Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

कांग्रेसका नेता भन्छन्, कांग्रेसले सत्ता मोह त्याग्नुपर्छ

\"\"काठमाडौं । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यले काँग्रेसले आगामी पाँच वर्षसम्म सत्ता मोह त्याग्नुपर्ने धारणा राखेका छन् । नेकाका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको दोस्रो स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै केन्द्रीय सदस्य प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, चन्द्र भण्डारी , प्रदीप पौडेल र गुरुराज घिमिरेले सो धारणा राखेका हुन् । उनीहरुले पार्टीलाई शुद्घीकरण, सुदृढीकरण र नयाँ दिशामा लैजान स्वयं युवावर्गले कुनै नेताको पछि नलागी आफ्नो क्षमताको विकास गर्दै निष्ठा र स्वाभिमानको राजनीति गर्न सल्लाह दिएका थिए । नेपाल विद्यार्थी संघ ३ नं प्रदेशको आयोजनामा सञ्चालन भएको स्मृति सभामा प्रमुख नेता प्रकाशमान सिंहले पार्टी विधि प्रक्रिया र विधानअनुरुप सञ्चालन हुन नस्कँदा कार्यकर्तामा निरासा उत्पन्न भएकाले पराजय व्यहोर्नु परेको बताए । उनले कांग्रेस हारेको नभई आफ्नै कारण पछि परेको बताउँदै सबैले आ–आफ्नो स्थानबाट कमीकमजोरी स्वीकार्दै अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे । सादगी जीवन र स्वच्छ विचारका धनी स्व कोइरालाको नेतृत्वमा नेपालमा संघीय गणतन्त्र नेपालको संविधान –२०७२ जारी भएको थियो । कार्यक्रममा अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले स्व कोइराला निष्ठा, पारदर्शी र समाजवादी नेता रहेको धारणा राखे । केन्द्रीय सदस्य प्रदीप पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायले कांग्रेसलाई हेर्ने दृष्टिकोण सकारात्मक रहेको चर्चा गर्दै कांग्रेसले आगामी पाँच वर्षसम्म पार्टीलाई गुट–उपगुटबाट मुक्त बनाउन लाग्ने हो भने नेपालमा कम्युनिष्ट पार्टीको अस्तित्व नै नरहने बताए । केन्द्रीय सदस्य चन्द्र भण्डारीले संसारबाट फालिएको र तिरस्कृत भएको कम्युनिष्टसँग कांग्रेस डराउन नपर्ने भन्दै पार्टीभित्र मौलाउँदै गएको विकृति र विसंगतिविरुद्ध पार्टीलाई एक ढिक्का बनाउनुपर्ने बताए । कार्यक्रममा केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रजातान्त्रिक पार्टीमा फरक मत राख्न सकिन्छ र पाउने अधिकार हुने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending