Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

प्रधानमन्त्रीको चीन भ्रमणः उपलब्धीमा ९ सम्झौता

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीन भ्रमणका लागि मंगलबार बेइजिङ पुगेकाछन् । करिब ९ सय मेगावाट उत्पादन क्षमताका चार जलविद्युत् आयोजनामा चिनियाँ लगानी भित्रिने भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा बुधबार चिनियाँ कम्पनी र नेपाली निजी क्षेत्रबीच करिब १ खर्ब ८० अर्ब रुपैयाँ लागतमा कुल ८ सय ७९ मेगावाट क्षमताका चार आयोजनामा संयुक्त लगानी गर्ने लिखित सम्झौता भएको छ । चिनियाँ र नेपाली सरकारी तथा निजी क्षेत्रबीच सिमेन्ट र फलफूल उद्योग स्थापना तथा सिँचाइ परियोजनाका थप चार सम्झौतामा हस्ताक्षर भएको छ । चिनियाँ कम्पनी र बुटवल पावर कम्पनीबीच माथिल्लो मस्र्याङ्दी २ जलविद्युत् आयोजना निर्माणका लागि फ्रेमवर्क एग्रिमेन्ट भएको छ । चिनियाँ कम्पनीले ७५ मेगावाट क्षमताको त्रिशूली–गल्छी परियोजनामा समेत लगानी गर्ने भएको छ । उक्त आयोजना निर्माणका लागि सिद्धकाली पावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपाने र तोङफाङ इलेक्ट्रिक इन्टरनेसनल कम्पनीबीच सम्झौता भएको छ । नुवाकोट र धादिङको सीमामा निर्माण हुने आयोजनामा १० अर्ब २९ करोड रुपैयाँ चिनियाँ कम्पनीले लगानी गर्नेछ । निर्माण सम्पन्न भएको एक वर्षभित्र प्रवद्र्धक सिद्धकाली कम्पनीले लक्ष्मी बैंकको सहकार्यमा चिनियाँ कम्पनीलाई ऋण तिर्नेछ । आयोजनाको कुल लागत १४ अर्ब ७० करोड रुपैयाँ छ । बाँकी लगानी नेपाली कम्पनीले गर्नेछ । चिनियाँ कम्पनीले दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्न हुवासिन सिमेन्ट उद्योग स्थापना गर्ने भएको छ । सिमेन्ट उद्योग स्थापनाका लागि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सु काङले हस्ताक्षर गरेका छन् । यो परियोजनामा हुवासिनले १४ अर्ब ४० करोड लगानी गर्नेछ । परियोजनाले एक हजार जनालाई रोजगारीको अवसर प्रदान गर्नेछ । नेपाली पस्मिनालाई चिनियाँ बजारमा विस्तार गर्न २ लाखदेखि ५ लाख थान पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाली पस्मिना व्यवसायी दुर्गाविक्रम थापा र चिनियाँ अन्तर्राष्ट्रिय व्यापार परियोजनाका अध्यक्ष शु याले हस्ताक्षर गरेका छन् । चीन सरकारले पूर्वी तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्नसमेत सहयोग गर्ने भएको छ । पूर्वी तराईको सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न बनाउन लागिएको बिरिङ, कमला, कन्काई नदी सिँचाइ परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीका डेपुटी जनरल म्यानेजर लिऊ तोङछानले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । ‘चिनियाँ लगानीका लागि उपयुक्त वातावरण’ प्रधानमन्त्री केपी ओलीले बुधबार मध्याह्न बेइजिङमा आयोजित नेपाल चीन वाणिज्य मञ्चलाई सम्बोधन गर्दै अहिले नेपालमा चिनियाँ लगानीका लागि उपयुक्त वातावरण रहेको बताएका छन् । मञ्चमा नेपाल र चीनका निजी तथा सरकारी क्षेत्रका तीन सय प्रतिनिधि सहभागी थिए । १. माथिल्लो मस्र्याङ्दी–२ आयोजना ९६०० मेगावाट० निर्माण २. कालीगण्डकी गर्ज आयोजना ९१६४ मेगावाट० निर्माण ३. त्रिशूली–गल्छी आयोजना ९७५ मेगावाट० निर्माण ४. सिउरी न्यादी जलविद्युत् आयोजना ९४०।२७ मेगावाट० निर्माण ५. दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योग स्थापना ६. फलफूल प्रशोधन उद्योग स्थापना ७. नेपाली पस्मिना खरिद ८. पूर्वी तराईको सिँचाइ प्रणाली व्यवस्थित गर्न सहयोग ९. रसुवागढी–केरुङ प्रसारण लाइन निर्माण रसुवागढी–केरुङ प्रसारण लाइन निर्माण यसैबीच नेपाल र चीनबीच ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । रसुवागढी९केरुङ नाकामा दुवैतर्फ यसअघि नै प्रसारण लाइन निर्माणसम्बन्धी प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको छ । धादिङको गल्छीदेखि केरुङसम्म प्रसारण लाइन निर्माण गर्न पूर्वसम्भाव्यता अध्ययन गरिसकिएको र हाल अन्तिम सर्वेक्षणको काम भइरहेको छ । रसुवागढी, केरुङ, गल्छी, रसुवागढी ४०० केभी प्रसारण लाइन बनाउन चिनियाँ पक्ष र प्राधिकरणबीच विगतदेखि नै संयुक्त रूपमा काम भइरहेको छ । रसुवागढीदेखि गल्छीसम्मको दूरी ८० किलोमिटर छ, चीनतर्फ पनि गेरुङ काउन्टीमा निर्माण हुने सबस्टेशनको दूरी नेपाल९चीन सीमादेखि करिब ८० किलोमिटर छ । चिनियाँ कम्पनीहरूले एकपछि अर्को गर्दै नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाइरहेका बेला सीमापार अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy