पौष १२ गते, २०७४ बुधवार 27th December, 2017 Wed१९:०८:३७ मा प्रकाशित
काठमाडौं ।नेपालका लागि जेसीबी निर्माण तथा हेभि इक्विपमेन्टको एमएडब्लु अर्थमुभर्स प्रालिले जेसीबी मेसिन खरिदका लागि अभुतपूर्व डाउन पेमेन्टको योजना सार्वजनिक गरेको छ । अब ग्राहकले मात्र २० प्रतिशत डाउन पेमेन्टमा जेसीबी ब्रान्डका मेसिन खरिद गर्न पाउनेछन् जुन नेपालमै पहिलो पटक हो ।
जेसीबीको नयाँ अफरमा एनसीसी बैंक लिमिटेडको साथ रहेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एनसीसी बैंकका सीइओ रमेश राज अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरे ।
यसैबीच, जेसीबीको नयाँ अफरको प्रचारार्थ ‘विकासका लागि निर्माण, निर्माणका लागि जेसीबी’ अभियान सुरु गरेको छ ।
‘हामीलाई विश्वास छ कि स्थानीय र संसदीय निर्वाचनको समापनसँगै अब विकासनिर्माणको कामले तीव्रता पाउनेछ । जस्तोसुकै निर्माण कार्यका लागि हेभि इक्विपमेन्ट आवश्यक पर्छ । २० प्रतिशत डाउन पेमेन्ट ल्याएर हामी हाम्रा विश्वसनीय उत्पादन जेसीबी एक्साभेटर र ब्याकहो लोडर राष्ट्रिय तहमा मात्र होइन स्थानीय तहमा समेत पुर्याउन चाहन्छौं,’ एमएडब्लु अर्थमुभर्सका सेल्स एन्ड मार्केटिङ हेड दिपकराज गिरीले भने ।
‘नेपालमै सबैभन्दा बढी रुचाइएको ब्रान्ड बन्नु र देश विकासमा सहभागी हुन पाउनु हाम्रो लागि गर्वको कुरा हो । हामीलाई विश्वास छ । हामीलाई विश्वास छ, २० प्रतिशत डाउन पेमेन्ट अफरले जेसीबी मेसिन खरिदलाई सहज बनाउनेछ र यसबाट सरकारी पक्ष मात्र होइन निजी क्षेत्र पनि लाभान्वित हुनुहुनेछ,’ गिरीले भने ।
नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो लोडर, रोलर, कम्प्याक्टर, ह्विल लोडर, लोडअल र रोबोट लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकपि्रय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ ।
एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । ललितपुरमा अवस्थित जेसीबीमा हाल साढे दुईसयभन्दा बढी कर्मचारी कार्यरत छन् भने अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।
देशभर ११ स्थानमा ‘थ्री एस’ सुविधासहितको शाखा, चार वटा आधिकारिक विक्री केन्द्र -एआरओ) र एक सय ६६ जना सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा सदा तत्पर छन् । हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: