पाँच विकासक्षेत्रका महिला फुटबल टोली पाँच गरी दश टोलीको सहभागिता थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies