Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

झापामा एक वर्षभित्र हात्ती आक्रमणबाट चार जनाको मृत्यु, तीन हात्ती पनि मरे

खबरडबली संवाददाता

बिर्तामोड। झापामा मानव–हात्ती द्वन्द्व बढ्दै जाँदा एक वर्ष नबित्दै जङ्गली हात्तीको आक्रमणबाट चार जनाको ज्यान गएको छ।

यस अवधिमा तीन वटा जङ्गली हात्तीको पनि मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२ र ८३ मा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भएको छ। मानव बस्ती नजिक हात्तीको आवतजावत बढेसँगै मानव र वन्यजन्तुबिचको द्वन्द्वले दुवैतर्फ क्षति पुर्‍याउँदै आएको छ।

यसैक्रममा आइतबार बिहान मेचीनगर नगरपालिका–४ की ६२ वर्षीया पद्मा पौडेलको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। बिहान करिब ४:५५ बजे घरबाट बाहिर निस्कने क्रममा हात्तीले कुल्चिँदा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि आक्रोशित स्थानीयले मृतकको शव उठाउन अवरोध गरेका छन्। हात्ती समस्याको दीर्घकालीन समाधानको माग गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालयका प्रतिनिधि तथा जनप्रतिनिधिविरुद्ध नाराबाजी गरेका छन्।

स्थानीयवासीले सम्बन्धित निकायका प्रतिनिधि घटनास्थलमा नपुग्दासम्म शव उठाउन नदिने अडान लिएका छन्। उनीहरूले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी र दीर्घकालीन योजना कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

यता जिल्ला प्रहरी कार्यालय झापाले आवश्यक प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल लैजाने तयारी भइरहेको जनाएको छ।

वन कार्यालयका अनुसार झापाका विभिन्न क्षेत्रमा जङ्गली हात्तीको नियमित आवतजावत रहने गरेको छ। हात्ती प्रवेशका घटनामा वृद्धि भएसँगै स्थानीय बासिन्दामा त्रास बढेको छ भने मानव–हात्ती द्वन्द्व नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाहरू बताउँछन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि २०८३ स्वीकृत, कानुनी रिक्तता अन्त्य

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी लागू गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् का...

मन्त्री बैठकमा अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न शीर्षकमाथि छलफल जारी रहँदा सम्बन्धित म...

प्युठानको सामुदायिक वनमा १३ थान अवैध भरुवा बन्दुक फेला

प्युठान । प्युठानको सरुमारानी गाउँपालिका–३ हंसपुरस्थित खडक सामुदायिक वनमा प्रहरीले बेवारिसे अवस्थामा १३ थान अवैध भरुवा बन्दुक फेला पारेको छ। प्रहरी...

प्रधानमन्त्रीले “देश बनाउने” भनेर घोषणा गरेको टिममा अर्थमन्त्री हुनुहुन्न, सरकारलाई आफ्नै बजेटप्रति विश्वास छैन: एमाले

काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले सरकारले ल्याएको बजेट विभेदकारी रहेको आरोप लगाउँदै कडा आलोचना गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बो...

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न, केहि प्रदेशमा स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४ जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ । पछिल्लो विवरणअनुसार ६०९ पालिका, ...

सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले सिमाना र द्विपक्षीय सम्बन्धका बारेमा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएको छन् । प्रतिनिधिसभाको आजको बैठकको...

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया। मध्य इन्डोनेसियामा मङ्गलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ भने हाल सम्म कुनै हताहत वा क्षतिको रिपो...

नवीकरण नगरेका ५ हजार ३०२ औषधि पसलको दर्ता प्रमाणपत्र रद्द

काठमाडौँ। औषधि व्यवस्था विभागले देशभरका ५ हजार ३०२ औषधि पसल तथा फार्मेसीहरूको दर्ता प्रमाणपत्र रद्द भएको जनाएको छ। विभागले मङ्गलबार जारी गरेको सूचनामा...

रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट पुन: निर्वाचित

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको सभापतिमा इन्जिनियर प्रकाश विष्ट पुन: निर्वाचित भएका छन्। निर्वाचनमा विष्टले ३५८ म...

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ।  अख्तियार निकट स्रोतका अनुसार राहदानी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending