Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

प्रौढ उम्मेदवारसँग दुई युवा भिड्दै

\"\"भक्तपुर । प्रजातन्त्रको उदयपछि २०४८ सालदेखि २०७० सालसम्मका संसद् एवं संविधानसभा निर्वाचनमा नेपाली काँग्रेस र नेपाल मजदूर किसान पार्टीले आलोपालो विजय हासिल गर्दै आएको भक्तपुर क्षेत्र नं २ मा यस पटक कसले बाजी मार्ला भन्ने चौतर्फी चासो बढेको छ । विसं २०७० को निर्वाचनसम्म आइपुग्दा तेस्रो दलका रुपमा उभिएको नेकपा(एमाले) यही मंसिर २१ गते हुने प्रतिनिधि एवं प्रदेशसभा निर्वाचनमा दुवै दलको आलोपालो किल्ला भत्काउने घोषणा गर्दै अगाडि बढेको छ । भक्तपुर क्षेत्र नं. २ मा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका नेता पूर्वसभामुख दमननाथ ढुङ्गाना, वाम गठबन्धनबाट पूर्वमन्त्री एवं एमालेका युवा नेता महेश बस्नेत र नेमकिपाबाट पूर्वसांसद एवं नेमकिपाकी युवा नेत्री अनुराधा थापा मगरबीच कडा प्रतिस्पर्धा हुने भएको छ । विसं २०४८ को निर्वाचनमा सो क्षेत्रबाट काँग्रेसका जगन्नाथ आचार्य, २०५१ मा नेमकिपाका आशाकाजी वासुकला, २०५६ मा काँग्रेसकै लेखनाथ न्यौपाने, २०६४ मा नेमकिपाका सुनिल प्रजापति र २०७० मा काँग्रेसका रामेश्वर ढुङ्गेलले विजय हासिल गरेका थिए । यस पटकको निर्वाचनमा भने एमाले पनि मुख्य प्रतिस्पर्धी दलका रुपमा अगाडि बढेपछि २ नं क्षेत्रमा कसले बाजी मार्ला भन्ने चासो मतदाता, विभिन्न दल र नेतामा परेको छ । छयहत्तर वर्षीय ढुङ्गानाले मतदातामाझ आफूलाई कुचीकार उम्मेदवारका रुपमा उभ्याएका छन् । उनी राजनीतिमा साह्रै फोहोर बढेकाले संसद्मा बसेर त्यसलाई सफा गर्न आफूलाई राजनीतिक कूचो लिएर आएको सफाइ उम्मेदवार भएको बताउछन् । ढुङ्गाना भन्छन्, “देश विकास गर्न पहिला राजनीतिमा बढेको फोहोर सफाइ गर्नुपर्छ, मेरो उम्मेदवारी त्यही राजनीति सफाइ गर्न कूचो बोकेर आएको कुचिकारका रुपमा हो, म पहिला राजनीति सफाइ गर्छु, अनि विकास ।” यता ४१ वर्षीय बस्नेत भने आफ्नो उम्मेदवारी भक्तपुरको विकासका लागि भएको बताउछन् । विसं २०७० को संविधानसभा निर्वाचनमा काँग्रेससँग पराजित बस्नेतले आफूले अधिकांश समय भक्तपुरको विकासमा चासो दिएर अग्रसर भएको बताउँदै अबको पाँच वर्षमा भक्तपुरलाई चौतर्फी विकास गर्ने कार्यसूची बोकेर मतदाता माझ आएको स्पष्ट गर्छन् । बस्नेत भन्छन्, “भूकम्पमा घर भत्किएका छ हजारभन्दा बढी पीडितलाई लत्ताकपडा, खाद्यान्न, नगददेखि जस्ताको टहरा बनाइदिएर मैले सहयोग गरेँ, उद्योगमन्त्री हुँदा भक्तपुरमा पाँच अर्ब रुपियाँको बजेट ल्याएर विकासका काम शुरुआत गरेँ, अबको पाँच वर्षमा भक्तपुरलाई सम्पन्न जिल्ला बनाउने मेरो एजेण्डा छ, यसलाई प्रदेशको राजधानी बनाउने अठोट छ ।” नेमकिपाबाट उम्मेदवार बनेकी छत्तीय वर्षीया मगरले भने देशमा समाजवादले मात्रै देशको विकास र परिवर्तन गर्न सक्ने बताउँदै चुनावी मैदानमा आएकी छिन् । समाजवादले ल्याउने परिवर्तन र पूँजीवादले ल्याउने संकट, धनी र गरिबबीचको बढ्दो खाडल र वैदेशिक हस्तक्षेपविरुद्ध चाल्नुपर्ने कदमका एजेण्डा लिएर उनी मतदाता माझ पुगेकी छिन् । नेमकिपाले काँग्रेस र एमालेले पटक पटक सत्तामा गएर भ्रष्टाचार गरेको, भारतसँग झुकेको, राष्ट्रियता संकटमा पारेको, जनताको पक्षमा काम गर्न नसकेको जस्ता कारण जनता वाक्क भएकाले नेमकिपाको विजय सुनिश्चित भएको जिकिर गरेको छ । विगतका निर्वाचनमा दलहरू एक्लाएक्लै चुनावी मैदानमा उत्रिने गरे पनि यस पटक भने गठबन्धनको सहारामा मुख्य दलहरू चुनावी मैदानमा उत्रिएका छन् । काँग्रेसलाई यस पटक राप्रपा र राप्रपा(प्रजातान्त्रिक)ले प्रत्यक्षतर्फ सघाउने भएका छन् । यस पटक दुवै राप्रपाको साथ पाएकाले यस पटकको निर्वाचनमा पनि सहजै जित हासिल गर्ने जिकिर लोकतान्त्रिक गठबन्धनमा आबद्ध काँग्रेसले गरेको छ । यता एमाले यस पटकको निर्वाचनमा नेकपा(माओवादी केन्द्र)को साथ लिएर वाम गठबन्धनका रुपमा अगाडि बढेको छ । आफूलाई यस पटक भक्तपुरका माले र नयाँ शक्ति पार्टीले पनि साथ दिएको एमालेको भनाइ छ । तीन वटै दलको कडा प्रतिस्पर्धा रहने यस पटकको निर्वाचनमा नेताहरूले आआफ्नै जिकिर गरे पनि यहाँ कसले बाजी मार्छ भन्ने अड्कल गर्न गाह्रो भएको मतदाताको भनाइ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending