Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

कानेपोखरी खुला दिसामुक्त घोषणा

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका औपचारिकरुपमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको छ । सोमबार भएको एक कार्यक्रमका बीच प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिका संयोजक नरेश पोख्रेल र विशेष अतिथि जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेलाई प्रमाणपत्र हस्तान्तरण गर्दै खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले स्वास्थ्य नै धन हो भन्दै सिंगो मोरङ जिल्ला नै खुल्ला दिसामुक्त जिल्ला घोषणाको संघारमा रहेको बताउँदै समाजमा अन्धविश्वास अझै रहेकाले शौचालय बन्न नसकेको र यसलाई विस्तारै निरुत्साहित गरेर शौचालय बनाउँदै जानुपर्ने बताए । घोषणा गरिएका मोरङ जिल्लाको १७ वटा स्थानीय तहमध्ये कानेपोखरी गाउँपालिका ८ औँ मा पर्दछ । अन्य नौवटा स्थानीय तहमा घोषणा हुन बाँकी छ । २०६८ सालको जनगणनाअनुसार कानेपोखरी गाउँपालिकामा घरपरिवार संख्या आठ हजार ६८३ रहेका छन् । २०७५ साल जेठसम्म घरधुरीको संख्या आठ हजार ८६७ रहेको गाउँपालिकाको तथ्यांकमा उल्लेख रहेको छ । सोमध्ये आठ हजार ८६२ घरले शौचालय बनाएर प्रयोग गर्दै आएको गाउँपालिकाको अध्ययनले देखाएको छ । ९१ घरधुरीमा शौचालय निर्माण बाँकी रहेकोमा जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयबाट प्राप्त पाइप र कानेपोखरी गाउँपालिकाबाट विनियोजित रु दुई लाख बजेटबाट शौचालय निर्माण गरी खुला दिसामुक्त गाउँपालिका घोषणा गरेको गाउँपालिकाका अध्यक्ष काफ्लेले बताए । कानेपोखरी गाउँपालिकाभित्र पाँचवटा सार्वजनिक शौचालय रहेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy