Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सहकारीको पूँजी अनुत्पादक क्षेत्रमा लगानी

\"\" काठमाडौँ । रुपैयाँलाई उचितरुपमा आवश्यकता अनुसार परिचालन गर्न सकिएन भने त्यस प्रकारको रकमले राष्ट्रिय उत्पादकत्वमा सहयोग पु¥याउँछ भन्नु अर्थशास्त्रको नियम विपरीत हुन्छ । अहिले नेपालको अर्थतन्त्रमा सहकारी संस्थासँग भएको पूँजी उत्पादनका क्षेत्रमा भन्दा उपभोगका क्षेत्रमा धेरै लगानी भएको देखिन्छ । जसले नत पूँजी निर्माण, रोजगारी र उत्पादकत्व नै वृद्धि गरेको छ । सञ्चालनमा आएका ३४ हजार पाँच सय विभिन्न सहकारी संस्थामध्ये १८ हजार भन्दा बढीले प्रत्यक्ष वित्तीय कारोबार गरेका छन् । नीति, विधि र प्रविधिको अभावमा सहकारीसँग भएको रकम ढुकुटीमा ढुसीलाएर बसेको छ भन्दा फरक पर्दैन । पछिल्लोपटक सहकारी संस्थाको लगानी घरजग्गा खरीद बिक्री, वैदेशिक रोजगार र अध्ययन, यातायात क्षेत्रमा सीमित हुनपुगेको छ । जुन लगानीबाट राज्यलाई उल्लेखनीय प्रतिफल प्राप्त हुदैन । चर्को ब्याजमा सहकारीसँग ऋण लिएर मोटरसाइकल खरीद गर्नेको संख्या पनि ह्वात्तै बढेको छ । अर्थविज्ञ गम्भीरबहादुर हाडाले सहकारी क्षेत्रको पूँजी अनुत्पादक क्षेत्रमा लगानी भएको दाबी गर्नुहुन्छ । गाउँका सहकारीले छोराछोरीलाई विदेश पढाउन, रोजगारीमा पठाउन, विवाह, व्रतबन्ध र खेतबारी खरीद गर्न कार्यका लागि लगानी गर्ने गर्छन् । शहर बजारका सहकारीले भने ऋणीको सम्पत्तिको मूल्यका आधारमा मागअनुसारको कर्जा उपलब्ध गराउँदै आएको बुझिन्छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि।९नेफ्स्कून० ले उपलबध गराएको तथ्यांकअनुसार १८ हजार सहकारी संस्थाले वित्तीय कारोबार गर्छन् । उनीहरुसँग रु तीन खर्ब भन्दा बढी पूँजी छ । जुन पूँजी सरकारको कूल बजेटको ३० प्रतिशत भन्दा बढी हो । अर्थशास्त्रको परिभाषामा बचत गरेर धनी भइदैन । बचत रकमलाई आवश्यकता अनुसार परिचालन गर्न सकियो भने कूल गाहर््स्थ्य उत्पदानमा योगदान पुग्न गई अर्थतन्त्र बलियो हुन्छ भनिन्छ । अर्थतन्त्र बलियो भएमा मात्र रोजगारी सिर्जना हुन गई जनता धनी हुन्छन् । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७५÷७६ का लागि संघीय संसद्मा पेश गर्नुभएको बजेटमार्फत मुलुकको ब्यापार घाटा रु ६ खर्ब ७१ अर्ब २० करोड पुगेको बताउनुभएको थियो । तर, ब्यापार घाटा कम गर्न सहकारीले किन कृषिमा लगानी गर्देनन् भनिन्छ । कृषिमा देखिएको परनिर्भरता सहकारीमा थन्किएको पूँजीले घटाउन सकिन्छ । तर, त्यसतर्फ सहकारी क्षेत्रका अगुवा र नीति निर्माताको ध्यान त्यसतर्फ देखिएको छैन । थोरै लगानीबाट सिमित प्रतिफल प्राप्त हँुदैमा सहकारीको लगानीले प्रतिफल दियो भन्न मिल्दैन । अहिले देखिएको सहकारीको लगानी जस्तै–गाई बाख्रा, माछा, बंगुर र कुखुरापालन तथा तरकारी र फलपूmल खेतीको लगानी बालुवामा पानी हालैजस्तै हो । सहकारी विज्ञ–केशव सापकोटाले सहकारीको पूँजी नेपालको कृषि क्षेत्रमा लगानी हुने हो भने दुई वर्षभित्र नेपाल कृषिमा पूर्ण आत्मनिर्भर हुन्छ भने । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल सहकारी ऐन र राज्यले ठूला लगानीका क्षेत्र जस्तै –जलस्रोत, पर्यटन र पूर्वाधारमा लगानीमा रोक लगाएको बताउछन् । शहर बजारका सीमित टाठाबाठाले बैंकबाट थोरै ब्याजमा कर्जा लिने र सोही रकम सहकारीमा जम्मा गरी, बीचमा बसेर नाफा कमाउने प्रवृत्ति ९बिचौलिया० को रकमले सहकारीलाई प्रभाव पारेको देखिन्छ । कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले सहकारीलाई कुनै पुराना ऐन, नीति, कानून, संरचना र अभ्यासले अप्ठेरो पारेको भए संशोधनका लागि सहयोगी बन्ने बताए । झन्डै तीन दशकदेखि बचत तथा ऋण सहकारीको अभियानमार्फत समुदायको सामाजिक, आर्थिक, सांस्कृतिक, जीवनस्तर उठाउन बचत तथा ऋण सहकारी संस्थाले पु¥याएको योग्दान सह्रानीय छ । नेपालको संविधान–२०७२ ले जनताको जीवनस्तर उकास्न सहकारीलाई अर्थतन्त्रको प्रमुख आधार मानेको छ । समाजवाद उन्मुख अर्थतन्त्रलाई स्वीकार गरेको संविधानले निजी, सार्वजनिक र सहकारीलाई तीन खम्बे अर्थनीतिको रुपमा परिभाषितसमेत गरेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies